नयाँ शक्ति नेपाल र संघीय समाजवादी फोरम नेपालबीच पार्टी एकीकरण

मे ४, काठमाण्डौं l नयाँ शक्ति पार्टी नेपाल र संघीय समाजवादी फोरम पार्टी नेपालबीच एकीकरण भएको छ ।

एकतासम्बन्धि समझदारीपत्रमा फोरमका अध्यक्ष उपेन्द्र यादब र नयाँ शक्ति पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराईले शनिबार हस्ताक्षर गर्नुभएको हो । नयाँ पार्टीको नाम समाजवादी पार्टी नेपाल राख्ने र एकताको औपचारिक घोषणा साेमबार काठमाडौमा गरिने दुवै दलका अध्यक्षले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सहमति अनुसार डाक्टर भट्टराई र यादव दुवै नयाँ पार्टीको अध्यक्ष बन्ने सहमति भएको नेताहरुले जानकारी दिएका छन् । डाक्टर भट्टराई संघीय परिषदको र यादवले केन्द्रिय समितीको नेतृत्व गर्ने समझदारी भएको छ । यी २ दलबीच यसअघि पनि पार्टी एकता गर्ने सहमति भए पनि अन्तिम समयमा हुन सकेको थिएन ।

संघीय संसदमा फोरमका १६ र नयाँ शक्तिका १ स‌ांसद छन् । भने फोरमले २ नम्बर प्रदेशमा राजपा नेपालसँग मिलेर सरकार बनाएको छ । नयाँ शक्ति र फोरम नेपालले राजपा नेपालसँग पनि राजनीतिक मोर्चाबन्दी गरेर अघि बढ्ने सहमति गरिसकेको खबर उज्यालो अनलाइनमा प्रकाशित भएको छ l

????????????????????????????






Related Posts
  • जनवरी ३ मा तमू प्ये ल्हु संघ कुवेतले अतिथि कलाकार सविना गुरुङको साथमा तमू च्यु ल्होसार मनाउदै
  • ब्रेन ट्युमर भएकी पिडित सबिना तामाङ लाई कुबेत बाट (नेपाली १ लाख ७१ हजार रुपैयाँ) आर्थिक सहयोग
  • सर्जक प्रेम कटवालको शब्दमा राजु थापा मगरको “मेरी आमा“ म्युजिक भिडीयो सार्वजनिक
  • राष्ट्रिय पन्चे बाजा समुह नेपाल कुवेतको प्रथम अधिवेशन कार्यक्रमको लागि तयारी पुरा
  • पछिल्ला सम्प्रेसणहरु

    जनवरी ३ मा तमू प्ये ल्हु संघ कुवेतले अतिथि कलाकार सविना गुरुङको साथमा तमू च्यु ल्होसार मनाउदै

    ब्रेन ट्युमर भएकी पिडित सबिना तामाङ लाई कुबेत बाट (नेपाली १ लाख ७१ हजार रुपैयाँ) आर्थिक सहयोग

    राष्ट्रिय पन्चे बाजा समुह नेपाल कुवेतको प्रथम ऐतिहासिक अधिवेशन कार्यक्रम सम्पन्न

    बिजनेष

    जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस