कुवेतमा २५६३ अौं बुद्ध जयन्ती भब्यताकासाथ सम्पन्न

युग लामा/ १८ मे, कुवेत – झट्ट हेर्दा नेपालको गुम्बामा पुगेको झै आभास दिलाउने गरी सजिएको कार्यक्रम हल, शान्ति र मधुर स्वरमा गुन्जिएको बुद्धवाणी मन्त्र, यत्रतत्र सर्बत्र बुद्धको झन्डा र ध्वजाहरु ।

हिजो १७ मे शुक्रबारको दिन नेपाल तामाङ घेदुङ कुवेतको आयोजनामा २५६३ औं बुद्ध जयन्तीको अबसरमा शान्ति पूजा पाठ तथा प्रबचन कार्यक्रम २०१९ फर्वानियको युनिक अटोटोरियम हलमा भब्यताकासाथ सम्पन्न भएको छ ।

कुवेतमा आफ्नो भाषा, धर्म सस्कार र सस्कृति जोगाउन महत्वपूर्ण कार्यहरु गर्दै नेपाल तामाङ घेदुङले स्थापनाकाल देखि नै बुद्ध जयन्ती र ल्होछार कार्यक्रन मनाउदै आई रहेको छ ।

युनिक अटोटोरियम हलमा सम्पन्न उक्त कार्यक्रमको प्रमुक अतिथी नेपाली राजदूतावास कुवेतका मिनिस्टर काउन्सीलर प्रकाशमणी पौडेल रहेको थिए भने नेपाल तामाङ घेदुङ कुवेतको अध्यक्ष सुरेश ग्याबाको अध्यक्षता र महासचिव कृष्ण सिङ्तानको सन्चालनमा सम्पन्न भएका थिए ।

प्रमुख अतिथी र अतिथीहरुले संयुक्त रुपमा दिप प्रज्ज्वल र केक काटेर कार्यक्रमलाई उद्द्घाटन गरेका थिए । कार्यक्रम संयोजक तथा लामा गुरु नारायण घ्लानले स्वागत मन्तब्य राखेका थिए ।

प्रमुख अतिथी नेपाली राजदूतावास कुवेतका मिनिस्टर काउन्सीलर प्रकाशमणी पौडेल, NRNR कुवेतका कार्य बाहक अध्यक्ष सुमित्रा पौडेल, आदिवासी जनजाती महासंघ कुवेत अध्यक्ष अमृत लोप्चन, पत्रकार हरी बानिया, किरात राई यायोक्खा कुवेत शाखाको अध्यक्ष मन्जित राई, नेपाली प्रवासी ट्याक्सी ब्यबसायी संघका अध्यक्ष सुनबहादुर तामाङ, नेपाल कुवेत सरोकार समाजका अध्यक्ष राम बहादुर तामाङ, जन जागृत युबा समाज कुवेतका अध्यक्ष टिका आचार्य, नेपाली जनसम्पर्क समितिका उपाध्यक्ष माधव शर्मा लगायतका ब्यक्तित्वहरुले शुभकामना मन्तब्य राखेका थिए ।

कार्यक्रममा उपस्थित सबै कुवेतबासी नेपाली दाजुभाई तथा दिदिबहिनीहरु, पत्रकार, खेलाडी, बुद्धिजिबी, समाजसेवी कार्यक्रम सफल बनाउन सहयोगहरु र कलाकारहरुलाई हार्दिक धन्यवाद प्रकट गर्दै नेपाल तामाङ घेदुङ कुवेतका अध्यक्ष सुरेश ग्याबाले राती १२ बजे कार्यक्रम समापनको घोषणा गरेका थिए ।






Related Posts
  • युएईमा कोभिड – १९ को नयाँ संक्रमित ६३५, संक्रमित संख्या ३५,१९२ र संक्रमित २ जनाको मृत्यु
  • कुवेतमा कोरोना संक्रमनबाट २७ हजार ७६२ सङ्क्रमित, ७१९ नयाँ संक्रमित, सात ८ जनाको मृत्‍यु (अपडेट)
  • थप २२६ जनामा कोरोना पुष्टि : संक्रमितको संख्या १७ सय ९८ पुग्यो
  • एनआरएनए युएईले कोभिड -१९ का कारण बिचल्लीमा परेका नेपाली नागरिकहरुलाई निरन्तरतारुपमा राहत बितरण गर्दै
  • पछिल्ला सम्प्रेसणहरु

    युएईमा कोभिड – १९ को नयाँ संक्रमित ६३५, संक्रमित संख्या ३५,१९२ र संक्रमित २ जनाको मृत्यु

    कुवेतमा कोरोना संक्रमनबाट २७ हजार ७६२ सङ्क्रमित, ७१९ नयाँ संक्रमित, सात ८ जनाको मृत्‍यु (अपडेट)

    थप २२६ जनामा कोरोना पुष्टि : संक्रमितको संख्या १७ सय ९८ पुग्यो

    बिजनेष

    आँखी झ्यालबाट लकडाउन

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस