बृहत साँस्कृतिक कार्यक्रमको लागि अतिथि कलाकार निशान भट्टराई जुन १२ तारिक बेलुकी ५ बजे कुवेत आइपुग्ने


नैनकला राई/ जुन ११, कुवेतl अन्तर्राष्ट्रिय कलाकार मन्च कुवेत शाखाले आफ्नो प्रथम बृहत साँस्कृतिक कार्यक्रम “कलाकार अक्षयकोष निर्माण बृहत सांस्कृतिक कार्यक्रम २०१९”को लागि अतिथि कलाकार (Nepal Idol first Runner Up 2017) निशान भट्टराई भोलि जुन १२ तारिक बुधबार कुवेतको समय अनुसार बेलुकी ५ बजे कुवेतमा अवतरण हुने मंचका अध्यक्ष सोम रसाईलीले जानकारी दिएका छन्l

बृहत सांस्कृतिक कार्यक्रम २०१९”को लागि भोलि बेलुकी ५ बजे आउनु हुने अतिथि कलाकारलाई स्वागतको लागी कुवेतमा क्रियाशील सम्पूर्ण संघ-संस्थाका प्रतिनिधी, पत्रकार लगायत सम्पूर्ण कुवेतवासी नेपालीलाई कुवेतको अन्तराष्ट्रिय बिमानस्थलमा आइदिनहुनको लागी आयोजकले अनुरोध गरेको छ ।

मंचको उक्त प्रथम बृहत साँस्कृतिक कार्यक्रम “कलाकार अक्षयकोष निर्माण बृहत सांस्कृतिक कार्यक्रम २०१९” यही आउदो जुन १४ तारिक शुक्रबारको दिन कुवेत स्थित ईण्डियन सेन्टरल स्कुल, जिलिपमा हुने भएको छ l उक्त कार्यक्रमको लागि कार्यक्रम स्थलसम्म जनाको लागि कुवेतबासी नेपाली कला प्रेमी दाजुभाइ , दिदिबहिनीहरुलाई मध्यनजर गर्दै आयोजकको तर्फबाट यातायातको सुबिधाको ब्यबस्था गरिएको पनि अध्यक्ष रसाइलीले जानकारी गराएका छन् l

कार्यक्रम स्थल सम्म जानको लागि फाहाहिल , मङाफ , महाबुल्ला, फेन्तास हुँदै कार्यक्रम हल सम्मका लागि रोहित तिमिल्सिना ६९३९५६०५ र खैतान , फर्वानिया हुँदै जिलिप कार्यक्रम हल सम्मका लागि कुमार तामाङलाई ६७७४०२३२ मा सम्पर्क गर्न सक्नु हुने छ ।

कार्यक्रमको विवरण

मिति: जुन १४ तारिक शुक्रबार २०१९
स्थान: ईण्डियन सेन्टरल स्कुल, जिलिब
समय: बिहान् १२ बजे देखि

आयोजक: अन्तर्राष्ट्रिय कलाकार मन्च कुवेत शाखा






Related Posts
  • १३ औं साग : नेपाललाई दोस्रो दिन १५ स्वर्ण, क–कसले दिलाए पदक ? (सुचीसहित)
  • किराया शाखा कतारद्वारा भेटघाट कार्यक्रम सम्पन्न
  • आगामी डिसेम्बर १३ तारिख युएईमा संयुक्त रुपमा उधौली साकेला भब्य मनाउदै ।
  • कुवेतमा कार्यरत श्रमिकहरुका समस्याको बारेमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
  • पछिल्ला सम्प्रेसणहरु

    प्रकाशको ‘स्याउ स्याउ नाना’ सार्वजनिक (भिडियो सहित)

    जापान जाने श्रमिक छनोटः सीप परीक्षामा सबै फेल

    नेपाल कुवेत सरोकार समाजले नेपाली नयाँ बर्ष २०७७ तथा तेश्रो साँस्कृतिक धमाका मनाउने

    बिजनेष

    जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस