साँस्कृतिक मञ्चले “राष्कोट सामुदायिक अस्पताल निर्माणको लागि सहयोग रकम हस्तान्तरण

परदेशी खबर / मे २०, कुवेत l कुवेतको सबैभन्दा पुरानो सांगीतिक संस्था नेपाल कुवेत साँस्कृतिक मञ्चले सिधा कुरा जनता संग रवि लामिछाने नेतृत्वमा निर्माण हुन गईरहेको नेपालकै दुर्गम क्षेत्र कालिकोट जिल्लाको “राष्कोट सामुदायिक अस्पताल निर्माण सहयोगार्थ मंचको १८ औँ सांगीतिक धमाकामा उठेको रकममा खर्च कटाएर बचत हुन गएको रकम १,५१ ,००० (एक लाख एकाउन्न हजार) नेपाली रुपैया मञ्चका महासचिव रोशन राई र कार्यक्रम संयोजक उमा घिमिरे तथा अध्यक्ष गोविन्द बरालका सहोदर ठुलो दाजु हेमराज बरालले संयुक्तरुपमा सिधा कुरा जनता संगको कार्यालयमा कुशल पत्रकार रवि लामिछानेको हातमा आज हस्तान्तरण गरिएको जानकारी मञ्चका अध्यक्ष गोविन्द बरालले जानकारी दिएका छन् l

उक्त कार्यक्रम शुक्रबार ३ मे २०१९ मा कुवेतको जिलिब स्थित पपिन्स हलमा मञ्चको १८ औँ सांगीतिक धमाका स्वरुप सम्पन्न भएको थियोl

उक्त कार्यक्रमलाई सफल बनाउनको ठुलो रकम उठाउन सहयोग पुर्याउनु हुने अल्मुल्लाह कंपनिमा कार्यरत सहयोगी मनका धनी दुर्गा ढकाल, तोयानाथ दाहाल, संस्थाको उपाध्यक्ष /डान्सर नेहा राई, डान्सर अश्मी तामाङ, एन आर एन ए कुवेतकी कार्यवाहक अध्यक्ष सुमित्रादेवी पौडेल लगायत नेपाल कुवेत साँस्कृतिक मञ्चका संरक्षक, सल्लाहकार, कलाकार, कार्यसमिति सदस्य तथा प्रत्यक्ष/अप्रत्यक्षरुपमा सहयोग पुर्याउनुहुने सम्पुर्ण कुवेतवासी नेपाली एवं गैर नेपाली दाजुभाइ दिदिबहिनीहरुलाई ब्यक्तिगत तथा साँस्कृतिक मञ्चकोतर्फबाट धन्यवाद ब्यक्त गरेका छन् साथै आगामी दिनहरुमा पनि यसैगरी साथ मिल्ने प्रती साँस्कृतिक मंच पूर्ण आशावादी रहेको मञ्चका अध्यक्ष बरालले बताएका छन् l






Related Posts
  • तमु समाज युएईको बैठक महत्वपूर्ण निर्णयका सम्पन्न, तमु ल्होसार अतिथि कलाकारको साथ मनाउने
  • नेवा: पुच: युएईले ईन्द्रजात्रा येंया पुन्ही कार्यक्रम भव्यताका साथ मनायो
  • घरबेटीलाई प्राधिकरणको आग्रहः भाडामा बस्नेसँग जथाभावी महसुल नउठाउनुस्
  • लोक दोहोरी गायिका प्रमिला तामाङबाट म्हेन्दोमाया गायिकाहरुले केही सिक्नेकी ? (भिडियो सहित )
  • पछिल्ला सम्प्रेसणहरु

    तमु समाज युएईको बैठक महत्वपूर्ण निर्णयका सम्पन्न, तमु ल्होसार अतिथि कलाकारको साथ मनाउने

    थाल्यो संवाद नेपाली स्याटेलाइटले, ग्राउन्ड स्टेसनसँग नेपाली स्याटेलाइटको दोहोरो सम्पर्क

    नेवा: पुच: युएईले ईन्द्रजात्रा येंया पुन्ही कार्यक्रम भव्यताका साथ मनायो

    बिजनेष

    ओली र मोदीले यसरी गरे पाइपलाइनको उद्घाटन

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस