दोहा कतारमा प्रकृति पुजक किरातीहरुले उभौली चाड धुमधामका साथ मनाए

निर बहादुर सुनुवार/ जुन ११, दोहा। कतारमा स्थापित किराती सस्थाहरु किरात राई यायोक्खा शाखा, सुनुवार सेवा समाज शाखा र किरात याक्थुम चुम्लुङ कतारले विगतमा झै यस पटक पनि चकृय प्रणाली अनुरुप किरातीहरुको महान उभौली चाड साकेला उभौली, सालिवा श्यादर पिदार र यक्वा तङनाम ५०७९ ÷ २०७६ शुभकामना तथा झाकी सहित बृहत सांस्कृतिक कार्यक्रम किरात मूल समारोह आयोजक समितिको संयोजक विमल राईको सभापतित्वमा नेपाल प्रवासी आदिवासी जनजाती महासंघ कतारको अध्यक्ष  शिव कुमार भुजेलको प्रमुख आतिथ्यमा यहा स्थित गल्फ होराईजन होटलमा सभ्य र भव्य रुपमा गत शुक्रबार ७ तारिखका दिन सम्पन्न गरेको छ ।

नेपाली हरेक बर्षको बैशाख पूर्णीमा र मंसिर पूर्णीमामा किरातीहरुको क्रमश उभौली र उद्यौली चाड मनाउदै आईरहेको विगत लामो ईतिहास छ । विशेष गरेर उभौलीमा किरातहरु महानुभावहरु सबै बर्ष भरिको लागि खेतीपाती लगाउन तयार हुने त्यसको लागि माटो भूमीको पुजा गर्दै राम्रो होस अन्न वाली धेरै राम्रो फलोस भन्दै पुजा गर्ने चलन छ। यसबेला प्राय तराईमा चरा चुरुङ्गीहरुको लागि खाने अन्नवाली हुदैन र उनीहरु माथी पहाड तिर जान्छन यसरी चराहरु उभो जाने भएकोले यो चाडलाई खासमा उभौली भनिएको र फेरी मंसिर महिना तिर सबै अन्नबाली खेत भरि हुन्छन भकारीमा थन्काउने बेला हुन्छ र किरातीहरु यो वेला पनि धेरै अन्न फलेर खुशि हुदै रमाउदै नाच्दै गाउदै भकारीमा राख्छन यसरि यो बेला फेरी चरा हरु अन्न खान तराई तिर झर्छन यस्लाई उद्यौली भनिन्छ । यसरि नै उभौली र उद्यौली चाड मनाएने परम्परा विकास भएर आएको हो किरातीहरु भन्छन ।

 कार्यक्रममा बिशेष अतिथिको रुपमा तीनै संस्थाका प्रमुख सल्लाहकारहरु , नाक्छुङ–विजुवा, नासो र फेदङवा र गैर आवसिय नेपाली संघ अन्र्राष्ट्रिय परिषद सदस्य द्वय श्री विमल सुवेदी र विनोद भट्टराई , राष्ट्रिय परिषद सचिव रामजी क्षेत्रीको उपस्थिती थियो भने अतिथि तर्फ तीनै संस्थाका सल्लाहकारहरु, महासंघका सल्लाहकारहरु, बैचारिक संस्थाका सल्लाहकारहरु, महासंघमा आबद्ध मातृ संस्थाहरु पत्रकार महासंघ कतार, साहित्यीक संस्थाहरु, प्रदेश तथा जिल्ला संस्थाहरु , मिडिया, समाजसेवी , बुद्धिजीवी, अग्रज लगायत विभिन्न संघ संस्थाहरुको प्रमुख तथा प्रतिनिधिहरु र आफ्नो मौलिक भेष भुषामा सज्जित किराती दाजुभाई दिदिबहिनीहरु तथा गैर किराती महानुभावहरुको बाक्लो उपस्थिती रहेको थियो ।प्रमुख अतिथिबाट व्यानर अनावरण र दिप प्रज्वलन गर्दै राष्ट्रिय गानबाट कार्यक्रम शुरु भएको थियो । सम्पूर्ण आमन्त्रित अतिथिहरुलाई स्वागत गर्दै कार्यक्रमका उप संयोजक तथा कियाचुका अध्यक्ष राजेन्द्र साम्याङखामले स्वागत मन्तव्य राख्नु भएको थियो भने स्वागत गित यो भूमी चुम्ने पहिलो हामी हौ किराती भन्ने सामुहिक तीनै संस्थाका कलाकारहरुले गाएका थिए । किरातीहरु प्रकृती पूजक भएको हुदा तीनै संस्थाको तर्फबाट फेदङवा हर्क खजुमले प्रकृतिलाई पुजा प्रार्थना गरि कार्यक्रमको शुभारम्भ गरेका थिए ।शुभकामना मन्तव्य राख्ने क्रममा किरातीहरुको एकता भाषा, भेषभुषा धर्म ,संस्कार र पहिचानलाई संरक्षण र प्रवद्र्धन गर्न सम्पूर्ण किरातहरु एक भै आवाज वुलन्द पार्नु पर्नेमा सबैले जोड दिए । कतारमा किरातीहरुको यो एकता यहा मात्र नभै विश्वमा नै उदाहरण रहेको र अन्य देशका किराती संस्थाहरुले पनि यसको सिको गर्न थालेको पनि प्रष्टयाए । किराती संस्थाहरुलाई एकबद्ध गर्न आफुले पनि धेर थोर भुमिका खेलेको आईसीसी सदस्य विमल सुवेदिले बताए ।

कार्यक्रमको तेश्रो खण्ड तिर पूरै सांस्कृतिक रहेको थियो । तिनै संस्थाहरुको झाकी क्रमशः कियाचुबाट केलाङ, सुसेस बाट श्यादर शिल र किराया बाट साकेला शिली भव्य रुपमा प्रस्तुत गरिएको थियो । त्यसपछि तीनै संस्थाका स्थानीय कलाकारहरुबाट बेजोड गायन तथा नृत्य प्रस्तुत गरेका थिए । विभिन्न मुन्धुमी तथा अन्य गीतको बोलहरु सोई ढोले सोई, पुजा सुुनुवारको नम्सेवल , अली अली गरेर, सुम्नीमा, थँ, दाईकी साली मेरो चाहि सोल्टीनी जस्ता गीतमा आकर्षक नृत्यहरु र राख बाधेर, देउराली भञ्ज्याङ, जहा छन बद्धका आखा, घरकी जेठी, मट्टीको कसम, बल्ल भेट भो आदङवे, थुनचेको भारी बिसाउदै जस्ता रमाईला र कर्णप्रीय गायन प्रस्तुतीहरु स्थानीय तीनै संस्थाका कलाकारहरुल.े प्रस्तुत गर्दै सबैलाई नचाई उपस्थित दर्शक तथा अतिथिहरुलाई भरपूर मनोरञ्जन दिएका थिए ।

किरात मूल समारोह समितिका सदस्य सचिव , सुसेस कतारका महासचिव नीर बहादुर सुनुवारले अत्यन्तै रोचक ढंगबाट संञ्चालन गरेको कार्यक्रममा धन्यवाद मन्तव्य कार्यक्रमका उप संयोजक, सुसेस शाखा कतरका अध्यक्ष सामुयल सुनुवारले राखे संगै कार्यक्रमका सभापति विमल राईले शुभकामना र कार्यक्रम आयोजनामा अहोरात्र खटेर सर सहयोग गर्नुहुने र प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्नुहुने सम्पूर्णलाई विशेष धन्यवाद दिदै भएका कमि कमजोरीहरु पहिल्याउदै आगामी यसप्रकारका कार्यक्रम अझै परिष्कृत र परिमार्जित गर्दै लगिने प्रणका साथ कार्यक्रम समापनको घोषणा गरेका थिए ।






Related Posts
  • नयाँ बसपार्कको होटलमा महिला र पुरुष मृत भेटिए
  • पुनर्निर्माणका लागि भारतले दियो २ अर्ब ४५ करोड
  • प्रधानमन्त्री र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता
  • उपत्यकामा ५५ जनामा भेटियो डेंगुको संक्रमण
  • पछिल्ला सम्प्रेसणहरु

    चलचित्र शुरु गर्नुभन्दा पहिले अनिवार्य राष्ट्रिय गान

    नयाँ बसपार्कको होटलमा महिला र पुरुष मृत भेटिए

    पुनर्निर्माणका लागि भारतले दियो २ अर्ब ४५ करोड

    बिजनेष

    साउन १ देखि इन्टरनेट शुल्क १३ प्रतिशत बढ्यो, दूरसञ्चार सेवा शुल्क ग्राहकबाटै उठाउने

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस