जनसम्पर्क समिति कुवेतले जुन २८ मा राष्ट्रिय जागरण अभियान गर्दै

तेश्रो अधिवेशन १६ अगस्टमा

परदेशी खबर/जुन १, कुवेत। नेपाली कांग्रेसको वैदेशिक भातृ संगठन नेपाली जनसम्पर्क समिति कुवेत शाखाले राष्ट्रिय जागरण अभियान धुमधामका साथ मनाउने भएको छ। कुवेतको जिलिबमा शुक्रबार सभापति कल्याण कुमार श्रेष्ठको सभापतित्वमा बसेको नियमित बैठकले सो निर्णय गरेको बताइएको छ।

नेपाली कांग्रेसको केन्द्रिय कार्यालयको निर्देशन अनुसार यहि जुन २८ तारीख शुक्रबारका दिन नेपाली जनसम्पर्क समिति कुवेत शाखाले राष्ट्रिय जागरण अभियान धुमधामका साथ मनाउने निर्णय गरेको समितिका महामन्त्री कृष्ण बहादुर तामाङले जानकारी दिए।

साथै सो बैठकमा नेपाली जनसम्पर्क समिति कुवेतले अाउदो अगस्त १६ तारिख शुक्रबारका दिन नेपालबाट प्रमुख अतिथिको उपस्थितिमा तेश्रो अधिवेशन गर्ने निर्णय गरेको बताएको छ। जनसम्पर्क समिति कुवेतले नयाँ सदस्यतापत्र वितरणको सम्पुर्ण विवरण सोही दिन बुझाउने निर्णय समेत गरेको समितिले जानकारी दिएको छ।

अहिले देशका ७७ वटै जिल्ला र विदेशका ३३ देशमा नेपाली कांग्रेसको (हिमाल, पहाड, तराई–मधेश) राष्ट्रिय जागरण अभियान चलिरहेको छ।






Related Posts
  • नेपालगञ्चका पत्रकारलाई नगद सहित सम्मान
  • नवराज विश्वकर्मा लगायतको हत्याप्रकरणको निश्पक्ष छानबिनको माग गर्दै मुलबासी मंगोलहरु सडकमा उत्रिए
  • एनआरएनए युएईले कोभिड -१९ का कारण बिचल्लीमा परेका नेपाली नागरिकहरुलाई निरन्तरतारुपमा राहत बितरण गर्दै
  • युएईमा कोभिड – १९ को नयाँ संक्रमित ६६१, संक्रमित संख्या ३४,५५७ र संक्रमित २ जनाको मृत्यु
  • पछिल्ला सम्प्रेसणहरु

    नेपालगञ्चका पत्रकारलाई नगद सहित सम्मान

    युएईमा कोभिड – १९ को नयाँ संक्रमित ५९६, संक्रमित संख्या ३५,७८८ र संक्रमित ३ जनाको मृत्यु

    दुई हजार ९९ जनामा कोरोना पुष्टि : मंगलबार मात्र २७० जनाको रिपोर्ट पोजिटिभ

    बिजनेष

    आँखी झ्यालबाट लकडाउन

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस