आज: ४ बैशाख २०८१, मंगलवार | Tue, 16, Apr, 2024
FLASH NEWS

कुवेतका ३ किराती संस्थाको संयुक्त आयोजनामा ७ जुनमा मनाउने साकेला उभौली कार्यक्रमको सम्पूर्ण तयारी पुरा

परदेशी खबर १८ जेष्ठ २०७६, शनिबार १४:२१ मा प्रकाशित ( ४ साल अघि) ४५९ पाठक संख्या

नैनकला राई/ जुन १, कुवेत l कुवेतका तिन किराती संस्था किरात राई यायोक्खा कुवेत, किरात याक्थुङ चुम्लुङ कुवेत र सुनुवार सेवा समाज कुवेतले संयुक्तरुपमा मनाउन गइ रहेको शुभकामना आदानप्रदानका साथ साकेला उभौली चाड कार्यक्रमका सम्पूर्ण तयारी पुरा भएको कार्यक्रमका संयोजक तथा किरात राई यायोक्खाका अध्यक्ष मन्जित चाम्लिङ राइले परदेशी खबरलाई जानकारी दिएका छन् l
“भाषा, संस्कार र संस्कृतिको संरक्षण! किरातिहरुको साझा अभियान!!” भन्ने मुल नाराका साथ यी तीन किराती संस्थाहरुले किरातीहरुको चाड संयुक्तरुपमा आयोजना गरिएको कार्यक्रममा स्थानिय कलाकारहरुको साथमा बिभिन्न संस्कृतिक झाँकीका साथ धुमधामले साकेला चाड मनाउने गरि तयारिमा जुटेको अध्यक्ष राईले बताएका छन्।

अध्यक्ष राईले उक्त कार्यक्रममा कुवेतमा कार्यरत किरातीहरुलाई आफ्नो भेषभुषामा सजिएर आफ्नो मौलिक नृत्य साकेला सिलीमा सहभागिता जनाई चाड मनाउन र गैर किराती दिदीबहिनी तथा दाजुभाइहरु लगाएत मिडियाकर्मीहरु, संघ संस्थाहरु, बुद्धिजीवी, समाजसेवी, खेलाडी, कलाकारहरुको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गरेका छन् साथै सम्पूर्ण संस्था तथा मिडियाकर्मी, समाजसेवी, बुद्धिजवी ज्यूहरुलाई पत्राचार गरिसकेको र कहीं कतै भुल भइ छुट्न गएको खण्डमा यहि समाचारलाई आधार मानी गरिमामय उपस्थितिको लागि कार्यक्रमका संयोजक तथा किराया कुवेतका अध्यक्ष मन्जित चाम्लिङ राइले सम्पूर्णलाई आग्रह गरेका छन् l

कार्यक्रमका विवरण
मिति:०७ जुन २०१९
समय: बिहान ११ बजेदेखी
स्थान: अडिटोरियम हल, फर्वानिया, कुवेत