पत्रिकालाई भाँडाका रूपमा प्रयोग गर्दा क्यान्सर हुने सम्भावना बढी

हाम्रो देश नेपालमा धेरैजसो पसलेले मसला, मिठाइ जेरी, समोसा, पकौडा, चटपटे जस्ता इत्यादि खानेकुराहरु पत्रिकामा बेरेर दिन्छन् बिशेष गरेर तारेका खानेकुराको तेल सोसियोस् भनेर पनि पत्रिकाकै प्रयोग गरिन्छ, तर पत्रिकामा राखिएका खानेकुरा स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण छ भनेर थाहा नभएको कारण पत्रिकालाई प्रयोग गर्दै आएका छन् l

पत्रिकामा बेरिएका खाद्यपदार्थ सेवन जोखिमको बारेमा सर्वसाधारणलाइ सचेत गराउनको लागि सम्बन्धित क्षेत्रको चासो कहिँ कतै देखिदैन जसले गर्दा दिनानुदिन उपभोग्ताहरुले आफ्नो स्वास्थ्य प्राणघातक क्यान्सर जस्तो रोगको ठुलो जोखिममा परेका छन् जुन अरु बिकशित देशमा भने पत्रिकामा बेरिएका खाद्यपदार्थ सेवनलाई स्वास्थ्यका दृष्टिले खतरनाक बताउँदै नागरिकहरूलाई सचेत गराउदै आएको समाचार विभन्न मिडियामा प्रकाशित गर्दै आएको छ ।

पछिल्लो समय नेपाल लगाएत बिश्व भरि क्यान्सर रोगको कारण जनस्वास्थ्यमा ठुलो समस्याका रुपमा देखा परेको छ l अनुसन्धानको अनुसार मानिसहरुको मृत्यु हुने कारणहरु मध्ये क्यान्सर दोश्रो स्थानमा पर्दछ।

नेपालमा बर्षेनी हजारौ मानिसहरुको विभिन्न खालका क्यान्सरका कारण मृत्यु भइरहेको छ र क्यान्सरका रोगीहरुको संख्या पनि दिन प्रति दिन बढ्दो छl  क्यान्सर रोग हुने मुख्य जोखिम मध्य पत्रिकामा राखिएको खान पनि एक हो, तर न त उपभोगता न त ब्यापारीनै यस बारे जानकार छन् l स्वास्थ्य क्षेत्रमा आवद्ध रहेका कर्मचारीहरुलाइ जानकार हुन सक्छ तर पनि स्वास्थ्य क्षेत्रबाट जनचेतनाको लागि कुनै चासो देखाएको पाइदैन l खुलेआम रुपमा व्यापारीले पत्रिकालाई प्रयोग गर्दै आएका छन् तर पनि यसलाइ रोक्न हाम्रो मुलुकमा सम्बन्धित निकाय वा राज्यबाट कुनै कदम वा जनचेतनामूलक कार्यक्रम ल्याएको पनि पाइएको छैन l

विश्व स्वास्थ्य संगठनका अनुसार करिव ३५ प्रतिशत क्यान्सर हुने कारण अस्वस्थ खानपिनमा हो। मुख, घाँटी, अन्ननली, आमाशय, आन्द्राको क्यान्सर, फोक्सो, प्याङक्रियाज, प्रोष्टेट, कोलोरेक्टल, स्तन, पाठेघर आदि अंगको क्यान्सर, रक्त क्यान्सर खानासँग प्रत्यक्ष सम्बन्धित छन् जस मध्य पत्रिका पनि एक हो र पत्रिकालाई भाँडाका रूपमा प्रयोग गर्दा क्यान्सर, पेटसम्बन्धी समस्या, उच्च रक्तचाप तथा मिर्गौलाको रोग लाग्ने सम्भावना बढी हुन्छ।

क्यान्सरजस्ता प्राणघातक रोग लागेपछि उपचार गराउनु भन्दा रोगथाम गर्नु उचित हो तसर्थ सरकारीस्तरबाटनै पठन पाठन र गाँउ देखि सहरसम्म ठाँउ ठाउँमा जनचेताममुलक कार्यक्रम राख्दै सबैलाई जागरुकता बढाई स्वस्थ तथा स्वच्छ खानपान र जीवन शैलीमा सुधार गरेर प्राणघाती क्यान्सरबाट बच्न वा न्यून गर्न सकिन्छ।

यो जनचेतनामूलक लेखको केहि तथ्यांक वेबबाट संकलन गरिएको हो l






Related Posts
  • नेपाल मगर संघ युएईको सगौरव प्रस्तुति माघ्या सकराटी मेला-बृहत् सांस्कृतिक साँझ २०७६”को तयारी पुरा
  • थारु कल्याणकारिणी सभा कतार च्याप्टरको माघि पर्व मनाउदै सुनिता चौधरी सम्मानित
  • आस्था राउतले अभद्र व्यवहार गरेको देखियो : डिआइजी पोखरेल
  • विश्व कीर्तिमानी होचा व्यक्ति खगेन्द्र थापामगरको निधन
  • पछिल्ला सम्प्रेसणहरु

    नेपाल मगर संघ युएईको सगौरव प्रस्तुति माघ्या सकराटी मेला-बृहत् सांस्कृतिक साँझ २०७६”को तयारी पुरा

    थारु कल्याणकारिणी सभा कतार च्याप्टरको माघि पर्व मनाउदै सुनिता चौधरी सम्मानित

    आस्था राउतले अभद्र व्यवहार गरेको देखियो : डिआइजी पोखरेल

    बिजनेष

    जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस