आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS

आगामी जुन ७ तारिकमा नायक पल शाह र गायक प्रताप दाश कुवेत आउँदै

परदेशी खबर ११ जेष्ठ २०७६, शनिबार १२:२३ मा प्रकाशित ( ४ साल अघि) २६१ पाठक संख्या


परदेशी खबर / मे १३, कुवेत l दर्शन ठकुरी समाज कुवेतले आफ्नो पाँचौ बार्षिक उत्सवको अवसरमा अतिथि कलाकारहरु नायक पल शाह र गायक प्रताप दासको साथ आगामी जुन ७ तारिक शुक्रबारको दिन मनाउने निर्णय भएअनुसार कार्यक्रमको तिब्र रुपमा तयारी भैरहेको समाजका अध्यक्ष एल बी हमाल ठकुरीले जानकारी दिएका छन् ।

दर्शन ठकुरी समाज कुवेतले आफ्नो पाँचौं वार्षिक उत्सवको अवसरमा “ दर्शन सांगीतिक धमाका २०१९ “ कार्यक्रमको आयोजना गरी चर्चित नायक पल शाह र नेपाल आइडलबाट चर्चामा आएका गायक प्रताप दासका साथ वार्षिक उत्सव मनाउने भएको हो ।

आउँदो जुन ७ तारिख मा हुन गैरहेको पाँचौं वार्षिक उत्सव तथा दर्शन सांगीतिक धमाका २०१९ को तयारीमा लागेको कार्यक्रम पृथक खालको हुने र त्यसै अनुसारको तयारी भैरहेको जानकारी दिएका छन् ।

उक्त कार्यक्रममा गरिमामय उपस्थिति जनाई कार्यक्रमलाई भन्यरुप्मा सफल पारिदिनु हुन कुवेतमा कृयाशिल सम्पूर्ण संघ संस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार,खेलाडीका साथै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई समाजका अध्यक्ष हमालले आग्रह गरेका छन् ।

कार्यक्रमको विवरण

मिति : ७ जुन २०१९ शुक्रबार

स्थान : इन्डियन सेन्ट्रल स्कुलको हल जिलिब
समय : दिनको ठिक १२ बजे
कार्यक्रम बारे जानकारी लिनको लागि सम्पर्क नम्बर – 66644509, 60067572, 69925693