नेपाली राजदूतावास कुवेतद्वारा आयोजित “परिचयात्मक भेटघाट तथा अन्तरक्रिया कार्यक्रम” सम्पन्न

परदेशी खबर / अप्रिल २९, कुवेत l नेपाली राजदूतावास कुवेतद्वारा कुवेतका लागि नव-नियुक्त राजदूत महामहिम दुर्गा प्रसाद भण्डारीको समुपस्थितिमा गत २७ अप्रिल २०१९ का दिन दुतावासको सभाहलमा गैर आवासीय नेपाली संघ कुवेत तथा पत्रकार एवं कुवेतका क्रियासिल संघ संस्थाका प्रतिनिधहरु माझ परिचयात्मक भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छl

कुवेतमा कार्यरत नेपाली कामदारहरूको हकहीत, प्रवर्ध्दन तथा रोजगारीको अवस्था, नेपालको निकासी ब्यापार र पर्यटन प्रवर्धन एवं कुवेतबाट नेपालमा लगानी भित्र्याउने र राज दुतावासबाट प्रदान गरिने सेवालाई थप प्रभावकारीता ल्याउने सम्बन्धमा स्थानीय नेपाली समुदायको सल्लाह, सुझाव र पृष्ठपोषण लिने उदेश्यले आयोजना गरिएको उक्त अन्तरक्रिया कार्यक्रमलाइ सम्बोधन गर्दै महामहिम राजदुत दुर्गाप्रसाद भण्डारीले उपस्थित महानुभावहरुलाई राजदुतावास तथा आफ्नो व्यक्तिगत तर्फबाट हार्दिक स्वागत गर्दै उत्साहपूर्ण उपस्थितिको लागि धन्यबाद दिनु भएको थियो l

सो अवसरमा महामहिम राजदुतले नेपालको निर्यात व्यापार एवं पर्यटनको प्रवर्धन तथा नेपालमा लगानी भित्र्याउने बिषयलाइ उच्चा प्राथमिकतामा राखी क्र्यक्रम्हारू आयोजना गर्ने साथै वैदेशिक रोजगारलाई थप सुरक्षित, मर्यादित , व्यवस्थित एवं समस्यारहित बनाउन नेपाल र कुवेत सरकारबीच श्रम संझौता गर्नको लागि कुटनैतिक पहल अघि बढाउने साथै कुवेत र नेपालबीच रही आएको सहयोगात्मक सम्बन्धका क्षेत्रहरु आदमी दिनमा पनि थप विस्तार हुदै जाने विश्वास व्यक्त गर्नु भएको छ l

छलफलका क्रममा बिशेष गरेर कामदारको पारिश्रमिक र सेवा सुविधाको बारेमा चासोका साथ सहभागीहरुका तर्फबाट राखिएका विभिन्न प्रश्न एवं जिज्ञासाहरुको जवाफ एवं धारणा महामहिम राजदुत तथा दुतावासका कर्मचारीहरुबाट राख्नु भएको थियो l






Related Posts
  • कुवेतमा बुद्ध लामा र सरस्वती भुजेलको प्रस्तुतिमा झुमे दर्शकहरु (फोटो फिचरसहित)
  • एनसीसी कुवेतको उम्मेदवारले पेश गर्नुपर्ने कागजात सम्बन्धी निर्वाचन समितिको सूचना
  • धनगढीको निलम होटलमा विस्फोट, पाँच घाइते
  • नेपाल idol बुद्ध लामा र गायिका सरस्वती लामालाइ कुवेतमा भब्य स्वागत नेपाल idol बुद्ध लामा र गायिका सरस्वती लामालाइ कुवेतमा भब्य स्वागत
  • पछिल्ला सम्प्रेसणहरु

    कुवेतमा बुद्ध लामा र सरस्वती भुजेलको प्रस्तुतिमा झुमे दर्शकहरु (फोटो फिचरसहित)

    एनसीसी कुवेतको उम्मेदवारले पेश गर्नुपर्ने कागजात सम्बन्धी निर्वाचन समितिको सूचना

    धनगढीको निलम होटलमा विस्फोट, पाँच घाइते

    बिजनेष

    साउन १ देखि इन्टरनेट शुल्क १३ प्रतिशत बढ्यो, दूरसञ्चार सेवा शुल्क ग्राहकबाटै उठाउने

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस