भुपु गोर्खा लक्ष्य बहादुर गुरुङ बेलायतको उपमेयरमा निर्वाचित

परदेशी खबर/ मे २३, लण्डन । बार्नेट काउन्सिलको हेल वार्डका काउन्सिलर लक्ष्यबहादुर गुरुङ बार्नेट काउन्सिलको उपमेयरमा निर्वाचित भएका छन् । लन्डन बरो अफ बार्नेटको यहि मे २१ तारिख २०१९ तारिख बसेको वार्षिक काउन्सिल बैठकले गुरुङलाई उपमेयर पदमा निर्विरोध निर्वाचित गरेको हो।


हरेक बर्ष बार्नेट काउन्सिलले काउन्सिलरहरु मध्येबाट नयां मेयर र उपमेयर चयन गर्ने क्रम अनुसार गुरुङ उपमेयरमा निर्वाचित भएका हुन ।बार्नेट काउन्सिल झन्डै चार लाख जनसंख्या भएको सबैभन्दा बढी जनसंख्या भएको काउन्सिल हो । गुरुङले उपमेयरमा निर्वाचित भएपछि सबै लाई धन्यवाद दिंदै बार्नेट काउन्सिल र नेपाली समुदायको बिचको सम्बन्ध लाई अझ बलियो पार्न मुख्य प्राथमिकता रहने र उत्तरपश्चिम लन्डनमा बसोबास गर्ने नेपाली समुदायको लागि एउटा सामुदायिक केन्द्र उपलब्ध गराउने बारे प्रयास गर्ने बताएका छन।
गुरुङ बेलायतको सबैभन्दा ठूलो सत्तारुढ कन्जरभेटिभ पार्टीको तर्फबाट पहिलो भूतपूर्व गोर्खा उपमेयर हुन। गुरुङ ब्रिटिश सेनाको ब्रिगेड अफ गोर्खाजबाट सेवानिवृत्त हुन भने बेलायतमा कृयाशिल संस्थाहरु तमु धीं लण्डन इकाइका सल्लाहकार,ताङतिङ समाज युकेका अध्यक्ष र बर्न्टओक नेपाली समाजका पुर्व अध्य पनि हुन। गुरुङ सन् २००५ देखि स-परिवार श्रीमती दुई छोरी र एक छोराका साथ बेलायतमा बसोबास गर्दै आएका छ्न।उनी गत वर्ष कन्जरभेटिभ पार्टीको तर्फ बाट बार्नेट काउन्सिलको हेल वार्डको काउन्सिलर निर्वाचित भएका थिए । गुरुङ नेपाली समुदाय लाई पुर्‍याएइको सेवा र सहयोगको कदर स्वरुप बार्नेट सिभिक अवार्ड बाट सम्मानित भएका थिए ।






Related Posts
  • एनआरएनए कतारको अध्यक्षमा मोहम्मद मुक्तदा मुसलमान भारी मतले विजयी
  • कुवेतमा नयाँ संस्था “सर्लाही समाज कुवेत”को स्थापना
  • एनआरएनए युएईको महाधिवेशनबाट प्रकाश कोइरालाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
  • लालीगुराँस सांस्कृतिक परिवार कुवेतको चौंथौं अधिवेशन सम्पन्न, अध्यक्षमा माधव पौडेल
  • पछिल्ला सम्प्रेसणहरु

    एनआरएनए कतारको अध्यक्षमा मोहम्मद मुक्तदा मुसलमान भारी मतले विजयी

    कुवेतमा नयाँ संस्था “सर्लाही समाज कुवेत”को स्थापना

    एनआरएनए युएईको महाधिवेशनबाट प्रकाश कोइरालाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

    बिजनेष

    साउन १ देखि इन्टरनेट शुल्क १३ प्रतिशत बढ्यो, दूरसञ्चार सेवा शुल्क ग्राहकबाटै उठाउने

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस