आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024
FLASH NEWS

अनेसास कुवेतको वार्षिक उत्सव तथा साहित्य वाचन कार्यक्रम स्थगित

परदेशी खबर ३ जेष्ठ २०७६, शुक्रबार ०३:४० मा प्रकाशित ( ४ साल अघि) ५७४ पाठक संख्या

परदेशी खबर/ मे १७, कुवेत। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कुवेत च्याप्टरले अागामी ३१ मे २०१९ शुक्रबारका दिन गर्ने भनिएको ९ औं वार्षिक उत्सव तथा साहित्य वाचन कार्यक्रम विविध प्राविधिक कारणले रोकिएको वार्षिक उत्सव अायोजक मुल समितिका संयोजक प्रसाद तिम्सिनाले जानकारी दिएका हुन ।

वार्षिक उत्सव तथा साहित्य वाचन कार्यक्रम गर्ने भनिएको ३१ मे को दिन इस्लाम धर्मको पवित्र धार्मिक महिना रमजान नसकिने तथा कार्यक्रम हलमा दिउँसोको कार्यक्रम गर्न असहज भएकोले तत्कालको लागि कार्यक्रम स्थगित गरिए पनि छिट्टै अर्को सूचना जारी गरि वार्षिक उत्सव र साहित्य वाचन कार्यक्रम बारे जानकारी गराउने कार्यक्रम संयोजक तिम्सिनाले बताए ।

यस अघि अनेसास कुवेत च्याप्टरले कुवेतको जलिब स्थित पपिन्स हलमा ९ औं वार्षिक उत्सव तथा साहित्य वाचन कार्यक्रम धुमधामसँग मनाउने निर्णय गर्दै कार्यक्रममा साहित्य प्रति रूचि राख्ने जो कोही पनि साहित्य अनुरागी मित्रहरूलाई आ-आफ्नो रचनाहरु लिएर उपस्थित भइ दिनु हुन अनेसास कुवेत च्याप्टरले अनुरोध समेत गरेको थियो ।