सरोकार समाज कुवेत द्वारा आयोजित नयाँ वर्ष २०७६ सांगीतिक धमाका भव्यरुपमा सम्पन्न

नेपालका बहुचर्चित कलाकार “राई ईज किङ” गायक राजेश पायल राईको धमाकेदार प्रस्तुतिमा झुमे दर्शकहरु

नैनकला राई / अप्रिल २०, कुवेत l सरोकार समाज कुवेत द्वारा आयोजित नयाँ वर्ष २०७६ सांगीतिक धमाका हिजो १९ अप्रिलमा कुवेत स्थित फर्वानियाको नटिंगघाम हलमा भव्यरुपमा सम्पन्न भएको छ l

संस्थाका अध्यक्ष राम तामाङको सभापतित्वमा गरिएको कार्यक्रममा प्रमुख अतिथिमा नेपाली दुतावासका नव-नियुक्त महामहिम राजदुत दुर्गा प्रसाद भण्डारी र बिशेष अतिथिमा एनआरएन कुवेतकी अध्यक्ष सुमित्र देवी पौडेल रहेका थिएl अतिथिको रुपमा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, बुद्धिजीवी , समाज सेवी, पत्रकार, खेलाडी, कलाकार साथै दर्शकहरुको बाक्लो उपस्थिति रहेको थियोl
नेपाली लोपोन्मुख पन्चे बाजा गाजाकासाथ नेपाल कुवेत साँस्कृतिक मंचका कलाकारहरुले राजदुत दुर्गा प्रसाद भण्डारी र सांगीतिक क्षेत्रका बादशाह अतिथि गायक राजेश पायल राईलाइ स्वागत गर्दै हाल प्रवेश गराए संगै हलमा अलग्गै रौनक र दर्शकहरु उत्साहित भएका थिए l


कार्यक्रम सामुहिकरुपमा दिप प्रज्वलन गर्दै सुरु भएको औपचारिक कार्यक्रमा अतिथिहरुको लागि संस्थाका बरिष्ठ संरक्षक टिकाराम आचार्यले स्वागत मन्तब्य दिएका थिए भने कार्यक्रम संचालन संयुक्तरुपमा सुरेश ग्याबा र दिल पाख्रिनले गरेको उक्त कार्यक्रममा प्रमुख अतिथि महामहिम राजदुत दुर्गा प्रसाद भण्डारी लगाएत अतिथिहरु, एनआरएन कुवेतका अध्यक्ष सुमित्र देवी पौडेल, जनजाती महासंघका अध्यक्ष अमृत तामाङ, पत्रकार महासंघका तर्फबाट आनन्द आचार्य र समाजसेवी कुमार झापालीले संस्थाले समाजमा पुर्याएको योगदानको प्रसंशा गर्दै शुभकामना मन्तब्य दिएका थिए l

 


औपचारिक कार्यक्रम पछि सांगीतिक माहोलमा स्थानीय कलाकारहरुको प्रस्तुतिबाट सुरु भएको कार्यक्रमका मुख्य आकर्षक नेपाली सांगीतिक क्षेत्रका बादशाहा “राई ईज किङ” गायक राजेस पायल राईले दर्शन नमस्ते, धरान धनकुटा, दिक्तेल बजार, म त मर्चुकी क्या हो ठुली लगाएतका दर्जनौं गीतहरु लगातार डेढ घण्टा प्रस्तुत गर्दै दर्शकहरुलाई अति उत्साहित र मनोरन्जनात्मक माहोलका साथ नचाएका थिए l

सांगीतिक माहोलमा निरन्तर दर्शकहरुको रम्ने माग रहेता पनि समय अभावको कारण माग पुरा हुन सकेन l

उक्त कार्यक्रममा आयोजकको तर्फबाट नव- नियुक्त राजदुतलाइ दोसल्ला ओढाएर स्वागत गरेका थिए भने गत महिनामा माउन्टेन एभरेस्ट एम. बि. बम्जन गोल्डकपका विजेता बन्न सफल सरोकार समाजका खेलाडीहरुलाइ संस्थाको तर्फबाट खादा र प्रसंशा पत्रले सम्मान गरिएको थियो l साथै कार्यक्रमको प्रायोजकलाइ मायाको चिनो र संथालाई योगदान पुर्याएका ब्याक्तित्व र मिडियाहरुलाई प्रशंसा पत्रले सम्मान गरेका थिए l कार्यक्रमको अन्तिम समयमा स्थानीय कलाकारहरुको उत्कृष्ट नृत्य प्रस्तुत भए पश्चात कार्यक्रमको सभापति राम तामाङले कार्यक्रम सफल बनाउनको लागि अहोरात्र खटेर लागि परेका समाजका टिम लगाएत सम्पूर्ण सहयोगी एवं उपस्थित सबैमा धन्यवाद दिदै कार्यक्रम समापनको घोषणा गरेका थिए l






Related Posts
  • आदिवासी जनजाती महासंघ, पोर्चुगलको अध्यक्षमा हेम गुरुङ
  • कुवेतमा क्रीयाशिल तीन किराती संसाथाले संयुक्तरुपमा किरातीहरुको महान चाड उभौली मनाउने
  • कुवेतबाट मृगौला पिडित जनक आले मगरलाई १ लाख ५० हजार आर्थिक सहयोग
  • गायक डोलराज न्यौपानेको “पिरती” म्युजिक भिडियो सार्वजनिक
  • पछिल्ला सम्प्रेसणहरु

    आदिवासी जनजाती महासंघ, पोर्चुगलको अध्यक्षमा हेम गुरुङ

    कुवेतमा क्रीयाशिल तीन किराती संसाथाले संयुक्तरुपमा किरातीहरुको महान चाड उभौली मनाउने

    कुवेतबाट मृगौला पिडित जनक आले मगरलाई १ लाख ५० हजार आर्थिक सहयोग

    बिजनेष

    दारी बा को सेकुवा” (रोह अल ईतिहाद) मा आएर खानु भएको छैन ? पछी पछुताउनु होला

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस