जेद्धामा किरात राई यायोक्खा क्षेत्रीय समिति गठन, पहिलो पटक साकेला उभौली मनाइयो


जुन ९, जेद्दा, साउदी अरब। गत जुन ७ तारिख शुक्रवारका दिन नेपालका आदिवासी किरात राई समुदायको आधिकारिक जातिय संस्था किरात राई यायोक्खा (किराया) को क्षेत्रीय कार्यसमिति जेद्धा गठन भएको छ।

नेपाल आदिवासी जनजाती महासंघ राष्ट्रिय समन्वय समिति साउदी अरबका उपाध्यक्ष बाल कुमार राइको संयोजकत्वमा गठित उभौली साकेला कार्यक्रम तथा किराया क्षेत्रीय समिति जेद्धा गठन आयोजक समितिद्वारा किरात राईहरुको महान राष्ट्रिय चाड साकेला उभौली (यले दोङ ५०७९) को अवसरमा आयोजित विशेष कार्यक्रमका विच मनोज राईको अध्यक्षतामा किराया यायोक्खा क्षेत्रीय समिति जेद्धाको गठन भएको हो।

आधिकारिक रुपमा उभौली चाड मे १८ तारिखमा नै परेको भएता पनि यहाँको परिवेश तथा समयानुकुलता र इस्लामिक पर्व इद उलफितरको विदाको समयलाई समेत मध्यनजर गर्दै ७ जुनमा कार्यक्रमको आयोजना गरेको कुरा कार्यक्रमका संयोजक बाल कुमार राईले बताउनु भएको छ। कार्यक्रम ३ चरणमा सम्पन्न भएको थियो। पहिलो चरणमा नवगठित कार्यसमितिका पदाधिकारीहरुको सपथग्रहण, दोस्रो चरणमा साकेला उभौलीको अवसरमा शुभकामना आदानप्रदान सहितको औपचारिक कार्यक्रम र तेस्रो चरण अन्तरगत किरात राई जातिको परम्परागत साकेला सिली नृत्य सहित स्थानीय कलाकारहरुको प्रस्तुतिमा विविध साँस्कृतिक कार्यक्रम सम्पन्न गरिएको थियो। औपचारिक कार्यक्रम सचिव गुराँस राईले र साँस्कृतिक कार्यक्रम नर कुमार मगरले संचालन गरेका थिए।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेपाली महावाणिज्य दूतावास जेद्धाका कार्यवाहक महावाणिज्यदूत रेवतीरमण पौडेल, विशेष अतिथिको रुपमा नेपाल आदिवासी जनजाती महासंघ क्षेत्रीय समन्वय समिति जेद्धाका अध्यक्ष ङिमा साङ्गे शेर्पा र अन्य अतिथिहरुमा तामाङ घेदुङ साउदी अरबका अध्यक्ष दिल बहादुर थिङ तामाङ्ग, तमुधिं जेद्धाका अध्यक्ष बेद कुमार गुरुङ, गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदी अरबका उपाध्यक्ष धुर्ब कुमार रिजाल, नेपाली सेवा समाज जेद्धाका अध्यक्ष दिनेश क्षेत्री, नेपाली यूवा क्लव जेद्धाका अध्यक्ष कृष्ण प्रसाद भट्टराई, नेपाली समन्वय समिति जेद्धाका संयोजक पूर्ण कार्की, साहित्यकार तथा समाजसेवी सन्तोष लुइंटेल लगायतका व्यक्तित्वहरुको उपस्थिति रहेका थिए।

प्रमुख अतिथिको आशनबाट शुभकामना मन्तव्य व्यक्त गर्ने क्रममा कावा. महावाणिज्यदूत रेवतीरमण पौडेलले नेपालको राष्ट्रिय पहिचान बहु जाति, बहु भाषी, बहु धार्मिक र बहु साँस्कृतिक भएको हुँदा नेपालको हरेक जात-जाति र समुदायहरुले मान्ने र मनाउने चाड पर्वहरु राष्ट्रिय संस्कृतिको धरोहर भएको हुँदा ति विविधतायुक्त संस्कृतिहरुको संरक्षण, संवर्द्धन र विकासमा राज्यले नै विशेष भूमिका निर्वाह गर्नु पर्ने विचार व्यक्त गर्नु भयो। उहाँले किराया जेद्धा गठन भएकोमा खुशी व्यक्त गर्दै यसले प्रवासबाट किराँत सभ्यता र संस्कृतिको संरक्षण र संवर्द्धनमा ठोस योगदान पुराउनुका साथै प्रवासी नेपाली श्रमिकहरुले व्यहोर्नु पर्ने विभिन्न किसिमका समस्याहरुको समाधान गर्न समेत महावाणिज्य दूतावास लगायत सबै संघ-संस्थाहरुसँग हातेमालो गर्दै श्रमिकको हितमा समेत उल्लेख्य योगदान पुराउने विश्वास व्यक्त गर्नु भयो।

कार्यक्रममा बाल कुमार राईले किरात सभ्यता र दर्शनको विशेष जानकारी प्रस्तुत गरेका थिए भने राम कुमार राईले साकेला सिली नृत्यको बारेमा चर्चा गरेका थिए। नवगठित समितिका अध्यक्ष मनोज राईले सभापतिको आशनबाट औपचारिक कार्यक्रमलाई समापन गर्ने क्रममा आफुहरुले प्रवासबाट किरात राई समुदायको भाषा, धर्म र संस्कृतिको संरक्षण, संवर्द्धन र प्रवर्द्धनमा सक्दो योगदान दिनुका साथै प्रवासमा आम नेपाली श्रमिकहरुको हितमा सिंगो नेपाली समुदायसंग हातेमालो गर्दै हरेक अभियानहरुमा दृढतापूर्वक साथ दिने प्रतिवद्धता व्यक्त गर्दै कार्यक्रमलाई सफल पार्न हरतरहबाट सहयोग पुर्‍याउने सबै संघ-संस्थाहरु, प्रायोजकहरु, अफिसियल मिडिया पार्टनर लगायत सबै सहयोगी व्यक्ती-व्यक्तित्वहरुलाई धन्यवाद ज्ञापन गरेका थिए।

किराया जेद्धाको गठन र साकेला उभौली कार्यक्रमा सम्पन्न गर्नको निम्ति नेपाल आदिवासी जनजाती महासंघ क्षेत्रीय समन्वय समिति जेद्धा, तमुधिं जेद्धा र नेपाल तामाङ घेदुङ साउदी अरबले आर्थिक, भौतिक र नैतिकरुपमा विशेष सहयोग गरेका थिए। अफिसियल मिडिया पार्टनरको रुपमा डिसि नेपाल गल्फले कार्यक्रमलाई प्रतक्ष प्रशारण गरेका थिए। दिउसो १ बजेबाट सुरु भएको कार्यक्रमा राति ८ बजे रात्रिभोज सहित समापन भएको थियो।

किराया क्षेत्रीय कार्यसमिति जेद्धाका पदाधिकारीहरु:
मनोज राई – अध्यक्ष
जित राई – उपाध्यक्ष
अष्ट कुमार राई – उपाध्यक्ष
गुराँस राई – सचिव
राम कुमार राई – प्रवक्ता
दिलु राई – कोषाध्यक्ष
विकल राई – सहसचिव
सम्पूर्ण राई – सहकोषाध्यक्ष
हर्कराज राई – सदस्य
मकर राई – सदस्य
सुभाष राई – सदस्य
टेक बहादुर याक्खा राई – सदस्य
टिकाराम दिलुङ्छा राई – सदस्य
दिलु राई – महिला सदस्य

सल्लाहकार समिती:
बाल कुमार राई – प्रमुख सल्लाहकार
सुसान्त राई – सल्लाहकार
प्रेम राई – सल्लाहकार






Related Posts
  • एनआरएनए अध्यक्षमा कुमार पन्त विजयी,महासचिवमा पन्त प्यानलका शर्मा
  • ३५ जनाको मृत्यु हुने गरि साउदी अरेबियामा बस दुर्घटना
  • विद्युतीय मेसिनले काम गरेन, मतपत्रकै प्रयोग एनआरएनए चुनावमा
  • गौतम बुद्ध विमानस्थल निर्माण अन्तिम चरणमा
  • पछिल्ला सम्प्रेसणहरु

    आदिवासी जनजाति प्रथम अन्तर्राष्ट्रिय सम्मेलन शुरू

    स्थानीय तहका पदाधिकारीलाई दिइने सेवा सुविधासम्बन्धी कानुन बदर

    एनआरएनएको अध्यक्षमा कुमार पन्त विजयी

    बिजनेष

    जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस