आज: ४ बैशाख २०८१, मंगलवार | Tue, 16, Apr, 2024
FLASH NEWS

अन्तर्राष्ट्रिय कलाकार मन्च कुवेत शाखाको सांगीतिक धमाका निशान भट्टराईको साथ भब्यरुपले सम्पन्न

परदेशी खबर ३२ जेष्ठ २०७६, शनिबार ०९:०८ मा प्रकाशित ( ४ साल अघि) २७५ पाठक संख्या

सुरेश गुरुङ / जुन १५ कुवेत । अन्तराष्ट्रिय कलाकार मन्च कुवेत शाखाको आफनो प्रथम बृहद साँस्कृतिक कार्यक्रम हिजो मिती १४ जुन २०१९ शुक्रबार कुवेतको जिलिब स्थित इन्डियन सेन्ट्रल स्कुलको हलमा भब्य रुपमा सम्पन्न भएको छ।

“मौलिक कला र साँस्कृतिक साथमा कलाकारको जगेर्ण गर्यौ“- जय कला जय कलाका” भन्ने मूल नाराका साथ स्थापना गरिएको मञ्चले आफ्नो प्रथम बृहद साँस्कृतिक कार्यक्रममा अतिथि कलाकार (Nepal Idol first Runner Up २०१७)को निशान भट्टराईको साथमा स्थानिय कलाकारहरुको धमाकेदार प्रस्तुति रहेको थियो।

मन्चका अध्यक्ष सोम रसाईलीको सभापतित्वमा गरिएको कार्यक्रममा प्रमुख अतिथि एनआरएनए कुवेतका अध्यक्ष सुमित्रा पौडेल र अतिथीहरु कुवेतमा कृयाशिल सम्पूर्ण संघ संस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार,कलाकार,खेलाडी,लगाएत कुवेतबासी नेपालीहरूको बाक्लो उपस्थिति रहेको थियो।

अतिथि कलाकार निशान भट्टराईलाई बाहिर गेट बाट भित्र स्टेज सम्मा लालीगुराँस संस्कृतिक मंच कुवेतका (पन्चे बाजा टिम) कलाकारहरुले ब्यानरसहित तामझामका साथ स्वागत गरीएको थियो ।
कार्यक्रमको उद्घाटन कार्यक्रमका सभापति प्रमुख अतिथी बिशेष अतिथीलले सामुहिक रुपमा पानसमा दिप प्रज्वलन गरिएको उक्त कार्यक्रमलाई औपचारिक रूपमा Al Mulla Exchange marketing Manager भुवन सुवेदिले संचालन गरेका थिए भने भने मन्चको कलाकर कार्यक्रम समंयोजक नेहा राईले स्वागत मन्तब्य मार्फत उपस्थित सम्पुर्णलाई स्वागत गरेकी थिइन्।
कार्यक्रममा एनआरएनए कुवेतका अध्यक्ष सुमित्रा पौडेल,पत्रकार महासंघ कुवेत शाखाका अध्यक्ष हरिकृष्ण न्यौपाने, नेपाल आदिवासी जनजाती महासंघ कुवेतका अध्यक्ष अमृत तामाङ,समाजसेवी धुर्बकुमार संग्रौला, लगायतले शुभकामना मन्तब्य राखेका थिए।

कार्यक्रममा मुख्य आकर्षन नेपालको एक मात्र रियालिटी शो नेपाल आईडल बाट सफल नव गायक देश तथा विदेशमा हुने बिभिन्न स्टेज कार्यक्रमहरुमा ब्यस्त गायक अतिथि कलाकार (Nepal Idol first Runner Up 2017)को निशान भट्टराई क्रेज दर्शकको साथ शुरुदेखी अन्त्यसम्म पनि बराबर साथ पाइरहनु भयो । उनले आफ्नो गीत (ए भुन्टी,भिजिटभिषा,लैजाउला मङसिर महिनामा,आफ्नै छाया, आफु नेपाल आईडल सो मा गएका दर्जनभन्दा बढी चर्चित गीतहरु प्रस्तुत गरेर सबैलाई मन्त्रमुग्ध बनाउनु भएको थियो । दर्शकले अन्त्यसम्म ‘वान्स मोर, वान्स मोर’ का माग राखिरहेका थिए।

