सहि बाटो हिडे कामदारको लागि कुवेत अति सुरक्षित देश

युवक राई (ठिमुर)

तपाई कुवेत वा दुबई कुन ठाउँ जान मन पराउनु हुन्छ ? यो प्रश्न म वैदशिक रोजगारीको लागि फाइनल अन्तर्वार्ता पास भइसके पछी सोधिएको थियो l अरब मुलुकमा, दुबईमा छु भन्दा एक प्रकारको इज्जत हुन्छ भन्ने धेरै सुनेको थिए l त्यहाँको लाइफ स्टाइल , आधुनिकीकरणमा विश्वलाई ध्यानाकर्षण गराउदै गरेको विकाश , एशियाकै सेन्टर बन्दै गरेको व्यापार यस्तै यस्तै कुराले दुबई प्रति एक प्रकारको उच्च जिज्ञासा थियो मेरो लागि दुबई l तर कुवेतको पनि धेरै थोरै राम्रोनै सुनेको थिएँ , त्यहाँको विश्वकै ठुलो मुद्रा , अन्य देश भन्दा कुवेत गएका नेपालि कामदारहरुको कमाइ , बिस्तारै धेरै रोजगारको अवशर र सम्भावना भएको देश यस्तै यस्तै ; त्यहि भएर पनि होला मैले कुवेत जान्छु भन्ने उत्तर एकै शब्दमा दिएँ l

पहिलोपटक कमाउनकै लागि भनेर देश भन्दा बाहिर जानुको जति पिडा र खुशीको मिस्रित उकुसमुकुसता थियो l त्यो भन्दा बढी मुस्लिम देश , चर्को घाम , भिन्नै खानपिन र भाषा त्यहि माथि घरेलु कामदार( खदामा) माथि नकारात्मक कुराहरु आइरहने समाचार यस्ता कुराले पनि मन अतालिदै कुवेत आइ पुगेँ l मलाइ अझै याद छ आज भन्दा सात बर्ष पहिले कुवेत आउदा यतिका बर्ष कुवेत बस्छु भन्ने मनमा थिएँन, तर यहाँको आफ्नै प्रकारले नेपालि श्रमिक दाजुभाइले बनाएको नेपाल जस्तै महशुस गराउने समाज, कामदार कामदार बिचको एउटा पारिवारिक भावना , ठिकठाकै कमाइ र तिमि गैरकानुनी वा गलत काम नगर तिमि पनि कुवेती नागरिक सरह सुरक्षित छौ भन्ने यहाँको कानुनले पनि यतिको बर्ष बितेको थाहानै भएन l

नेपालमा हुदा कुवेतको बारेमा जति सुनेर वा बेलाबेलामा आइ रहने कुवेतमा भएका नेपालीको घटनाले मेरो आफ्नै मुल्याकन थियो र तेही अनुरुप बहस गर्थे l त्यो बन्दा १६० डिग्री कोणको फरक पाएँ l यहा बढी जस्तो हुने घरेलु कामदारको घटनाहरु कुवेतीको घर भित्र भन्दा बढी उनीहरु आफै घरबाट बाहिर गैरकानुनी रुपमा बस्दा घटेको बुझें l यसमा धेरै-थोरै गल्ति हाम्रो पनि छ l हाम्रो दिदीबहिनीलाई वैदेशिक रोजगारको लागि पठाउने नै हो भने कम्पनीमा श्रम-सम्झौता गरेर मात्र पठाउने वातावरण कहिले बनाउन सकेनौ l देश गरिब छ, सबैको लागि रोजगार छैन, बाच्नको लागि जस्तो पनि काम गर्ने पर्ने अवस्था छ भन्दै सायद केहि गर्न सक्ने सम्भावनाहरुलाई पनि हामीले कहिले बहसनै गरेनौ l अन्य सामन्य घटना त युरोप , अमेरिका , जापान लगाएत अन्य विकशित देशमा हुने नेपालि कामदारको पनि पढ्न सुन्न पाईनै रहन्छौ l

मैले जति यहाँ बस्दा महसुश गरे , नजिक बाट कुवेत भोगे , चिने तेती धेरै असुरक्षित र बदनाम पनि छैन कुवेत l यहाँ काम सकेर रातको कुनै पनि समय आवजजावत गर्ने महिला कामदार पुरष सरह नै भेटिन्छन l आफुलाई कस्तो पहिरन लगाउन मन छ कुनै रोकतोक गरेको कहिले देखिन, आफ्नो चाड पर्व आफ्नै बाजा-गाजा , पहिरन लगाएर मजाले मनाउदा पनि कहिले यहाँको कानुनले कुनै अप्ठ्यारो पारेको घटना खासै सुनेको छैन l अझ नेपालमा हुनै कुनै पनि भैपरी आउने घटनामा होस, विकाशको परियोजनामा होस् वा एउटा व्यक्तिलाईनै सहयोग गर्नु किन नपरोस , यहाँ बाट धेरै आर्थिक सहयोग गरेको उदाहरण छ l एउटा कुरा चाहि प्रष्ट भन्न सक्छु, तपाइँले कुनै गल्ति नगर्नुस , सबै कागज पत्र ठिक होस, तपाईले नेपाल सरहनै स्वतन्त्र वातावरण पाउनु हुनेछ कुवेतमा l

अन्तमा तपाईमा योग्यता र सिप छ भने अन्य देशमा भन्दा राम्रो कमाई हुने र अझ नयाँ नयाँ रोजगारको अवशर लिएर उभिदै गरेको देश हो कुवेत l यसैले हामि कुवेतमा रहने नेपालि कामदारले बदनाम हुने क्रियाकलाप रोक्ने प्रयास गरौ । रेमिट्यान्स मेरुदण्ड भएको देशमा छौँ हामि , कुवेतको अवसरलाई बुझेर अझ तालिम प्राप्त कामदार पठाउने हो भने अन्य देशको दाजोमा बढी कमाई हुने सम्भावना छ l

युवक राई(ठिमुर)
कुवेत






Related Posts
  • कुवेतमा किरातीहरुले आगामि डिसेम्बर १३ मा मनाउने महान चाड उधौली कार्यक्रमको सम्पुर्ण तयारि पुरा कुवेतमा किरातीहरुले आगामि डिसेम्बर १३ मा मनाउने महान चाड उधौली कार्यक्रमको सम्पुर्ण तयारि पुरा
  • तमू समाज कुवेतले १० जनावरी तमू (च्यु) ल्हाेसार कार्यक्रम गर्दै
  • १३ औं साग : नेपाललाई दोस्रो दिन १५ स्वर्ण, क–कसले दिलाए पदक ? (सुचीसहित)
  • किराया शाखा कतारद्वारा भेटघाट कार्यक्रम सम्पन्न
  • पछिल्ला सम्प्रेसणहरु

    नेपाली दूतावास कुवेतद्वारा भिजिट नेपाल २०२० सफल पार्नको लागि छलफल कार्यक्रम सम्पन्न

    कुन्साङ वाईबाको डम्फु ह्राप्सी गितको भिडियो सार्वजनिक (भिडियो सहित)

    कुवेतमा किरातीहरुले आगामि डिसेम्बर १३ मा मनाउने महान चाड उधौली कार्यक्रमको सम्पुर्ण तयारि पुरा

    बिजनेष

    जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस