कुवेतमा तिन किराँती संस्थाद्वारा आयोजित साकेला उभौली चाड भब्य रुपमा सम्पन्न

Image may contain: 3 people, including अमित चाम्लिङ, people smiling

परदेशी खबर/ जुन ८, कुवेत । “भाषा, संस्कार र संस्कृतिको संरक्षण! किरातिहरुको साझा अभियान!!” भन्ने मुल नाराका साथ तीन किराती संस्थाहरुले संयुक्तरुपमा आयोजना गरिएको कार्यक्रममा स्थानिय कलाकारहरुको साथमा बिभिन्न संस्कृतिक झाँकीका साथ धुमधामले साकेला चाड सम्पन्न भएको छ ।

Image may contain: 10 people, including Manjit Chamling Rai, people smiling, people standing and indoor

किरात राई यायोक्खा कुवेतका अध्यक्ष मन्जित चाम्लिङ राईको सभापतित्व र नेपाली राजदूतावासका महामहिम राजदुत दुर्गा प्रसाद भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको संचालन रोशन राई र टिकाराम दुर्विच सुनुवारले संयुक्त रुपमा संचालन गरेका थिए भने किरात राई यायोक्खा कुवेतकी सह-सचिव कविता राईले स्वागत मन्तव्य व्यक्त गरेकी थिईन् ।कार्यक्रम सभापती , प्रमुख अतिथि , बिशिष्ट अतिथिको सामुहिक रुपमा दिप प्रज्लन गरी उद्दघाटन गरिएको थियो भने नेपाली राष्ट्रिय गीत बाट कार्यक्रम लाई मुर्तरुप दिइएको थियो ।

कार्यक्रममा राईहरुको मौलिक झाँकी साकेला नाच, लिम्बूहरुको मौलिक नाच केलाङ नाच र सुनवारहरुको मौलिक झाँकी श्याँदर नाच, सांगातिक प्रस्तुतिहरु लगायतका अन्य तीनवटा किराती संस्थाका कलाकर सबिन दुमि राइ, रोशन राई, मन्जु लावती, याम बि सावा, दर्सन काले राई, बिबिमर राई, अल्का राई, माया राई,तुलसी सुनुवार र सोभादेभी सुनुवारले आ आफ्नो प्रस्तुतिहरु प्रस्तु गरेका थिए।

कार्यक्रममा प्रमुख अतिथी नेपाली राजदुतावास कुवेतका महामहिम राजदुत दुर्गा प्रसाद भण्डारी, नेपाल पत्रकार महासंघ कुवेतका उप अध्यक्ष नबराज पन्थी, एनआरएनए कुवेतका अध्यक्ष सुमित्रा पौडेल, कोसेली ग्रुपको अध्यक्ष आनन्द आचार्य, मगरसंघ कुवेतका सल्लाहकार जय आले मगर, तामाङ घेदुङ कुवेतका प्रबक्ता दिल कुमार पाख्रीन, तमु समाज कुवेतका अध्यक्ष राजु गुरुङ, आदिवासी जनाजाती महासङ कुवेतका अध्यक्ष अ्मृत तामाङ, सुनुवार सेवा समाजका अध्यक्ष लाल बहादुर सुनुवार, किरात याक्थुङ चुम्लुङका अध्यक्ष देभी लिम्बू, किरात राई यायोक्खा केन्द्रिय कार्यसमितिका विशिष्ट संरक्षक सदस्य अ्मित चाम्लिङ लगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै समग्रमा तीनवटा किरातहरुले संयुक्तरुपमा आयोजना गरिएको कार्यक्रम अत्यन्तै प्रशंसनीय रहेको र कार्यक्रमले फुटेर होईन जुटेर अगाडी बढ्ने संदेश दिएको बिचार व्यक्त गरेका थिए ।

कुवेतका तिन किराती संस्था किरात राई यायोक्खा कुवेत, किरात याक्थुङ चुम्लुङ कुवेत र सुनुवार सेवा समाज कुवेतले संयुक्तरुपमा मनाएको शुभकामना आदानप्रदानका साथ साकेला उभौली चाड कार्यक्रम फार्वानिया स्थित युनिक अडिटरियम हलमा जुन ७ तारिख शुक्रबारको दिन नेपालबाट रोजगारीको लागि कुवेत आएका विभिन्न जिल्लाको किराती समुदायको साथमा कुवेतमा रहेका नेपालीहरुको पनि उल्लेख्य उपस्थित रहेको थियो ।

Image may contain: 12 people, people sitting

संयुक्त कार्यक्रम उभौली,यक्वा तङ्नाम, सालिवा श्यादर पिदार,२०१९,येले दोङ येले तङ्बे येले थोचे ५०७९,को एक अर्कामा शुभकामना आदानप्रदान गर्दै उभौली किरात सुनुवार, राई, र याक्खा जातिको महान चाड साकेला साकेन्वा उभौली साकेला नाच पूणिर्मादेखि सुरू हुन्छ । उभौली पर्वको रूपमा रहेको किरातीहरूको यो महत्वपूर्ण चाड वसन्त ऋतुमा वालीनाली राम्रो होस् सबैमा सुख शान्ति सूस्वास्थ्य रहोस् र दैविप्रकोप तथा विपत्तिहरु नआउन् भनि साकेला/सखेवा शिली गर्दै नाच्दै प्रकृतिलाई पुजा गरिन्छ। किरातीहरूको यो चाड पृथ्वीमा कृषि युग शुरु भएदेखि प्रचलनमा आएको विश्वास गरिन्छ ।

Image may contain: 9 people, including मोहन नाछिरिङ राई, people standing and indoor

उभौली साकेला चाडमा किरात खम्बुहरु आफ्नो जातीय पहिरन(भेषभुषा)मा सजिएर साकेला/साकेन्वा/सखेवा सिली नाच्छन् । कालो कोट, दौरा-सुरूवाल, बुकी फूल सिउरिएर, खुकुरी भिरेर नेपाली टोपीमा ठाँटिएर पुरुषहरू साकेला सिलीमा ताल मिलाउदै गोलबन्द भएर नाच्छन् भने महिलाहरू पनि कम्मरमा पटुकी कसेर चौबन्दी चोली र छिटको फरिया अनि पहेंलपुर गरगहनामा सजिएर उनीहरूलाई शिलिको इसारा गर्दै नाच्छन् । हातमा चौरीको पुच्छर, सिल्लिमो, पोमी, लिङ्चिबुङ्को डाला, चमर र सिम्कौली सेउली लिएर नाचिन्छ । स्याउला, ढोल, झ्याम्टा, बिनायो तथा हारी छातीमा झुन्ड्याएर उनीहरू आफूलाई सजाउँछन् । गोलाकार घेरामा रहेर नाचिने साकेला शिली अहिले सबै जातीका युवायुवतीको पनि सहभागिता बढ्दो रहेको ।

कुवेतमा पनि आफ्नो संस्कृतिको जगेर्ण गर्न किराती संस्था किरात राई यायोक्खा कुवेत, किरात याक्थुङ चुम्लुङ कुवेत र सुनुवार सेवा समाज कुवेतले संयुक्तरुपमा कार्यक्रमको निरन्तरता दिदै आएको छ।

Image may contain: 10 people, including मोहन नाछिरिङ राई, प्रकाश चाम्लिङग and Hari Lawati, people standing and indoorImage may contain: one or more people, people on stage and indoor

Image may contain: 13 people, including अमित चाम्लिङ, people standing and indoor






Related Posts
  • सर्लाहीमा हावाहुरी आतंक : २ जनाको मृत्यु अन्य थप २ गम्भीर घाइते
  • सुष्मिता वाईबाले चारिको चिरबीर बजारमा ल्याउदै
  • प्रवासि इलामेली सेवा समाज कुवेतको बार्षिक उत्सव तथा अधिवेशन कार्यक्रमको लागि सम्पूर्ण तयारी पुरा
  • आगामि जुलाई ५मा सेन्ट्रल ब्लड बैंकमा रक्तदान कार्यक्रम हुदै, कार्यक्रममा सहभागिताको लागि तमु समाज कुवेतको आह्वान
  • पछिल्ला सम्प्रेसणहरु

    दूतावासबाटै दुई पटकसम्म श्रम स्वीकृति लिन सकिने

    सर्लाहीमा हावाहुरी आतंक : २ जनाको मृत्यु अन्य थप २ गम्भीर घाइते

    सुष्मिता वाईबाले चारिको चिरबीर बजारमा ल्याउदै

    बिजनेष

    ५ बुँदे माग पुरा नभएको भन्दै वैदेशिक रोजगार व्यवसायीले कामदारलाई विदेश पठाउन रोके

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस