तामाङ समाज युएईले तेस्रो प्रस्तुति एसएमएस धमाका ३- २०१९ कार्यक्रम गर्दे

मान सिङ गुरुङ (मानु कोन्मे)/ जुन ९, युएई। तामाङ समाज युएईले आउदो २०१९ जुलाई ०५ तारीख शुक्रबार दिनको ठिक २ बजे देखि युएईको राजधानी आबुधाबीको मलायली समाज हल मुसाफामा सांगीतिक मनोरञ्जनका साथ सामाजिक कार्यमा योगदान पुग्ने एस एम एस धमाका – ३ सांस्कृतिक सांझ- २०१९ कार्यक्रम गर्ने भएको छ।
उक्त कार्यक्रममा अतिथि कलाकारको रुपमा श्रोताहरुले सर्वाधिक रुचाएका गायक सुरेश लामाको सहभागिता हुने भएको छ भने कार्यक्रममा युएई प्रवासमा रहेका स्थानीय चर्चित ख्यातिप्राप्त कलाकारहरुको समेत बेजोड प्रस्तुति रहने भएको छ। अतिथि कलाकार गायक सुरेश लामाको बिशेष प्रस्तुति रहने कार्यक्रम संयोजक तथा समाजका सचिव डिल्लीराम तामाङले जानकारि दिएका छन्।
उक्त कार्यक्रमको मुख्य उद्देश्य तामाङ समाज युएईले शैक्षिक क्षेत्रको सहयोगार्थ सांगीतिक कार्यक्रम एसएमएस धमाकाको तेस्रो संस्करण आयोजना गर्न लागेको हो। तामाङ समाज युएईले २०१२ देखि सपोर्ट माइ स्कुल ( एसएमएस) प्रोजेक्टको शुरूवात गरे संगै बिगत सात बर्ष देखि निरन्तर प्रत्येक बर्ष नेपालको विभिन्न जिल्लाहरुमा स्थापित सामुदायिक बिद्यालयहरुको शैक्षिक तथा पुर्वाधार बिकासको लागी आर्थिक सहयोग प्रदान गर्दै आइरहेको छ।अझ यसै कार्यक्रम लाई सशक्त,प्रभावकारिता र निरन्तर अगाडी बढाउन सन् २०१७ साल देखी नेपाल बाट अतिथि कलाकारहरुको सहभागितामा प्रत्येक बर्ष एसएमएस धमाका सांस्कृतिक कार्यक्रम आयोजना गर्दै आएको छ।

शिक्षाको लागी संगीत अभियानको रुपमा अगाडी बढी रहेको सपोर्ट माइ स्कुल (एसएमएस) कार्यक्रम युएई प्रवासमा रहेका नेपालीहरुको अपार माया र साथका कारण सफलताका साथ सम्पन्न हुँदै आइरहेकोले यश बर्ष पनि एसएमएस धमाका – ३ (तेस्रो संस्करण) आयोजना हुन गइ रहेको छ। बिगतका बर्षका कार्यक्रमहरुमा नेपाल बाट अतिथि कलाकारको रुपमा गायिका सानू वाइवा र निर्माला घिसिङ र प्रवास युएईमा रहेका स्थानीय कलाकारहरुको सहभागिता रहेको थियो । समाजले हाल सम्म एसएमएस कार्यक्रम गरि विभिन्न जिल्लाका आधा दर्जन भन्दा बढी सामुदायिक बिधालयहरु लाई आर्थिक सहयोग उपलब्ध गराइ सकेको छ। जस अनुसार २०१२ सालमा श्री जोगेश्वरी माध्यमिक बिधालय महादेवटार – १ काभ्रे लाई रु. १०००००/- (एक लाख), २०१३ सालमा श्री घ्युल देबि निम्नमाध्यमिक बिधालय,गोल्चे – ३ सिन्धुपाल्चोक लाई रु.१,११,१११/- (एक लाख एघार हजार एक सय एक),२०१४ सालमा श्री जनहित राष्ट्रिय प्राथमिक बिधालय पदमपुर – ८,चितवन लाई रु.१,११,१११/- (एक लाख एघार हजार एक सय एक),२०१५ सालमा श्री सात कन्या प्राथमिक बिधालय थाङ्पालकोट – ८ सिन्धुपाल्चोक लाई रु.१,११,१११/- (एक लाख एघार हजार एक सय एक), २०१६ सालमा श्री दुप्चेश्वरी निम्नमाध्यमिक बिधालय सरमथली – ६ रसुवा लाई १,११,१११/- ( एक लाख एघार हजार एक सय एक),२०१७ सालमा श्री कन्यादेबि निम्नमाध्यमिक बिधालय नेत्रवती – ४ धादिङ लाई १,११,१११/- ( एक लाख एघार हजार एक सय एक),२०१८ सालमा श्री भुमिदेबि माध्यमिक बिधालय मेघाङ – ३ नुवाकोट लाई रु.१,११,१११/- (एक लाख एघार हजार एक सय एक) पुर्वाधार तथा शैक्षिक बिकासको लागी रकम हस्तान्तरण गरि सकेको समाजका महासचिव सनिल घिसिङले जानकारि गराएका छन।






Related Posts
  • सर्लाहीमा हावाहुरी आतंक : २ जनाको मृत्यु अन्य थप २ गम्भीर घाइते
  • सुष्मिता वाईबाले चारिको चिरबीर बजारमा ल्याउदै
  • प्रवासि इलामेली सेवा समाज कुवेतको बार्षिक उत्सव तथा अधिवेशन कार्यक्रमको लागि सम्पूर्ण तयारी पुरा
  • आगामि जुलाई ५मा सेन्ट्रल ब्लड बैंकमा रक्तदान कार्यक्रम हुदै, कार्यक्रममा सहभागिताको लागि तमु समाज कुवेतको आह्वान
  • पछिल्ला सम्प्रेसणहरु

    दूतावासबाटै दुई पटकसम्म श्रम स्वीकृति लिन सकिने

    सर्लाहीमा हावाहुरी आतंक : २ जनाको मृत्यु अन्य थप २ गम्भीर घाइते

    सुष्मिता वाईबाले चारिको चिरबीर बजारमा ल्याउदै

    बिजनेष

    ५ बुँदे माग पुरा नभएको भन्दै वैदेशिक रोजगार व्यवसायीले कामदारलाई विदेश पठाउन रोके

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस