आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024
FLASH NEWS

नेपाली दूतावास कुवेतको आयोजनामा १२ औं गणतन्त्र दिवस सम्पन्न

परदेशी खबर १५ जेष्ठ २०७६, बुधबार २०:११ मा प्रकाशित ( ४ साल अघि) २२८ पाठक संख्या

नैनकला राई / मे २९, कुवेतl आज साँझ मे २९ (जेठ १५) का दिन नेपाली दूतावास कुवेतको आयोजनामा राजदुतावासको सभाहलमा कुवेतबासी नेपालीहरुको बीच १२ औं गणतन्त्र दिवस कार्यक्रम सम्पन्न भएको छ।

नेपाली दूतावास कुवेतले लोकतान्त्रिक गणतन्त्रले ११ औँ बर्ष पार गर्दै १२ औँ बर्षमा प्रवेश गरेको खुसिमा उक्त कार्यक्रमको आयोजना गरेको हो। दूतावासको सभा गृह हलमा सम्पन्न सो कार्यक्रममा महामहिम राजदूत दुर्गा प्रसाद भण्डारीको सभापतित्वमा सम्पन्न कार्यक्रम नेपाली दूतावासका द्वितीय सचिव जानकी ओझाले सञ्चालन गर्नुभएको थियो भने मिनिस्ट्री अफ काउन्सेलर प्रकाश मणि पौडेलले स्वागत मन्तव्य राख्नुभएको थियो।

कार्यक्रमको उद्घाटन महामहिम राजदुतको हातबाट दिव्य प्रज्वलन गर्दै राष्ट्रिय गानाबाट सुरु गरिएको कार्यक्रममा जनान्दोलनमा ज्यान गुमाउनेहरुको सम्मान गर्दै १ मिनेट मौन धारण गरिएको थियो l एनआरएन लगाएत पत्रकार महासंघ र कुवेतमा क्रियाशील संघसंस्थाको तर्फबाट वक्ताहरुले गणतन्त्रको बारेमा आफ्नो विचार व्यक्त गरेका थिए। वक्ताहरुले धारणा राख्ने क्रममा नेपालमा बर्तमान परिस्थिति र दैनिक हत्या हिंशा जस्ता घटना बढिरहेकोमा चिन्ता ब्यक्त गरेका l

संविधानसभाको पहिलो बैठकले विसं २०६५ जेठ १५ गते नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको सम्झनामा प्रत्येक वर्ष जेठ १५ गते विविध कार्यक्रम गरी यो दिवस मनाइन्छ। २ सय ३८ वर्षको एकतन्त्रीय शाह वंशीय राजतन्त्रलाई बिदाइ गर्दै नेपालमा गणतन्त्र स्थापना भएको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै महामहिम राजदूत भण्डारीले संघीय लोकतान्त्रिक गणतन्त्र पश्चात १२ औं गणतन्त्र दिवस मनाइरहद नेपालले उल्लेखीय उपलब्धिहरु भएको दावी गर्नुभयो। विशेष गरि जनताको चहाना अनुसारको संविधान र संविधान सभाबाट निर्वाचित गराएर केन्द्रिय, प्रादेशिक र स्थानीय सरकार प्राप्त भएको र देशले परिवर्तनको बारेमा ठुलो फड्को मरेको र यसै अवधिमा नेपालमा राजनीतिक संकटकाल समाप्त भएकोले मुलुक अब आर्थिक बिकाशमा लागेको बताउनु भयो । वहाँले अब सुदृढीकरण, सुशासन र समृद्धी हासिल गर्ने तर्फा अघि बढिरहेकोले देश तथा विदेशमा रहेका प्रत्यक नेपाली नागरिकले आफ्नो तर्फबाट दायित्वबोध गर्दै सारा नेपालिलाइ सुखी र समृद्ध बनाउनुपर्नेमा जोड दिनुभयो।

१२ औं गणतन्त्र दिवस कार्यक्रममा उपस्थित सम्पूर्णलाई दुतावासको तर्फबाट रात्रिभोजको पनि ब्यबस्था गरेको थियो l

Photo by Jay Narayan Tharu