उ र मको युगल सांगीतिक साँझसंगै झुमे दर्शक

15 जुन, छाङ्छामी दोहा । नेपाल पत्रकार महासंघ कतारको आयोजनामा उदय मनिला संगित युगल सांगीतिक साँझ दोहाको दल्ला ड्राईभिङ्ग सेन्टरमा हिजो सभ्य र भव्यरुपमा सम्पन्न भएको छ ।

पत्रकार महासंघका आयोजनामा संघका अध्यक्ष करिम बक्स मियाको सभापतित्वमा, अन्तराष्ट्रिय साहित्य समाज र नवोदित वाचनालय लगायतका संस्थाहरुको सहयोगमा नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष विपुल पोख्रेलको प्रशिक्षणमा एक सांक्षिप्त सुचना प्रवाह ब्यावस्थापन र सचेतना तालीम कार्यक्रमको पहिलो चरणमा गरिएको थियो भने दोस्रो चरणमा उदय मनिला युगल सांगीतिक साँझमा उपस्थित सम्पुर्ण दर्शकहरु सोताङ जोडीको दर्जन जति सुमधुर गीतमा झुमेका थिए। नेपालि सुगम संगित क्षेत्रका अब्बल सोताङ दम्पतीले सांगीतिक कार्यक्रमको सुरुवात मै रोमन्चक र आश्चर्य तरिकाले हलको पछाडिबाट आधिबाटो हिँडे पछि बोलको गीत प्रस्तुत गर्दा दर्सक अत्यन्तै उत्साहित बनेका थिए ।

 

उदय सोतङको ठट्यौलि सँगै रमाइलो गर्दै करिब अढाई घन्टाको सुमधुर लोकप्रिय गीत प्रस्तुतिमा दर्शकहरुले मनोरन्जन लिएका थिए र अन्त्यमा दर्शकको फर्माइसमा थप चार वटा जति गीत पनि प्रस्तुत गरेर अझ दर्शकलाई मन्त्र मुग्ध बनाएका थिए । अत्यन्तै सभ्य र भव्यताको साथ सम्पन्न भएको उक्त कार्यक्रमका सन्चालन पत्रकार महासंघ कतारका केन्द्रीय सदस्य तथा रेगिस्तानि कवि तीर्थ संगम राईले सन्चाल्न गरेका थिए ।






Related Posts
  • एनआरएनए अध्यक्षमा कुमार पन्त विजयी,महासचिवमा पन्त प्यानलका शर्मा
  • ३५ जनाको मृत्यु हुने गरि साउदी अरेबियामा बस दुर्घटना
  • विद्युतीय मेसिनले काम गरेन, मतपत्रकै प्रयोग एनआरएनए चुनावमा
  • गौतम बुद्ध विमानस्थल निर्माण अन्तिम चरणमा
  • पछिल्ला सम्प्रेसणहरु

    आदिवासी जनजाति प्रथम अन्तर्राष्ट्रिय सम्मेलन शुरू

    स्थानीय तहका पदाधिकारीलाई दिइने सेवा सुविधासम्बन्धी कानुन बदर

    एनआरएनएको अध्यक्षमा कुमार पन्त विजयी

    बिजनेष

    जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस