आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024
FLASH NEWS

युएईमा तमु समाज युएई दुबई क्षेत्रीय समितिको प्रथम बार्षिकोत्सव तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

परदेशी खबर १५ बैशाख २०७६, आईतवार १०:०५ मा प्रकाशित ( ४ साल अघि) २५३ पाठक संख्या

 

मान सिङ गुरुङ (मानु कोन्मे) , युएई – तमु समाज युएई दुबई क्षेत्रिय समितिको संयोजकत्वमा दुबई क्षेत्रीय समितिको प्रथम बार्षिकोत्सव तथा नेपाली नयाँ बर्ष २०७६ को सुखद अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम दुबई क्षेत्रिय समितिका अध्यक्ष राजु तमुको सभापतित्वमा जाबिल पार्क दुबईमा भव्यता साथ सम्पन्न भएको छ।


उक्त कार्यक्रममा प्रमुख अतिथि तमु समाज युएईका संरक्षक राजु तमु, बिशेष अतिथीमा तमु समाज युएईका केन्द्रिय अध्यक्ष ऊषा तमुस्यो,तमु समाज युएईका केन्द्रिय प्रमुख सल्लाहकार डेरराज तमु ,अतिथिमा समाजकै केन्द्रिय बरिष्ठ उपाध्यक्ष मुनिन्द्र तमु ,केन्द्रिय सचिव ईन्द्र तमु , केन्द्रिय कोषाध्यक्ष बल बहादुर तमु र आबुधावी क्षेत्रिय समितिका अध्यक्ष नन्दकुमार तमु रहेको थियो भने तमु समाज युएई केन्द्रिय समितिका पदाधिकारीहरु,दुबई क्षेत्रीय समितिका पदाधिकारीहरु,आबुधाबी क्षेत्रीय समितिका पदाधिकारीहरु,मानार्थ सदस्यहरु,सक्रिय सदस्यहरु,बुद्धिजीवी माहनुभावहरु,समाजसेवीहरु तथा शुभचिन्तकहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमको शुरूवात प्रमुख अतिथि तमु समाज युएईका संरक्षक राजु तमु,बिशेष अतिथि तमु समाज युएईका केन्द्रिय अध्यक्ष उषा तमुस्यो,केन्द्रिय प्रमुख सल्लाहकार डेरराज तमु तथा अतिथिहरुले संयुक्त रुपमा बेलून फुटाएर तथा उडाएर उद्घाटन गराएका थिए। उक्त कार्यक्रममा स्वागत मन्तव्य तमु समाज युएई दुबई क्षेत्रीय समितिका मानवीय उद्धार बिभाग संयोजक राजु तमु (आच्यो) ले उपस्थित सम्पुर्णमा अमुल्य सहभागिताको लागि हार्दिक अाभार प्रकट गर्दै कार्यक्रममा उपस्थिति जनाउनु हुने सम्पूर्णमा स्वागत गरेको थिए भने कार्यक्रमका प्रमुख अतिथि तमु समाज युएईका संरक्षक राजु तमु ,बिशेष अतिथि समाजकै केन्द्रिय अध्यक्ष उषा तमुस्यो ,केन्द्रिय प्रमुख सल्लाहकार डेरराज तमु ,अतिथिहरु केन्द्रिय वरिष्ठ उपाध्यक्ष मुनिन्द्र तमु , केन्द्रिय सचिव इन्द्र तमु , केन्द्रिय कोषाध्यक्ष बल बहादुर तमु र तमु समाज आबुधाबी क्षेत्रीय समितिका अध्यक्ष नन्द कुमार तमुले नव बर्ष २०७६ सालको सुखद अवसरमा प्रवास युएईमा कार्यरत समस्त तमु तमुस्योहरु तथा गैर तमुहरुमा सु-स्वास्थ्य तथा दिर्घायुको शुभकामना दिंदै दुबई क्षेत्रिय समितिको एक बर्षको सामाजिक क्रियाकलाप सन्तोषजनक रहेको र बांकी रहेको कार्यकाल पनि सफल योग्य रहोस् भन्दै अाऊदा दिनहरुमा तमु समाज युएई केन्द्रिय समितिको तर्फ बाट सक्दो सहयोग गर्ने प्रतिबद्दता सहित शुभकामना दिएका थिए।
कार्यक्रममा उपस्थित तमु तथा गैर तमुहरुको सहभागीताका बिच एकआपसमा शुभकामना आदानप्रदान गर्दै सौहार्दपुर्ण वातावरणमा कार्यक्रम सम्पन्न भएको थियो ।
बार्षिकोत्सव तथा शुभकामना आदानप्रदान कार्यक्रम तमु समाज युएई दुबई क्षेत्रीय समितिका सह-सचिव रमेश तमुले संचालन गरेका थिए। प्रथम बार्षिकोत्सव तथा नयाँ बर्ष २०७६ को शुभकामना आदानप्रदान कार्यक्रमका सभापति तमु समाज युएई दुबई क्षेत्रीय समितिका अध्यक्ष राजु तमुले कार्यक्रममा उपस्थित सम्पूर्णमा नव बर्ष २०७६ सालको शुभकामना व्यक्त गर्दै कार्यक्रम सफल पार्नमा कार्य व्यस्तताको बाबजुद पनि ब्यबस्थापनमा सहज भुमिका निभाऊनु हुने सम्पुर्ण दुबई क्षेत्रिय समितिका पदाधिकारी ज्युहरु लाई धन्यवाद दिंदै अाऊदा दिनहरुमा पनि यसरी नै एकिकृत भएर अगाडी बढे हामी अरु थप नंया र सन्देश मुलक कार्यक्रमहरु सफलताका साथ सम्पन्न गर्न सकिन्छ,त्यसको लागि सम्पुर्ण तमुहरु एकजुट हुनु पर्छ भन्दै कार्यक्रमको बिधिवत रुपमा समापन गराएका थिए ।
कार्यक्रमको अन्तिममा तमु चेलीबेटीहरु बाट तयार पारिएको नेपाली स्वादिष्ट खानाका परिकारका साथ साँझ २०:३० बजे सम्म तमु भेषभुषा,भाषा र सांकृति झल्कने गरि सामुहिक तथा एकल नृत्य प्रस्तुत गर्दै उपस्थित सम्पुर्ण माझ भरपुर मनोरन्जन गराएको थियो।