आउदो सेप्टेम्बर २० मा रबि ओड र चक्र बमले कुवेतमा धमाका मच्चाउने

नैनकला राई / जुन १, कुवेत। सुदुरपश्चिमेली नेपाली समाज कुवेतले आफ्नो दोस्रो वार्षिक उत्सव तथा अधिवेशनको अवसरमा आउदो २० सेप्टेम्बर २०१९ शुक्रबारको दिन कुवेत स्थित ब्वाइज स्काउट एसोसिएसन हल, हवालीमा नेपाल आईडल २ का विजेता रबी ओड र पप् गायक तथा मोडल चक्र बमको साथ् बृहत सांगीतिक धमाका २०१९ कार्यक्रमको आयोजना गर्ने भएको छ।

‘सुदुरपश्चिमका लागि सुदुरपश्चिमेली’ भन्ने मूल नाराका साथ कुवेतमा स्थापित संस्थाले विभिन्न सामाजिक कार्यमा क्रियाशील रहदै आएको र यस २० सेप्टेम्बर २०१९ मा हुने भनिएको यो बृहत साँस्कृतिक कार्यक्रमबाट भएको आम्दानीलाई सुदुरपश्चिमेली नेपाली समाज कुवेतले सामाजिक सेवाका कार्यहरुमा नै खर्च गरिने संस्थाका अध्यक्ष अमर खड्काले जानकारी दिएका छन्।

उक्त दिन यस ऐतिहासिक साँस्कृतिक धमाकाम आफ्नो गरिमामय उपस्थिति जनाई कार्यक्रम भव्यरुपमा सफल बनाउन कुवेतमा क्रियाशील सम्पूर्ण संघ, संस्थाका पदाधिकारी, बुद्धिजीवि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडी तथा सम्पूर्ण कुवेतवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई आयोजकले अपिल गर्दै उक्त दिन संघ संस्थाहरुलाई कार्यक्रम नजुधाई दिनुहुन पनि आग्रह गरेको छ l

कार्यक्रमको विवरण

कार्यक्रमः दोस्रो बार्षिकोत्सव तथा अधिवेसन साथमा बृहत सांस्कृतिक धमाका
स्थानः ब्वाइज स्काउट एसोसिएसन हल, हवाली, कुवेत
समयः बिहान ११ बजेबाट
आयोजकः सुदुरपश्चिमेली नेपाली समाज, कुवेत






Related Posts
  • नयाँ बसपार्कको होटलमा महिला र पुरुष मृत भेटिए
  • पुनर्निर्माणका लागि भारतले दियो २ अर्ब ४५ करोड
  • प्रधानमन्त्री र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता
  • उपत्यकामा ५५ जनामा भेटियो डेंगुको संक्रमण
  • पछिल्ला सम्प्रेसणहरु

    चलचित्र शुरु गर्नुभन्दा पहिले अनिवार्य राष्ट्रिय गान

    नयाँ बसपार्कको होटलमा महिला र पुरुष मृत भेटिए

    पुनर्निर्माणका लागि भारतले दियो २ अर्ब ४५ करोड

    बिजनेष

    साउन १ देखि इन्टरनेट शुल्क १३ प्रतिशत बढ्यो, दूरसञ्चार सेवा शुल्क ग्राहकबाटै उठाउने

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस