हिपात फुटबल क्लब युएईले इद फुटबल कपमा दोस्रो स्थान हात पार्न सफल

मान सिङ गुरुङ (मानु कोन्मे)/ जुन १०, युएई । संघीय लिम्बुवान मञ्च युएई (दुबाई) ले बिशुद्ध नेपाली खेलप्रेमी खेलाडीहरुको सहभागिता राखेर आयोजना गरेको ईद फुटबल कपमा राजु गुरुङ्गको कप्तानीमा रहेको हिपात (हिमाल पहाड तराई) फुटबल क्लब युएईले दोश्रो स्थान हासिल गर्न सफल भएको छ । १७ वटा फरक टिमको सहभागिता रहेको एकदमै प्रतिस्पर्धात्मक खेलमा हिपात फुटबल क्लब युएईले रुपन्देही – ११ ,शर्जाह युनाइटेड स्टार, माउन्ट एभरेष्ट जस्ता बलियो टिमहरुलाई सजिलै पाखा लगाउदै फाइनलको यात्रा तय गरेको थियो । फाइनल खेलमा लमजुङ सेवा समाज युएई संग – १ को बिरुद्ध – २ को अन्तरमा खेल खेली दोश्रो स्थान पक्का गरेको थियो भने हिपात फुटबल क्लबले गत दुई महिना अगाडी पनि अन्तर्राष्ट्रिय नेपाली समुदाय युएईले आयोजना गरेको प्रथम भेटेरान फुटबल कपको फाइनल खेलमा लम्जुङ्ग सेवा समाज युएई लाई पाखा लगाएर प्रथम स्थान हासिल गरि च्याम्पियन बन्न सफल भएको थियो । हिपात क्लबको कार्यकारिणी अध्यक्ष तथा व्यवस्थापनमा दिपेन्द्र भण्डारी, सन्तोश थापा, कमल भार्द्वाज, अजय गहतराज, अ्मिर श्रेस्ठ र महेश लिम्बु रहेको थियो भने मेडिकल टिममा राजेश मन्डल, मान बहादुर घिसिङ्ग, मन कुमार गिरी, सहयोगिहरुमा देवि लिम्बु, प्रेम, राजन र बालानाथ रहेको थियो ।

हिपात कलबका मुख्य खेलाडीहरुमा कप्तान राजु गुरुङ्ग, प्रकाश सिवाकोटी , उमेश हेल्मो, नबिन खवास, बिक्रम थापा, कृष्ण अधिकारी , ओम राना मगर, राजु लिम्बु, कमल गिरी, जातिका देवान, कर्ण तामाङ, दान बहादुर सापकोटा, भिम लिम्बु, दिल चौधरी, अर्जुन बि क, आयुस लिम्बुको बलियो टिम रहेको थियो । उक्त फुटबल प्रतियोगितामा म्यान अप दि म्याच गोल किपर प्रकाश शिवाकोटी बन्न सफल भएको थियो । हिताप फुट्बल क्लबलाई अब आउने दिनहरुमा यो भन्दा पनि अझ शसक्त र ब्यबस्थित तवरले अगाडी बड्ने र बढाउने प्राण गर्दै आयोजक टिम र सहभागी सम्पूर्ण टिमलाई स-धन्यबाद र बधाई दिदै आउने दिनमा पनि यस्तै सहभागिता रहोस भन्ने शुभकामना हिपात फुटबल क्लब युएई परिवारले गरेको क्लबका टिम कप्तान राजु गुरुङले जानकारी गराएका छ्न ।

हिपात फुट्बल क्लब युएईका टिम कप्तान राजु गुरुङ युएईमा स्थापित संघ संस्था तमु समाज युएई दुबाई क्षेत्रीय समिति र नेपाली बचत तथा ॠण सहकारी संस्था दुबाईका अध्यक्ष हुन् भने नेपाल आदिवासी जनजाति महासंघ युएईका सदस्य हुन। कप्तान राजु गुरुङ एक कुशल समाजसेवी पनि हुन।






Related Posts
  • एनआरएनए कतारको अध्यक्षमा मोहम्मद मुक्तदा मुसलमान भारी मतले विजयी
  • कुवेतमा नयाँ संस्था “सर्लाही समाज कुवेत”को स्थापना
  • एनआरएनए युएईको महाधिवेशनबाट प्रकाश कोइरालाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
  • लालीगुराँस सांस्कृतिक परिवार कुवेतको चौंथौं अधिवेशन सम्पन्न, अध्यक्षमा माधव पौडेल
  • पछिल्ला सम्प्रेसणहरु

    एनआरएनए कतारको अध्यक्षमा मोहम्मद मुक्तदा मुसलमान भारी मतले विजयी

    कुवेतमा नयाँ संस्था “सर्लाही समाज कुवेत”को स्थापना

    एनआरएनए युएईको महाधिवेशनबाट प्रकाश कोइरालाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

    बिजनेष

    साउन १ देखि इन्टरनेट शुल्क १३ प्रतिशत बढ्यो, दूरसञ्चार सेवा शुल्क ग्राहकबाटै उठाउने

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस