आगामी सेप्टेम्बरमा २० मा नेपाल आइडल सिजन टु का विजेता रबि ओड र चक्र बम कुवेत आउदै

परदेशी खबर / मे १४, कुवेत l सुदुरपश्चिमेली समाज कुवेत द्धारा दोश्रो बार्षिक उत्सव तथा अधिवेशन नेपाल आइडल सिजन टु का विजेता रबि ओड र गायक चक्र बमको साथमा “बृहत् सांगीतिक धमाका २०१९” कार्यक्रम आउदो जुन महिनामा मनाउने भनिएको भनि समाचार सम्प्रेषण गरिएको उक्त कार्यक्रम केहि कारणले गर्दा आगामी २० सेप्टेम्बर २०१९ मा सारिएको आयोजकले जानकारी दिएको छ l

“सुदुरपश्चिमका लागि सुदुरपश्चिमेली” भन्ने मूल नाराका साथ कुवेतमा स्थापित सुदुरपश्चिमेली नेपाली समाज कुवेतले स्थापनाकालदेखिनै विभिन्न समाजिक कार्यमा सक्रिय रहदै आएको समाजले आफ्नो दोस्रो वार्षिक उत्सव तथा अधिवेशनको अवसरमा आगामी सेप्टेम्बर २० तारिख २०१९ शुक्रबारको दिन नेपाल आइडल रवि ओड र गायक चक्र बमको साथ बृहत सांगीतिक प्रस्तुतिको तयारीमा लागि परेको आयोजकले बताएको छ।

उक्त बार्षिक उत्सव तथा अधीवेशन बृहत् सांगीतिक धमाका २०१९ लाइ ऐतिहासिक,रुपमा भव्य र सभ्य सफल बनाउनको लागि कुवेतमा कृयाशिल सम्पूर्ण संघ संस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडीका साथै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई कार्यक्रममा उपस्थितिको लागि बिनम्र अनुरोध गर्दै सेप्टेम्बर २० तारिकका दिन कुवेतमा कृयाशील संघ संस्था लागयत सम्पूर्णलाई कार्यक्रम नजुधाइ दिनु हुन आयोजक सुदुरपश्चिमेली नेपाली समाज आग्रह गरेको छl

 

कार्यक्रमको विवरण

मिति: २० सेक्टेम्बर २०१९ शुक्रबार

समय: दिनको ठिक ११ बजेदेखि

स्थान : boys Scout Association Hall

berut street block 10 Hawali

आयोजक : सुदुरपश्चिमेली नेपाली समाज कुवेत

 






Related Posts
  • कुवेतमा बुद्ध लामा र सरस्वती भुजेलको प्रस्तुतिमा झुमे दर्शकहरु (फोटो फिचरसहित)
  • एनसीसी कुवेतको उम्मेदवारले पेश गर्नुपर्ने कागजात सम्बन्धी निर्वाचन समितिको सूचना
  • धनगढीको निलम होटलमा विस्फोट, पाँच घाइते
  • नेपाल idol बुद्ध लामा र गायिका सरस्वती लामालाइ कुवेतमा भब्य स्वागत नेपाल idol बुद्ध लामा र गायिका सरस्वती लामालाइ कुवेतमा भब्य स्वागत
  • पछिल्ला सम्प्रेसणहरु

    कुवेतमा बुद्ध लामा र सरस्वती भुजेलको प्रस्तुतिमा झुमे दर्शकहरु (फोटो फिचरसहित)

    एनसीसी कुवेतको उम्मेदवारले पेश गर्नुपर्ने कागजात सम्बन्धी निर्वाचन समितिको सूचना

    धनगढीको निलम होटलमा विस्फोट, पाँच घाइते

    बिजनेष

    साउन १ देखि इन्टरनेट शुल्क १३ प्रतिशत बढ्यो, दूरसञ्चार सेवा शुल्क ग्राहकबाटै उठाउने

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस