आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS

जिफन्ट कुवेतद्वारा आयोजित मजदुर दिवस कार्यक्रमको सम्पूर्ण तयारी पुरा

परदेशी खबर १७ बैशाख २०७६, मंगलवार ०८:२१ मा प्रकाशित ( ४ साल अघि) ६४२ पाठक संख्या

परदेशी खबर/ अप्रिल ३०, कुवेतl-नेपाल ट्रेड यूनियन महासंघ जिफन्ट नेपालको वैदेशीक शाखा नेपाली प्रवासी श्रमिक संघ जिफन्ट, कुवेतले कुवेतको खेतानस्थित राजधानी होटलमा भोलि मे ३ तारीख शुक्रबारका दिन मनाउन गैरहेको कार्यक्रम “स्वदेशमा वा प्रवासमा, सवैलाई सामाजिक सुरक्षा” (Social security for All : Within or beyond the country) भन्ने नाराका साथ मनाउने ‘में दिवस’ अर्थात् मजदुर दिवसको लागि सम्पूर्ण तयारी पुरा भएको जानकारी प्राप्त भएको छ l

श्रोतका अनुसार कार्यक्रममा कुवेत ट्रेड युनियन फेडेरेसन, सोलिडारीटी सेन्टर र सन्धिकन एसोसिएशनको प्रतक्ष्य सहभागिता हुने भएको छ ।

मजदुरहरुको यो बिशेष कार्यक्रम भएको हुँदा होटलमा विभिन्न रोचक र मनोरन्जनात्मक कार्यक्रमहरुसंगै मजदुर दिवस मनाउने आयोजकले बताएको छ l दिनको ठिक १२ बजे देखी सुरू हुने उक्त कार्यक्रममा कुवेतमा श्रम गरेर बस्ने सम्पुर्ण नेपाली दिदिबहिनी तथा दाजुभाइहरुलाई उपस्थित भएर श्रम सम्बन्धि धेरै कुराहरु बुझ्न र मनोरन्जन लिन आयोजकले निमन्त्रणा र अनुरोध गरेको छ ।