कार्यक्रममा कुवेतका स्थानिया कलाकारहरु लोक गयाक राजेन्द्र बिरही,कुमार तमाङ,नेहा राई, श्याम केसी, बिश्वो पासा तमाङ,प्रेम जिमी राई,सानु लामा,प्रेम स्यङ्तन नक्कले, भेद गुरुङ,सरस्वती गुरुङ,अस्मी तमाङ,सुन्दर कफल्थुत, राजु थापा लगायतको प्रस्तुतिले पनि उपस्थित सम्पूर्ण दर्शकहरु लाई भरपुर मनोरञ्जन दिलाएको थियो।

कार्यक्रमलाई भब्य सफाल पर्नको लागि सेवाग्राहिको मन जित्न सफल अल मुल्ला एक्स्चेन्ज ( Al Mulla Exchange ) कम्पनीले मुख्य प्रायोजन गरेको थियो। राम्रो दरमा ग्यारेन्टीका साथ पैसा पठाउन सकिने र ग्राहकहरूको लागि उत्कृष्ट दर प्रदान गर्ने यो बैंकले ग्राहकहरुको लागि कुवेतबाट पनि खाता खोल्न सकिने समेत सुबिधा दिएको छ। मन्चले विशेष योगदान गरेका ब्यक्तित्वहरुलाई र नेपालबाट पल्नु भएको अतिथी कलाकार (Nepal Idol first Runner Up 2017) निशान भट्टराई, साथै मुख्य  प्रायोजन ( Al Mulla Exchange ) कार्यक्रममा प्रस्तु गर्नु हुने कलाकारहरुलाई दोसल्ला ओढाएर मायाको चिनो सरुप सम्मानपत्रबाट विशेष सम्मान गरिएको थियो । कार्यक्रममा उपस्थित दर्शकहरुलाइ Al Mulla Exchange को तर्फबाट निःशुल्क चिठ्ठा फ़ार्म भराइ १० जनालाइ  Al Mulla Exchange लागो अंकित ब्याग र बौद्धिक प्रश्नको सहि उत्तर दिन सकेका दर्शकहरुलाइ पुरस्कार स्वरुप हेडसेट उपहार बितरण गरिएको थियो। कार्यक्रम स्थल सम्म जानको लागि आयोजकको तर्फबाट कुवेतको बिभिन्न ठाँउहरु फाहाहिल , मङगाफ , महाबुल्ला, फेन्तास हुँदै कार्यक्रम हलसम्मको लागि यतायातको सुबिधाको ब्याबस्था गरिएको थियो।

कार्यक्रमका अन्तम सभापति तथा मन्चका अध्यक्ष सोम रसाईलीले प्रमुख अतिथि, विशेष अतिथि, अतिथिहरु नेपाल बाट पल्नु भएका अतिथि कलाकार कार्यक्रममा उपस्थिती जनाई सफलताका साथ सम्पन्न पार्न प्रत्यक्ष अप्रतक्षरुपमा आर्थिक, भौतिक, नैतीक सहयोग गर्नुहुने सम्पूर्ण नेपाली सँघ-संस्था,समाजसेवी, बुद्दिजिबी, भद्रभलाद्मी, कलाकार, पत्रकार एवं उपस्थित सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई सहयोग, सहकार्य र सद्भावका लागि उच्च प्रशंसाका साथ धन्यवाद ज्ञापन गर्दै, भविष्यमा पनिअन्तर्राष्ट्रिय कलाकार मन्च कुवेत शाखाबाट आयोजना हुने हरेक गतिविधिहरुमा यसरी नै सहयोग रहने अपेक्षा राख्दै सभापतिले कार्यक्रम समापनको घोषणा गरेका थिए ।

Photo by Suresh Gurung