कुवेतबाट मृगौला पिडित जनक आले मगरलाई १ लाख ५० हजार आर्थिक सहयोग

परदेशी खबर / मे १८, कुवेत l दुवै मृगौला फेल भएका जनक सिङ आले मगरलाई नेपाली प्रवासी ट्याक्सी व्यवसायी संघ कुवेतका अध्यक्ष सुन बहादुर तामाङको पहलमा संकलित रकम (एक लाख पचास हजार )नेपाली रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरिएको छ।

लामो समय देखी उपचार गराइरहेको दुबै मृगौला पिडित आले मगरको परिवारको आर्थिक स्थिति निकै दयनिय रहेको र हाल अहिले भरतपुर स्थित मानव अंग प्रत्यारोपण केन्द्रमा उपचार गराई रहेको पिडितले सहयोगको अपिल गरेको हुनाले सेवा नै धर्म हो कुनै पीडितको घाउमा मलमरुपि सहयोग गर्नु पर्छ भन्दै समाजसेवी सुन बहादुर तामाङको पहलमा कुवेतवासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुबाट एक एक केडी जम्मा भएको रकम रु. १५०,००० (एक लाख पचास हजार ) Aman Exchange मार्फत नेपाल तामाङ घेदुङक केन्द्रिय सदस्य राम बहादुर लामाको नेपालको बैक खातामा पठाएको र सो रकम लामाकै हातबाट पिडित जनक सिङ आलेमगरलाई हस्तान्तरण गरिएको अभियन्ता सुन बहादुर तामाङले जानकारी दिएका छन् ।

आर्थिक सहयोग गर्दै यस अभियानमा साथ दिनु हुने सम्पूर्ण सहयोगीहरुलाई धन्यबाद दिदै आगामी दिनहरुमा पनि यसरीनै साथ दिनु हुने विश्वास व्यक्त गरेका छन् l

 

 






Related Posts
  • तमु समाज युएईको बैठक महत्वपूर्ण निर्णयका सम्पन्न, तमु ल्होसार अतिथि कलाकारको साथ मनाउने
  • नेवा: पुच: युएईले ईन्द्रजात्रा येंया पुन्ही कार्यक्रम भव्यताका साथ मनायो
  • घरबेटीलाई प्राधिकरणको आग्रहः भाडामा बस्नेसँग जथाभावी महसुल नउठाउनुस्
  • लोक दोहोरी गायिका प्रमिला तामाङबाट म्हेन्दोमाया गायिकाहरुले केही सिक्नेकी ? (भिडियो सहित )
  • पछिल्ला सम्प्रेसणहरु

    तमु समाज युएईको बैठक महत्वपूर्ण निर्णयका सम्पन्न, तमु ल्होसार अतिथि कलाकारको साथ मनाउने

    थाल्यो संवाद नेपाली स्याटेलाइटले, ग्राउन्ड स्टेसनसँग नेपाली स्याटेलाइटको दोहोरो सम्पर्क

    नेवा: पुच: युएईले ईन्द्रजात्रा येंया पुन्ही कार्यक्रम भव्यताका साथ मनायो

    बिजनेष

    ओली र मोदीले यसरी गरे पाइपलाइनको उद्घाटन

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस