समाजवादी पार्टीमा २५ पदाधिकारी, दुई अध्यक्ष र आठ उपाध्यक्ष

यस्ता छन् ३ राजनीतिक मुद्दा र १६ विशेषता

काठमाडौं, २३ बैसाख । नव गठित समाजवादी पार्टीले २५ सदस्यीय पदाधिकारीको नाम सार्वजनिक गरेको छ

नयाँ शक्ति र संघीय समाजवादी फोरम नेपालको एकता घोषणा सभामा पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले दुई अध्यक्षसहित २३ जना पदाधिकारीको नाम सार्वजनिक गरे । दुई जना पदाधिकारीपछि नियुक्त हुने उनले बताएका छन् ।

जस अनुसार पार्टीमा २ जना अध्यक्ष रहेका छन् । पहिलो वरियतामा डा. भट्टराई संघीय जनपरिषदको अध्यक्ष र केन्द्रीय समितिको अध्यक्ष उपेन्द्र यादव रहेका छन् । तेस्रो वरियतामा अशोक राई वरिष्ठ नेताको रूपमा रहेका छन् । सो पार्टीले राजेन्द्र श्रेष्ठलाई सहअध्यक्ष चयन गरेको छ ।

पार्टीमा ८ जना उपाध्यक्ष रहेका छन् । नवराज सुवेदी, परशुराम खापुङ, युवराज कार्की, रकम चेम्जोङ्ग, रेणुकुमारी यादव, लालबाबु राउत, हिसिला यमी, हेमराज राई उपाध्यक्ष रहेको परिषद अध्यक्ष भट्टराईले घोषणा गरेका छन् । पार्टीमा गंगानारायण श्रेष्ठ, रणध्वज कङदङवा, रामसहाय यादव गरी तीजना महासचिव, डम्बर खतिवडा, दानबहादुर विश्वकर्मा र प्रकाश अधिकारी गरी तीनजना उपमहासचिव रहेका छन्ने ।

समाजवादी पार्टीका ४ जना सचिवमा मोहम्मद इस्तियाक राई, दुर्गा शोव, परशुराम बस्नेत, प्रशान्त सिंह रहेका छन् । पार्टीको कोषाध्यक्ष विजय यादव रहेका छन् ।

यस्ता छन् तीन राजनीतिक मुद्दा र १५ विशेषता 

उपेन्द्र यादव नेतृत्वको संघीय संसदको तेस्रो ठूलो दल संघीय समाजवादी फोरम नेपाल र बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालबीचको एकताले पूर्णता पाएको छ । विभिन्न ३ किसिमका नयाँ राजनीतिक मुद्दाहरु बोकेर दुई पार्टीहरुबीच एकता भएको हो ।

सोमबार राजधानीमा आयोजित एक विशेष कार्यक्रमकाबीच यादव र भट्टराईले नौं बुँदे आधारपत्रमा हस्ताक्षर गरेका छन् । नव गठित समाजवादी पार्टीले लिएको विशेषगरी ३ वटा विचारधारा फरक देखिएको छ । पार्टीले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक संसदमा आधारित शासकीय प्रणाली अपनाउने उल्लेख गरेको छ ।

यसमध्ये प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको मुद्दा धेरै पहिलेदेखि पुष्पकमल दाहालले उठाउँदै आएको मुद्दा हो । त्यस्तै संविधानसभाद्वारा गठित उच्चस्तरीय राज्य पुनर्संरचना सुझाव आयोगको प्रतिवेदनको आधारमा संविधान संशोधन गरी १०ं१ प्रदेशहरुको रचना गरिनुपर्ने मुद्दा समेत पार्टीले लिने भएको छ ।

पार्टीको बैचारिक धार दुबै पार्टीले लिएको सिद्धान्तको मिश्रित रुपबाट तयार पारिने उल्लेख छ । पार्टीले समाजवादी पार्टीको राजनीतिक कार्य्दिशा संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै प्राप्त उपलब्धिलाई रक्षा र विकास गर्नु रहने समझदारी पत्रमा उल्लेख गरिएको छ ।

पार्टीले उल्लेख गरेका मौलिक विशेषताहरू
१) राष्ट्रिय स्वाधीनता
२) सङ्घीय शासन
३) समाजवादी व्यवस्था
४) सहभागितामूलक समावेशी लोकतन्त्र
५) राष्ट्रिय पहिचान
६) सामाजिक न्याय
७) समतामूलक समृद्धि
८) लोक कल्याणकारी राज्य र सामाजिक सुरक्षा
९) सुशासन र सदाचार
१०) समानुपातिक समावेशीकरण
११) स्यशासन तथा स्वायत्तता
१२) सांस्कृतिक बहुलता
१३) समानुपातिक निर्वाचन प्रणाली
१४) पर्यावरणीय सन्तुलन
१५) बहुलतायुक्त समाज र राष्ट्रिय एकता रहेका छन् ।

साभार: नयाँ पेजबाट 






Related Posts
  • एनसीसी कुवेतको उम्मेदवारले पेश गर्नुपर्ने कागजात सम्बन्धी निर्वाचन समितिको सूचना
  • धनगढीको निलम होटलमा विस्फोट, पाँच घाइते
  • साउन १ देखि इन्टरनेट शुल्क १३ प्रतिशत बढ्यो, दूरसञ्चार सेवा शुल्क ग्राहकबाटै उठाउने
  • छैटौं महाधिवेशनको लागि एनआरएनए कुवेतको पञ्जिकृत फाराम शुल्क जुलाइ १९ तारिक भित्र बुझाइसक्नु पर्ने
  • पछिल्ला सम्प्रेसणहरु

    कुवेतमा बुद्ध लामा र सरस्वती भुजेलको प्रस्तुतिमा झुमे दर्शकहरु (फोटो फिचरसहित)

    एनसीसी कुवेतको उम्मेदवारले पेश गर्नुपर्ने कागजात सम्बन्धी निर्वाचन समितिको सूचना

    धनगढीको निलम होटलमा विस्फोट, पाँच घाइते

    बिजनेष

    साउन १ देखि इन्टरनेट शुल्क १३ प्रतिशत बढ्यो, दूरसञ्चार सेवा शुल्क ग्राहकबाटै उठाउने

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस