युएईमा पहिलो ऐतिहासिक डम्फू सांझ कार्यक्रम भव्यताका साथ सम्पन्न

मानसिङ गुरुङ (मानु कोन्मे)/अप्रिल २०, युएई l तामाङ समुदायको संस्कृति बोकेको हाम्रो डम्फू हाम्रै सान यसैमा छ तामाङ पहिचान भन्ने मुल नाराका साथ युएईमा डम्फू सांझ कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ।

उक्त डम्फू सांझ कार्यक्रमको सभापतित्व कार्यक्रम संयोजक सुरेन्द्र थिङ तामाङले गरेका थिए। प्रमुख अतिथ्यता नेपाल आदिवासी जनजाति महासंघ युएईका अध्यक्ष पासाङ शेर्पा , बिशेष अतिथिमा फिस्टेल ट्राभल एण्ड टुरिजम एलएलसीका संचालन एवं एनआरएनए आइसिसीका सदस्य ठाकुर प्रसाद ढुंगाना,तामाङ समाज युएईका अध्यक्ष महेश मोक्तान,काभ्रे सेवा समाज युएईका अध्यक्ष दिल लामा,त्रिशुली समाज युएईका उपाध्यक्ष निशा लामा र एनआरएनए आइसिसी सदस्य सुदिप कार्की रहेको थियो भने अतिथिहरुमा तमु समाज युएईका अध्यक्ष उषा तमुस्यो, युएईमा रहेका जातिय संघ संस्था र विभिन्न संघ संस्थाहरुका प्रमुखहरु र प्रतिनिधिहरु रहेका थिए।


कार्यक्रमको शुसुरुवात संयुक्तरुपमा दिप प्रज्वलन गरि राष्ट्रिय गानाका साथ उद्धघाटन गरिएको थियो ।उक्त कार्यक्रममा स्वागत मन्तव्य नेपाल आदिवासी जनजाति पत्रकार महासंघ युएईका अध्यक्ष अनिस तामाङले दिएका थिए भने प्रमुख अतिथि नेपाल आदिवासी जनजाति महासंघ युएईका अध्यक्ष पासाङ शेर्पा, बिशेष अतिथि एनआरएनए आइसिसी सदस्य ठाकुर प्रसाद ढुंगाना, तामाङ समाज युएईका अध्यक्ष महेश मोक्तान र काभ्रे सेवा समाजका अध्यक्ष दिल लामाले मन्तव्य दिएका थिए ।

कार्यक्रममा नेपाल बाट आमन्त्रित अतिथि कलाकारहरु चर्चित सेलो गायिका इन्दिरा गोले गुरुङ,जीत लोप्चान,गायक बिश्व दोङ,फुल कुमार बम्जन,म्हेन्दो माया,गायक सुमन घलेले बिशेष प्रस्तुति दिंदै हलमा भरिभराउ दर्शक श्रोता लाई नचाएका थिए भने तामाङ चलचित्रका नायक तथा निर्माता अमीर दोङ तामाङ,नायिका सुनिता लुङ्वा,सुष्मा मोक्तानको साथमा प्रवास युएईमा रहेका स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति को साथ कार्यक्रम लाई अझ भरपुर मनोरञ्जन प्रदान गरेको थियो।


उक्त कार्यक्रममा नेपालबाट आमन्त्रित कलाकारहरु चर्चित सेलो गायिका इन्दिरा गोले गुरुङ,जीतु लोप्चान,गायकहरु बिश्व दोङ,फुल कुमार बम्जन,म्हेन्दो माया,गायक सुमन घले,तामाङ चलचित्रका नायक तथा निर्माता अमीर दोङ तामाङ,नायिका सुनिता लुङ्वा,सुष्मा मोक्तान र कार्यक्रम उद्धोषिका स्मारिका थिङ तामाङलाई डम्फू सांझ युएई समिति तामाङ समाज युएई र काभ्रे सेवा समाज युएईले खादा ओढाएर प्रमाणपत्र सहित सम्मान गरिएको थियो ।उक्त कार्यक्रमको औपचारिक कार्यक्रम नेपाल आदिवासी जनजाति महासंघ युएईका महासचिव सनिल घिसिङले संचालन गरेको थिए भने अनौपचारिक कार्यक्रम नेपालबाट आमन्त्रित उद्घोघोषिका स्मारिका थिङ तामाङले गरेका थिइन् ।






Related Posts
  • एनआरएनए युएईले कोभिड -१९ का कारण बिचल्लीमा परेका नेपाली नागरिकहरुलाई निरन्तरतारुपमा राहत बितरण गर्दै
  • युएईमा कोभिड – १९ को नयाँ संक्रमित ६६१, संक्रमित संख्या ३४,५५७ र संक्रमित २ जनाको मृत्यु
  • युएईमा कोभिड – १९ को नयाँ संक्रमित ७२६, संक्रमित संख्या ३३,८९६ र संक्रमित २ जना मृत्यु युएईमा कोभिड – १९ को नयाँ संक्रमित ७२६, संक्रमित संख्या ३३,८९६ र संक्रमित २ जना मृत्यु
  • एमसीसीबारे नेकपा सचिवालय बैठक,सम्झौता अनुमोदन नभएसम्म काम रोक्ने सहमति
  • पछिल्ला सम्प्रेसणहरु

    एनआरएनए युएईले कोभिड -१९ का कारण बिचल्लीमा परेका नेपाली नागरिकहरुलाई निरन्तरतारुपमा राहत बितरण गर्दै

    युएईमा कोभिड – १९ को नयाँ संक्रमित ६६१, संक्रमित संख्या ३४,५५७ र संक्रमित २ जनाको मृत्यु

    आइतबार १६६ जनामा कोरोना पुष्टि : संक्रमितको संख्या १५ सय ६७ पुग्यो

    बिजनेष

    आँखी झ्यालबाट लकडाउन

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस