काठमाण्डौको सुकेधारा र अनामनगरमा विस्फोट : ३ जनाको ज्यान गयो, ६ घाइते

काठमाण्डौ – काठमाण्डौैका २ ठाउँमा भएका विस्फोटमा ३ जनाको ज्यान गएको छ । ६ जना घाइते भएका छन् ।

सुकेधारामा भएको विस्फोटमा दुई जना र घट्टेकुलोमा भएको विस्फोटमा १ जनाको ज्यान गएको नेपाल प्रहरीका प्रवक्ता विश्वराज पोख्रेलले जानकारी दिनुभयो ।

सुकेधाराको विस्फाेटमा घाइते भएका ५ जनाको ओम अस्पतालमा र घट्टेकुलोमा घाइते भएका १ जनाको वीर अस्पतालमा उपचार भैरहेको पनि उहाँले जानकारी दिनुभयो ।

प्रहरीले घटना विप्लव नेतृत्वको नेकपाले गराएको पनि प्रारम्भिक अनुमान गरेको छ । घट्टेकुलोमा विस्फोट भएको वस्तु बम नै भएको पुष्टि भएको महनगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक श्याम ज्ञवालीले उज्यालोलाई जानकारी दिनुभयो । घट्टेकुलाेमा विप्लव नेतृत्वको नेकपाको पर्चा पनि भेटिएको छ ।

‘घटनास्थल हेर्दा उनीहरुले त्यहाँ पड्काउने योजना बनाएको जस्तो देखिन्न, बस्तीभित्र बम बनाएर बाहिरै लगेर पड्काउने योजना बनाएको देखिन्छ, यद्यपि पुरै जानकारी लिने प्रयासमा छौं’, वरिष्ठ प्रहरी उपरीक्षक ज्ञवालीले भन्नुभयो ।

दुवै ठाउँमा एकै समयमा विस्फोट भएको हो । घटनस्थलमा प्रहरी र नेपाली सेनाको टोली पुगेको छ । साभारः उज्यालो अनलाइनबाट






Related Posts
  • तमु समाज युएईको बैठक महत्वपूर्ण निर्णयका सम्पन्न, तमु ल्होसार अतिथि कलाकारको साथ मनाउने
  • नेवा: पुच: युएईले ईन्द्रजात्रा येंया पुन्ही कार्यक्रम भव्यताका साथ मनायो
  • घरबेटीलाई प्राधिकरणको आग्रहः भाडामा बस्नेसँग जथाभावी महसुल नउठाउनुस्
  • लोक दोहोरी गायिका प्रमिला तामाङबाट म्हेन्दोमाया गायिकाहरुले केही सिक्नेकी ? (भिडियो सहित )
  • पछिल्ला सम्प्रेसणहरु

    तमु समाज युएईको बैठक महत्वपूर्ण निर्णयका सम्पन्न, तमु ल्होसार अतिथि कलाकारको साथ मनाउने

    थाल्यो संवाद नेपाली स्याटेलाइटले, ग्राउन्ड स्टेसनसँग नेपाली स्याटेलाइटको दोहोरो सम्पर्क

    नेवा: पुच: युएईले ईन्द्रजात्रा येंया पुन्ही कार्यक्रम भव्यताका साथ मनायो

    बिजनेष

    ओली र मोदीले यसरी गरे पाइपलाइनको उद्घाटन

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस