आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024
FLASH NEWS

गायक अशोक तामाङको तामाङ दोहोरी ‘बोर्ला ङाई याम्बुरी’ शुक्रबार सार्वजनिक हुने

परदेशी खबर २९ जेष्ठ २०७६, बुधबार ११:३९ मा प्रकाशित ( ४ साल अघि) ३६४ पाठक संख्या

परदेशी खबर । चर्चित मकवानपुरे गायक अशोक तामाङ र गायिका जस्मिन तामाङले तामाङ भाषाको तामाङ दोहोरी गीत तयार पारेका छन् । भिडियो समेत सम्पादनको अन्तिम चरणमा पुगेको गीतलाई म्युजिक भिडियो सहित यही जेठ ३१ गते शुक्रबार सार्वजनिक गरिने छ । यस अघि गत पुसमा ल्होछार गीत ‘जेबा म्राङ्सी’ सार्वजनिक गरेर थप चर्चामा आएका अशोकको यस गीतको म्युजिक भिडियो कस्तो हुनेछ भन्ने बारेमा समेत श्रोताहरुमाझ कौतुहलता बढेको छ ।

जिग्मे मिडियाको प्रस्तुति रहेको गीतको म्युजिक भिडियो शुक्रबार दिउँसो ३ बजे जिग्मे मिडियाको अफिसियल युट्युब च्यानलमार्फत प्रिमियर हुनेछ । गीतमा अशोक र जस्मिनको शब्द रहेको छ । गीतको संगीत अशोकले नै तयार पारेका हुन् । मारुनी डिजिटल स्टुडियोमा रकर्डिङ गरिएको गीतलाई सुमन रानाले रकर्डिङ गरेका हुन् । विश्वास नेपालको एरेञ्जमा तयार भएको गीतलाई कुमार रानाले मिक्स गरेका हुन् । गीतको म्युजिक भिडियोमा गायक अशोकले नै अभिनय गरेका छन् । त्यस्तै उनलाई म्युजिक भिडियोमा मोडल अनिता गोलेले साथ दिएकी छिन् । अभि लामाको कोरियोग्राफी तथा निर्देशनमा बनेको म्युजिक भिडियोलाई सुर्य लामाको सिनेम्याटोग्राफी, कलरिङ र सम्पादन गरेका छन् ।

प्रविण राईको ड्रोन छायाँकनमा तयार भएको भिडियोमा अनिता र अशोकलाई दिया रिजालले सिँगारेका छन् । म्युजिक भिडियोका प्रोडक्सन म्यानेजर बब्लु गुरुङ हुन् । गायक तामाङले यो गीतलाई पनि श्रोता तथा दर्शकले रुचाउने अपेक्षा गरेको बताएका छन् । उनका अन्य गीतलाई पनि दर्शक श्रोताले रुचाएका थिए । उनका यस अघि नै मै विदेश जाँदा, हिमाल पारी गाउँ, मैच्याङ्नी मोरी, वैँशले लगायतका गीतहरु सार्वजनिक भईसकेका छन् ।