कुवेतमा गायिका पुर्णकला बिसिका साथ हरितालिका तिज बिशेष कार्यक्रममा मनाउने


परदेशी खबर/जुन १०, कुवेत।नेपाल कुवेत साँस्कृतिक मञ्च कुवेतले आगामि ३० अगष्टमा चर्चित लोक दोहोरी गायिका पुर्णकला बिसिका साथ हरितालिका तिज बिशेष सांगीतिक कार्यक्रम गर्ने भएको छ।

“हाम्रो संस्कृति-हाम्रो पहिचान” भन्ने मूल नाराका साथ कुवेतमा स्थापित सबै भन्दा पुरानो सांस्कृतिक संस्था नेपाल कुवेत साँस्कृतिक मन्चले नेपाली नारिहरुको महान चाड हरितालिका तिजमा अतिथि कलाकार नेपालि सांगीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल सुमधुर स्वरका धनि देश तथा विदेशमा हुने बिभिन्न स्टेज कार्यक्रमहरुमा ब्यस्त सुन्दरी गायिका चर्चित लोक दोहोरी गायिका पुर्णकला बि:सी को साथमा कुवेतका चर्चित कलाकारहरुको पनि बेजोड प्रस्तुती रहने संस्थाका अध्यक्ष गोबिन्द बरालले परदेशी खबरलाई जानकारी दिएका छन् |

आफ्नो १९औं सांगीतिक धमाका नेपाली नारिहरुको महान चाड हरितालिका तिज कार्यक्रमलाई भब्यरुपले सफल पार्न कुवेतमा क्रियाशील संघसस्था, पत्रकार, कलाकार, समाजसेबी, बुद्दिजिबी, नेपाल कुवेव साँस्कृतिक मंचका शुभ चिन्तक, सहयोगी, नेपाली दाजुभाइ तथा दिदि बहिनिहरु लाइ कार्यक्रममा आ-आफ्नो तर्फबाट सहयोग गरि भब्य रुपमा सफल बनाइदिन मन्चले अनुरोध गरेको छ |

साथै उक्त दिन कुवेतमा कृयाशिल कुनै पनी संघ संस्थाहरुले कार्यक्रम नजुधाइ दिनुहुन मञ्चले अनुरोध समेत गरेको छ। गत बर्षको तिजको कार्यक्रमबाट हुनगएको असुबिधालाई मध्यनजर गर्दै यसपालिको कार्यक्रम ठुलो हलमा गरिने यसै समाचार मार्फत सांस्कृतिक मञ्चले सम्पूर्ण कुवेतवासी नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुमा जानकारी दिएको छ।

तपशिल:

स्थान : इन्डियन सेन्ट्रल स्कुलको हल जिलिब
मिति : ३० अगस्त २०१९ शुक्रबार
समय :दिनको १ बजे बाट
कार्यक्रम :१९औ सांगीतिक धमाका हरितालिका तिज
आयोजक :नेपाल कुवेत साँस्कृतिक मन्च






Related Posts
  • नेपाल मगर संघ युएईको सगौरव प्रस्तुति माघ्या सकराटी मेला-बृहत् सांस्कृतिक साँझ २०७६”को तयारी पुरा
  • कियाचु कुवेतको नवौं वार्षिक उत्सव तथा लिम्बु चलचित्र “साम” प्रदर्शनी आउदो फेब्रुवरी २८ मा हुने
  • एनआरएनए सुधारको लागि डा. केशव पौडेलको सुझाव
  • नेपाल आइडल बुद्ध लामा आउदो जनवरी २४ तारिखमा कतार आउँदै
  • पछिल्ला सम्प्रेसणहरु

    नेपाल मगर संघ युएईको सगौरव प्रस्तुति माघ्या सकराटी मेला-बृहत् सांस्कृतिक साँझ २०७६”को तयारी पुरा

    थारु कल्याणकारिणी सभा कतार च्याप्टरको माघि पर्व मनाउदै सुनिता चौधरी सम्मानित

    आस्था राउतले अभद्र व्यवहार गरेको देखियो : डिआइजी पोखरेल

    बिजनेष

    जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस