साँस्कृतिक मञ्च कुवेतद्वारा आयोजित राष्कोट अस्पताल निर्माण सहयोगार्थ सांगीतिक कार्यक्रम सम्पन्न

परदेशी खबर / मे ४, कुवेत l नेपाल कुवेत साँस्कृतिक मञ्चको १८ औं प्रस्तुति ” राष्कोट सामुदायिक अस्पताल निर्माण सहयोगार्थ सांगीतिक धमाका सम्पन्न भएको छ । नेपाल कुवेत साँस्कृतिक मन्चले हिजो शुक्रबार ३ मे २०१९ मा कुवेतको जिलिब स्थित पपिन्स हलमा आफ्नो १८ औं प्रस्तुति राष्कोट सामुदायिक अस्पताल निर्माण सहयोगार्थ सांगीतिक कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा आफ्नो १८ औं प्रस्तुति स्वरूप सांगीतिक कार्यक्रमबाट संकलित रकम नेपालमा सिधा कुरा जनतासंग (रबि लामिछाने) नेतृत्वमा निर्माण हुन गैरहेको नेपालकै दुर्गम कर्णाली क्षेत्र कालिकोट जिल्लाको राष्कोट सामुदायिक अस्पतालको लागि नेपाल पठाउने मञ्चका अध्यक्ष बरालले बताएका छनl

नेपाल कुवेत साँस्कृतिक मञ्चका अध्यक्ष गोबिन्‍द बरालको सभापतित्वमा सम्पन्न सांगीतिक कार्यक्रमको प्रमुख अतिथि नेपाली राजदुतावास कुवेतकी दितिय सचिब जानकी ओझाको रहेको थियो भने बिषेश अतिथिमा गैर आवासीय नेपाली संघ कुवेतकी अध्यक्ष सुमीत्रा पौडेलको रहेको थियो । कार्यक्रममा बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु, पत्रकारहरु बुद्दिजिबी , समाजसेवी साथै  कुवेतबासी नेपालीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रम सभापती , प्रमुख अतिथी ,बिषेश अतिथी ,अतिथीहरुको सामुहिक रुममा दिप प्रज्जलन गरी कार्यक्रमको उद्घघाटन गरीयको थियो । मन्चका बरिष्ठ संरक्षक टिकराम आचार्यले उपस्थित अतिथिहरुलाई स्वागत तथा संस्था स्थापनाको बारेमा ब्याख्या गरेका थिए भने कार्यक्रम संचालन संस्थाको संरक्षक माधब शर्माले गरेका थिए ।

कार्यक्रममा नेपाली राजदुतावास कुवेतकी द्वितिय सचिव जानकी ओझा, गैर आवासीय नेपाली संघ कुवेतकी अध्यक्ष सुमीत्रा पौडेल, कुवेतमा संचालित मिडियाको तर्फ बाट डिसी नेपाल डट कम कुवेतका प्रतिनिधि माधब शाही, नेपाली प्रवासी ट्याक्सी ब्यावसायी संघ कुवेतका अध्यक्ष सुन बहादुर तामांग, अन्तराष्ट्रिय कलाकार मन्चका अध्यक्ष सोम रसाइली , लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

बक्ताहरुले सँस्थाले कुवेतमा रहेको नेपाली समाजमा गरेका राम्रा कामहरुको प्रसंसा गरेका थिए । आउँदा दिनहरुमा अझै राम्रो काम गर्न सुझाब दिएका थिए ।

कार्यक्रमको मध्य भागमा संस्थाको उपाध्यक्ष कृष्ण सुनारको गीती एल्बम ” बेसारेको मन ” को बिमोचन गरिएको थियो । गायक सुनार लाई कार्यक्रममा उपस्थितहरुले दोसल्ला तथा खादा ओढाएर बधाई तथा सफलताको शुभकामना दिएका थिए । कार्यक्रममा मंचले आफ्नो उत्कृष्ट सदस्यहरुलाई कदर पत्रका साथ खादाले सम्मान गरेको थियो ।

मन्चको १८ औं प्रस्तुति ” राष्कोट सामुदायिक अस्पताल निर्माण सहयोगार्थ सांगीतिक कार्यक्रममा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती रहेको थियो ।कलाकारहरू कृष्ण सुनार , राज श्याम्बो , बिमल श्रेष्ठ , सुजल कार्की , सन्ध्या मगर , अरुण थापा क्षेत्री , बसन्त परियार , सुन्दर परियार , पुर्णिमा बुढा मगर , नेहा राई , श्याम बिसी , साबित्रा गैरे , प्रकाश गुरुङ , सुरज राई , अन्जली भुजेलको नृत्य तथा गायन प्रस्तुतीले उपस्थित पाहुनाहरु लाई भरिपुर्ण मनोरन्जन प्रदान गरेको थियो ।

नेपाल कुवेत साँस्कृतिक मञ्च, कुवेतले हरेक वर्ष झैँ यो बर्षमा पनि नेपाली हिन्दु धर्मावलम्बी महिलाहरुको महान चाड तीजको अवसरमा कुवेतमा कार्यरत महिला दिदीबहिनीहरुलाई लक्षित गर्दै तीज बिशेष कार्यक्रमको आयोजना गर्ने भएको छ l सो कार्यक्रम आगामी ३० अगष्ट २०१९ मा अतिथि कलाकारको साथ धुमधामको साथ मनाउने मञ्चका अध्यक्ष बरालले परदेशी खबरलाई जानकारी दिएका छन्l कार्यक्रमको लागि मिति तय भए ता पनि हलको खोजीमा रहेकोले स्थान तय नभैसकेको र चाडैनै हलको टुंगो लगाएर स्थान सार्वजनिक गर्ने बताएका छन् l

नेपाल कुवेत साँस्कृतिक मन्चको १८ औं प्रस्तुति ” राष्कोट सामुदायिक अस्पताल निर्माण सहयोगार्थ सांगीतिक धमाका सम्पन्न कार्यक्रमका सभापती गोबिन्द बरालले कार्यक्रम सफल पार्न सहयोग पुर्याउने उपस्थित सबैलाई धन्यवाद दिँदै आगामी दिन हरुमा पनि यस्तै सहयोगको अपक्षा गर्दै कार्यक्रम समापनको घोषणा गरेका थिए।






Related Posts
  • कुवेतमा बुद्ध लामा र सरस्वती भुजेलको प्रस्तुतिमा झुमे दर्शकहरु (फोटो फिचरसहित)
  • एनसीसी कुवेतको उम्मेदवारले पेश गर्नुपर्ने कागजात सम्बन्धी निर्वाचन समितिको सूचना
  • धनगढीको निलम होटलमा विस्फोट, पाँच घाइते
  • नेपाल idol बुद्ध लामा र गायिका सरस्वती लामालाइ कुवेतमा भब्य स्वागत नेपाल idol बुद्ध लामा र गायिका सरस्वती लामालाइ कुवेतमा भब्य स्वागत
  • पछिल्ला सम्प्रेसणहरु

    कुवेतमा बुद्ध लामा र सरस्वती भुजेलको प्रस्तुतिमा झुमे दर्शकहरु (फोटो फिचरसहित)

    एनसीसी कुवेतको उम्मेदवारले पेश गर्नुपर्ने कागजात सम्बन्धी निर्वाचन समितिको सूचना

    धनगढीको निलम होटलमा विस्फोट, पाँच घाइते

    बिजनेष

    साउन १ देखि इन्टरनेट शुल्क १३ प्रतिशत बढ्यो, दूरसञ्चार सेवा शुल्क ग्राहकबाटै उठाउने

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस