आज: ६ बैशाख २०८१, बिहीबार | Thu, 18, Apr, 2024
FLASH NEWS

बृहत साँस्कृतिक कार्यक्रमको लागि निशान भट्टराई जुन १४ मा कुवेत आउदै

परदेशी खबर १२ जेष्ठ २०७६, आईतवार १२:४९ मा प्रकाशित ( ४ साल अघि) २८८ पाठक संख्या

नैनकला राई / मे २६, कुवेतl अन्तर्राष्ट्रिय कलाकार मन्च कुवेत शाखाले आफ्नो प्रथम बृहत साँस्कृतिक कार्यक्रम “कलाकार अक्षयकोष निर्माण बृहत सांस्कृतिक कार्यक्रम २०१९” यही आउदो जुन १४ तारिक शुक्रबारको दिन कुवेत स्थित ईण्डियन सेन्टरल स्कुल, जिलिपमा अतिथि कलाकार (Nepal Idol first Runner Up 2017) निशान भट्टराईको साथमा मनाउने कार्यक्रमको तयारी तिब्रताका साथ हुदै गरेको जानकारी प्राप्त भएको छ l

“मौलिक कला र साँस्कृतिक साथमा कलाकारको जगेर्ण गरौँ , जय कला जय कलाकार” भन्ने मूल नाराका साथ् स्थापना गरिएको अन्तराष्ट्रिय कलाकार मन्च कुवेत शाखाले कलाकारहरुकै हक हितका साथ आफ्नो कला प्रस्तुति अगाडी बढाउदै अन्तराष्ट्रिय स्थर सम्म नेपाली कला साँस्कृतिक जगेर्ण गराउने उदेश्यले यस कलाकार मन्च कुवेत शाखाले आफ्नो प्रथम बृहद साँस्कृतिक कार्यक्रम अतिथि कलाकार नेपाल आइडल रनरअप २०१७ का चिरपरिचित गायक निशान भट्टराईका साथ स्थानीय कलाकारहरुको पनि धमाकेदार प्रस्तुति रहने मंचका अध्यक्ष सोम ससाइलीले जानकारी दिएका छन् l उक्त कार्यक्रमको लागि कार्यक्रम स्थलसम्म जनाको लागि कुवेतबासी नेपाली कला प्रेमी दाजुभाइ , दिदिबहिनीहरुलाई मध्यनजर गर्दै यआयोजकको तर्फबाट यातायातको सुबिधाको बेवास्था गरिएको पनि अध्यक्ष रसाइलीले जानकारी गराएका छन् l
कार्यक्रम स्थल सम्मा जानको लागि फाहाहिल , मङाफ , महाबुल्ला, फेन्तास हुँदै कार्यक्रम हल सम्मका लागि रोहित तिमिल्सिना ६९३९५६०५ र खैतान , फर्वानिया हुँदै जिलिप कार्यक्रम हल सम्मका लागि कुमार तामाङलाई ६७७४०२३२ मा सम्पर्क गर्न सक्नु हुने छ ।
उक्त साँस्कृतिक कार्यक्रममा उपस्थिति जनाई भरपुर मनोरंजन लिन साथै कार्यक्रम भव्यताका साथ सफल बनाइदिनु हुन कुवेतमा कृयाशिल सम्पूर्ण संघ संस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार,खेलाडीका साथै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई अध्यक्ष रसाईलीले अनुरोध गरेका छन् ।

कार्यक्रमको विवरण:-
आयोजक: अन्तर्राष्ट्रिय कलाकार मन्च कुवेत शाखा
स्थान: ईण्डियन सेन्टरल स्कुल, जिलिप
मिति: जुन १४ तारिक शुक्रबार २०१९
समय: बिहान् ११ बजे देखि