नेपाली जनएकता सेवा समाज कुवेतको वार्षिकोत्सव तथा अधिवेशन कार्यक्रम ईदको दिन हुदै

परदेशी खबर/मे १८,कुवेत।नेपाली जनएकता सेवा समाजले ४औं वार्षिकोत्सव तथा अधिवेशनको साथमा साँस्कृतिक कार्यक्रम रमादान महिनाको ब्रत समाप्त पछि मनाइने इदको छुट्टिको पहिलो दिनमा हुने भएको छ।

एकता नै हाम्रो चाहाना,सेवा नै धर्म हो”भन्ने मुलनाराका साथ सन् २०१५ मा स्थापना भएको
यस संस्थाले बिभिन्न बिपन्न र बिपतमा परेका पिडितहरुलाई सहयोग गर्दै कुवेतमा क्रियाशिल संस्थाहरुसँग हातेमाललो गर्दै सक्रिय रहदै अाएको छ।
संस्थाले प्रत्येक वर्ष रमादानको अन्तिम दिन (इदको दिन)कार्यक्रम गर्दै अाएको छ र यसपाली पनि त्यसैलाईनै निरन्तरता दिंदै कार्यक्रमको अायोजना गरेको कुरा संस्थाका महासचिव डिबी भुसालले परदेशी खबरलाइ जानकारि दिएका छन्।
उक्त दिन नेपालकै लोपान्मुख पञ्चेबाजाको साथ स्थानिय कलाकारहरुको बेजोड़ प्रस्तुति रहने बताउदै कार्यक्रममा कुवेतमा क्रियाशिल संघसंस्थाकाप्रतिनिधी,बुद्धिजिवी,समाजसेवी,पत्रकार,कलाकारहरुलाई पत्रचार गरिरहेको र कारणवश पत्र प्राप्त हुन नसकेको खण्डमा यसै सुचनालाई अाधार मानी उपस्थित भइदिनुहुको लागी अनुरोध गर्नुभएको छ,साथै कार्यक्रमलाई भव्यरुपमा सफल बनाउन कुवेतमा रहनुभएका अाम नेपाली जनसमुदायहरुलाई पनि उपस्थित भइदिनको लागि आयोजकले आग्रह गरेको छ।

कार्यक्रमको विवरण

मिति: रमादानको अन्तिम दिन(इदको दिन)
स्थान: ब्लक १ रोड नं.१२४ विल्डिङ नं.१४ फर्वानियाँ
समय: बिहान ठिक १० वजे
सम्पर्क नम्वरहरु: 55268903/97224908/66183131






Related Posts
  • एनआरएनए युएईले कोभिड -१९ का कारण बिचल्लीमा परेका नेपाली नागरिकहरुलाई निरन्तरतारुपमा राहत बितरण गर्दै
  • युएईमा कोभिड – १९ को नयाँ संक्रमित ६६१, संक्रमित संख्या ३४,५५७ र संक्रमित २ जनाको मृत्यु
  • युएईमा कोभिड – १९ को नयाँ संक्रमित ७२६, संक्रमित संख्या ३३,८९६ र संक्रमित २ जना मृत्यु युएईमा कोभिड – १९ को नयाँ संक्रमित ७२६, संक्रमित संख्या ३३,८९६ र संक्रमित २ जना मृत्यु
  • एमसीसीबारे नेकपा सचिवालय बैठक,सम्झौता अनुमोदन नभएसम्म काम रोक्ने सहमति
  • पछिल्ला सम्प्रेसणहरु

    कुवेतमा कोरोना संक्रमनबाट २७ हजार ७६२ सङ्क्रमित, ७१९ नयाँ संक्रमित, सात ८ जनाको मृत्‍यु (अपडेट)

    थप २२६ जनामा कोरोना पुष्टि : संक्रमितको संख्या १७ सय ९८ पुग्यो

    एनआरएनए युएईले कोभिड -१९ का कारण बिचल्लीमा परेका नेपाली नागरिकहरुलाई निरन्तरतारुपमा राहत बितरण गर्दै

    बिजनेष

    आँखी झ्यालबाट लकडाउन

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस