आज: ६ बैशाख २०८१, बिहीबार | Thu, 18, Apr, 2024
FLASH NEWS

नेफेसो कुवेत र आइएनएस कुवेत बीच जुन २१ तारिखमा एकता घोषणा हुँदै

परदेशी खबर २३ जेष्ठ २०७६, बिहीबार १९:३५ मा प्रकाशित ( ४ साल अघि) १९८ पाठक संख्या

परदेशी खबर/ जुन ६, कुवेत । वैकल्पिक राजनीतिक शक्तिको रुपमा उदाएको सङ्घीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति नेपाल बीच भएको पार्टी एकीकरण पछि प्रवासमा पनि भात्रीसंगठनहरुको एकतालाई तिव्र बनाउने क्रममा कुवेतमा रहेका दुइ घटक संगठन नेपाली सङ्घीय समाज कुवेत र अन्तर्राष्ट्रिय नेपाली समाज कुवेत बीच यहि जुन २१ तारिखका दिन बृहत कार्यक्रम गरि एकता घोषणा कार्यक्रम गर्ने भएको छ ।

एकता प्रक्रियालाई पूर्ण रुप दिनको लागि नेपाली संघीय समाज नेफेसो कुवेतको तर्फबाट रोलबहादुर विश्वकर्मा र अन्तरराष्ट्रिय नेपाली समाजको तर्फबाट जयनारायण थारुको सम्योजकोत्वमा ३-३ सदस्य एकता संयोजन गठन गरि नेपाली सङ्घीय समाज नेफेसो कुवेतका अध्यक्ष प्रकाश चाम्लिंग राई तथा अन्तरराष्ट्रिय नेपाली समाज कुवेतका अध्यक्ष निर्मल स्याङ्ग्तनको सभाअध्यक्षमा ५ तारिख बसेको बैठकले २१ तारिखका दिन एकता घोषणा कार्यक्रम गर्ने तय गरिएको हो ।

कुवेतमा क्रियाशील मिडियाकर्मीहरु, संघ संस्थाहरु, बुद्धिजीवी, समाजसेवी, खेलाडी, कलाकारहरुको गरिमामय उपस्थितिको लागि आयोजक द्वारा अनुरोध गरेका छन् ।

कार्यक्रमको विवरण
स्थान :- युनिक अडिटोरियम हल फार्वानिया कुवेत
मिति :- २१ जुन २०१९
समय :- बिहान ११:३०
आयोजक :- नेपाली सङ्घीय समाज नेफेसो कुवेत र अन्तरराष्ट्रिय नेपाली समाज कुवेत