किराया शाखा कतारको ७ औं अधिवेशन भब्यताका साथ सम्पन्न


परदेशी खबर, क़तार। “भाष, लिपी, धर्म र संकृती हाम्रो पहिचान, सम्पूर्ण किरात राईहरुको एकता हाम्रो अभियान ” भन्ने मूल नाराका साथ किरात राई यायोक्खा शाखा कतारको सातौं अधिवेशन हिजो ३ मई २०१९को दिन विमल राईको नेतृत्वमा नया कार्यसमिति चयन गर्दै सम्पन्न गरेको हो ।

नेपालको विभिन्न क्षेत्रबाट रोजगारको सिलसीलामा यहा रहनु भएका संम्पूर्ण किरात राई दाजु भाई तथा दिदीबहिनीहरुलाई एक बनाई सुख दुख साटासाट गर्दै आफ्नो मौलिक संकृती संरक्षकक्षण र प्रबर्द्धन गर्ने उद्देश्यले वि ।सं २०६०सालमा स्थापित किरात राई यायोक्खा शाखाको सातांै अधिवेशन अध्यक्ष श्री एकराज राई को सभापतित्व तथा नेपाल प्रवासी आदिवासी जनजाती महासंघ कतारका अध्यक्ष श्री शिव कुमार भूजेलको प्रमुख आतिथ्यमा र महासंघ कताारका सल्लाहकारहरु, महासंघ कतारमा आबद्द सम्पूर्ण मातृ सस्थाहरु, प्रभुद्ध व्यक्तित्वहरु, विभिन्न ब्यावसायी तथा समाजसेवी ,वैचारिक संस्थाहरु जिल्ला संस्थाहरु लगाएत दोहा कतारमा कार्यरत किरात राई तथा गैर किरात राईहरुको बाक्लो सहभागितामा कतार स्थित सनैयाको बैशाखी रेष्टुरेण्टको सभाहलमा भव्यताका साथ सम्पन्न गरेको छ ।

किरात राई यायोक्खा शाखा कतारको सातौं अधिवेशनले नव निर्वाचित अध्यक्ष श्री विमल राईको नेतृत्वमा नया कार्यसमिति चयन गर्दै बरिष्ठ उपाध्यक्षमा लोक बहादुर राई, प्रथम उपाध्यक्षमा ननिन्द्र राई, द्धितिय उपाध्यक्षमा सिता राई, महासचिवमा शंकरमान राई, सचिवमा श्याम वान्तावा राई, कोषाध्यक्षमा गजेन्द्र राई, सह कोषाध्यक्षमा ज्ञानु राई, सांस्किृतिक संयोजकमा राजकुमार राई, महिला संयोजकमा निर्मला राई त्यसै गरि सदस्यहरु कल्पना राई, शुक्र कुमार राई, हर्क वालिङ राई ,प्रेम राई, हरि चन्द्र राई, पुर्ण बहाुर राई, ईन्दिरा राई, जीवन राई, रमेश राई, सरिता राई, दिल कुमार राई र धन कुमार राईको २३ सदस्यीय कार्यसमिति निर्वाचित गरेको हो ।






Related Posts
  • आरक्षण जातीय हुनुपर्छ कि वर्गीय ?
  • नेपालगञ्चका पत्रकारलाई नगद सहित सम्मान
  • नवराज विश्वकर्मा लगायतको हत्याप्रकरणको निश्पक्ष छानबिनको माग गर्दै मुलबासी मंगोलहरु सडकमा उत्रिए
  • एनआरएनए युएईले कोभिड -१९ का कारण बिचल्लीमा परेका नेपाली नागरिकहरुलाई निरन्तरतारुपमा राहत बितरण गर्दै
  • पछिल्ला सम्प्रेसणहरु

    आरक्षण जातीय हुनुपर्छ कि वर्गीय ?

    कुवेतमा कोरोना संक्रमनबाट २९ हजार ३५९ सङ्क्रमित, ७१० नयाँ संक्रमित, चारको जनाको मृत्‍यु (अपडेट)

    थप २०१ जनामा कोरोना पुष्टि : संक्रमितको संख्या २३ सय पुग्यो

    बिजनेष

    आँखी झ्यालबाट लकडाउन

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस