नव-नियुक्त राजदुत दुर्गा प्रसाद भण्डारीलाई एनआरएनए कुवेतद्धारा भव्य स्वागत

परदेशी खबर/१९ अप्रिल, कुवेतl एनआरएनए एनसिसी कुवेत लगायत कुवेतको नेपाली समुदायले हिजो १८ अप्रिल २०१९ मा कुवेतका लागि नव-नियुक्त राजदुत महामहिम दुर्गा प्रसाद भण्डारीको भव्य स्वागत गरेका छन् ।

कार्यक्रममा एनआरएनए कुवेतका अध्यक्ष सुमित्र पौडेल र आइसिसी सदस्य अमित राईले औपचारिक रुपमा खादा र फुलको गुच्छाले स्वागत गरेका थिए l

कुवेतको फरवानिया स्थित (चेफ नौशद) रेष्टुरेन्टमा आयोजित स्वागत कार्यक्रममा राजदुत दुर्गा प्रसाद भण्डारीले स्वागत समारोहलाई सम्बोधन गर्दै कुवेतमा रहेका श्रमिक नेपालीहरुलाई प्रबासको बसाईको क्रममा समस्याहरु आउन सक्छन तर जस्तोसुकै समस्यालाई समाधान गर्न नेपाली दुतावासको तर्फबाट कुनै कदर नछोड्ने र जसको लागि सम्पूर्ण कुवेतवासी नेपालीहरुको आफुलाई सहयोगको खाँचो रहेको बताउनु भएको छ । भैपरि आएको खण्डमा मलाई कुनैपनि बेला कसैलेपनि सिधै फोन गर्न सक्नुहुनेछ भन्दै कुवेतमा नेपालीहरुको के-कस्ता समस्या छन र कसरी समाधान गर्न सकिन्छ भन्ने बारेमा छलफल गर्न कुवेतवासी नेपालीसँग छिट्टै अन्तर्कृया कार्यक्रम राखिने पनि वहाँले बचन दिनु भएको छ।


स्वागत कार्यक्रममा नव-नियुक्त राजदुत दुर्गा प्रसाद भण्डारी र उहाँको धर्मपत्नीलाई आयोजक नआरएनए एनसिसी कुवेत, कुवेतमा कृयाशिल नेपाली सँघ-संस्था पत्रकार, बुद्धिजीवी, समाजसेवी लगायत कलाकारहरु ले पुष्पगुच्चा र दोसल्ला ओढाई भब्य स्वागत गरिएको थिए।

अध्यक्ष सुमित्रा देबि पौडेल को सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिमा नेपाली राजदुतावास कुवेतका नवनियुक्क्त महामहिम राजदूत दुर्गा प्रसाद भण्डारीको रहेका थिए भने अतिथिहरुमा एनसीसी कुवेतका संरक्षक,राजेन्द्र तामाङ,आइसीसी सदस्य अमित राई, पूर्व आइसीसी सदस्य तथा सल्लाहकार सुजन केसी, पत्रकार महासंघ शाखा कुवेत लगायत कुवेतमा कृयाशिल विभिन्न संघ संघ संस्थाका प्रतिनिधि, पत्रकार, बुद्धिजीवी, समाजसेवी लगायत कलाकारहरु उपास्थित रहेका थिए । कार्यक्रममा संस्था को उपाअध्यक्ष-अमृत गुरुङले स्वागत मन्तव्य दिएका थिए, भने कार्यक्रम लाई महासचिव हरी लवाती संचालन गरेका थिए । उक्त कार्यक्रममा एनसीसी कुवेतका संरक्षक राजेन्द्र तामाङ लगाएत विभिन्न संघ संस्था र राजनीतिक भात्री संगठनमा आवद्ध ब्यक्तित्वहरुले आफ्नो बिचार का साथ शुभकामना मन्तव्य राखेका थिए l


अन्तमा कार्यक्रमको समापन गर्दै अध्यक्ष सुमित्र पौडेल ले कार्यक्रममा उपस्थित हुने कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली सँघ-संस्था, समाजसेवी, बुद्दिजिबी तथा भद्र-भलादमी,पत्रकार,खेलाडी, तथा कलाकारहरु सम्पूर्ण सबैलाई बिशेष धन्यवाद ब्यक्त गर्नु भएको थिए। नृत्य र गीत हरु प्रस्तुत गरि भरपुर मनोरंजन साथ कार्यक्रम रातको १० बजे सम्पन्न भएको थियोl






Related Posts
  • आदिवासी जनजाती महासंघ, पोर्चुगलको अध्यक्षमा हेम गुरुङ
  • कुवेतमा क्रीयाशिल तीन किराती संसाथाले संयुक्तरुपमा किरातीहरुको महान चाड उभौली मनाउने
  • कुवेतबाट मृगौला पिडित जनक आले मगरलाई १ लाख ५० हजार आर्थिक सहयोग
  • गायक डोलराज न्यौपानेको “पिरती” म्युजिक भिडियो सार्वजनिक
  • पछिल्ला सम्प्रेसणहरु

    आदिवासी जनजाती महासंघ, पोर्चुगलको अध्यक्षमा हेम गुरुङ

    कुवेतमा क्रीयाशिल तीन किराती संसाथाले संयुक्तरुपमा किरातीहरुको महान चाड उभौली मनाउने

    कुवेतबाट मृगौला पिडित जनक आले मगरलाई १ लाख ५० हजार आर्थिक सहयोग

    बिजनेष

    दारी बा को सेकुवा” (रोह अल ईतिहाद) मा आएर खानु भएको छैन ? पछी पछुताउनु होला

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस