फिल्म युनिट ‘शिरमाह्रानी’लाई हङकङमा सम्मान

परदेशी खबर/मे १६, हङकङ ।फिल्म प्रदर्शनको लागि हङकङ आइपुगेको ‘शिरमाह्रानी’को टिमलाई पर्वच मञ्च हङकङले सम्मान गरेको छ । फिल्म प्रदर्शनको लागि हङकङ आइपुगेका फिल्मका निर्माता÷निमात्री, नायक÷नायिकालाई सम्मान गरिएको हो ।
कार्यक्रममा पर्वत मञ्च हङकङका अध्यक्ष दुर्गा गुरुङ ‘मिलन’को अध्यक्षता रहेको थियो भने भुपु अध्यक्ष तथा बर्तमान सल्लाहकार बिसन गुरुङ को प्रमुख अतिथ्य रहेको थियो ।


कार्यक्रम लाई पर्वत मञ्चका उपाध्यक्ष तथा कार्यक्रम संयोजक भीम गुरुङले स्वागत मन्तव्य बाट सुरु गरेका थिए । कार्यक्रमको विशेष अतिथिहरुमा सल्लाहकार तिर्थ गुरुङ, चलचित्र निर्माता नवीन गुरुङ, निता गुरुङ ,नायिका सिमरन गुरुङ ,नायिका पुनम गुरुङ , पर्वत मञ्चका इकाई अध्यक्ष तथा प्रतिनिधि सल्लाहकारको उपस्थिति रहेको थियो ।
नेपाल बाट आएका चलचित्र निर्माता÷निमात्री नवीन गुरुङ र निता गुरुङ ,नायक सिमरन गुरुङ र नायिका पुनम गुरुङ लाई मञ्चका अध्यक्षले खादा ओढाए सम्मान गरेका थिए । यस्तै प्रमुख अतिथि, अध्यक्ष तथा सम्पुर्ण कार्यसमितिका सदस्यद्धारा माया को चिनो प्रदान गरिएको थियो ।


सम्मानपछि फिल्म युनिटले हङकङबासि नेपाली दाजुभाईसँग भेटघाट हुन पाउँदा खुसि लागेको बताएका थिए ।
कार्यक्रम लुम्बिनी क्लब जोर्डनमा बेलुकी ८ बजेदेखि सुरु भएको थियो । कार्यक्रमलाई प्रमुख अतिथि को शुभकामना मन्तब्य पछि अध्यक्ष दुर्गा गुरुङ ‘मिलन’ले समापन गरेका थिए । कार्यक्रम मञ्चका महासचिव विद्या गुरुङले सञ्चालन गरेकी थिइन ।






Related Posts
  • कुवेतमा बुद्ध लामा र सरस्वती भुजेलको प्रस्तुतिमा झुमे दर्शकहरु (फोटो फिचरसहित)
  • एनसीसी कुवेतको उम्मेदवारले पेश गर्नुपर्ने कागजात सम्बन्धी निर्वाचन समितिको सूचना
  • धनगढीको निलम होटलमा विस्फोट, पाँच घाइते
  • नेपाल idol बुद्ध लामा र गायिका सरस्वती लामालाइ कुवेतमा भब्य स्वागत नेपाल idol बुद्ध लामा र गायिका सरस्वती लामालाइ कुवेतमा भब्य स्वागत
  • पछिल्ला सम्प्रेसणहरु

    कुवेतमा बुद्ध लामा र सरस्वती भुजेलको प्रस्तुतिमा झुमे दर्शकहरु (फोटो फिचरसहित)

    एनसीसी कुवेतको उम्मेदवारले पेश गर्नुपर्ने कागजात सम्बन्धी निर्वाचन समितिको सूचना

    धनगढीको निलम होटलमा विस्फोट, पाँच घाइते

    बिजनेष

    साउन १ देखि इन्टरनेट शुल्क १३ प्रतिशत बढ्यो, दूरसञ्चार सेवा शुल्क ग्राहकबाटै उठाउने

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस