कैलाली-कञ्चनपुरमा भीषण हावाहुरी, हुरी बर्दिया र दाङतर्फ बढ्दै

जुन ६, कैलाली –  कैलालीका विभिन्न ठाउँमा अचानक आएको भीषण हावाहुरीमा परि घाइते हुनेहरुको संख्या ४१ जना पुगेको छ । विभिन्न अस्पतालमा घाइतेहरुको उपचार भैरहेको कैलालीका प्रहरी उपरीक्षक  सुदीप गिरीले बताउनुभयो । 

राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रका अनुसार बिहीबार साँझ साढे ७ बजेतिर आएको भीषण हावाहुरीका कारण कैलाली र कञ्चनपुरमा क्षति पुर्याएको हो ।कैलालीको धनगढीलगायतका ठाउँमा बिहीबार साँझ अचानक आएको भीषण हावाहुरीले रुखहरु ढाल्नुका साथै घरहरुका छाना उडाएको छ । 

सडक छेउका रुखहरुले विद्युतका पोलहरु ढालेका कारण जिल्लाभर बिजुली गएको छ । साथै राजमार्गहरुमा रुख ढलेका कारण यातायात अवरुद्ध रहेको छ । 

कैलालीका साथै कञ्चनपुरमा पनि हावाहुरीले क्षति पुर्याएको छ । क्षतिको यकिन विवरण आउन बाँकी छ । 

कैलाली-कञ्चनपुरबाट हावाहुरी बर्दिया र दाङतर्फ बढ्दै : सतर्कता अपनाउन आग्रह

काठमाण्डौ – सुदूरपश्चिमका कैलाली कञ्चनपुरमा आएको हावाहुरी त्यहाँबाट पूर्वतिर बर्दिया, बाँके र दाङतर्फ बढिरहेको भन्दै सतर्कता अपनाउन राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रले आग्रह गरेको छ ।

कैलालीका विभिन्न ठाउँमा अचानक आएको भीषण हावाहुरीमा परि घाइते हुनेहरुको संख्या ४१ जना पुगेको छ । विभिन्न अस्पतालमा घाइतेहरुको उपचार भैरहेको कैलालीका प्रहरी उपरीक्षक  सुदीप गिरीले बताउनुभयो । 

राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रका अनुसार बिहीबार साँझ साढे ७ बजेतिर आएको भीषण हावाहुरीका कारण कैलाली र कञ्चनपुरमा क्षति पुर्याएको हो ।कैलालीको धनगढीलगायतका ठाउँमा बिहीबार साँझ अचानक आएको भीषण हावाहुरीले रुखहरु ढाल्नुका साथै घरहरुका छाना उडाएको छ । 

सडक छेउका रुखहरुले विद्युतका पोलहरु ढालेका कारण जिल्लाभर बिजुली गएको छ । साथै राजमार्गहरुमा रुख ढलेका कारण यातायात अवरुद्ध रहेको छ । 

कैलालीका साथै कञ्चनपुरमा पनि हावाहुरीले क्षति पुर्याएको छ । क्षतिको यकिन विवरण आउन बाँकी छ। साभार: उज्यालो अनलाइनबाट






Related Posts
  • विश्वकै आग्लो भवन दुबईको बुर्ज खलिफामा पहिलो पटक नेपाली झण्डा झलमलाइदै
  • मलेसियाले भन्यो-मेडिकल खर्च रोजगारदाताले तिर्छन्
  • नेपाली राजदुतावास कुवेतले घरेलु कामदारको लागि पुनः श्रम स्वीकृति सिफारिको बारेमा ससूचना जारी
  • सप्तकोशी नदीमा पानीको सतहले सतर्कता तह पार गर्‍यो, आसपासमा सतर्क रहन आह्वान
  • पछिल्ला सम्प्रेसणहरु

    विश्वकै आग्लो भवन दुबईको बुर्ज खलिफामा पहिलो पटक नेपाली झण्डा झलमलाइदै

    नवीन बाबु गुरुङको निर्देशनमा बनेको सोल्मारी म्युजिक भिडियो बजारमा सार्वजनिक

    मलेसियाले भन्यो-मेडिकल खर्च रोजगारदाताले तिर्छन्

    बिजनेष

    ओली र मोदीले यसरी गरे पाइपलाइनको उद्घाटन

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस