विप्लव समूहले गरेको बन्द फिर्ता गर्न घेदुङको माग

परदेशी खबर – तामाङ समुदायको ऐतिहासिक, धार्मिक एवं सांस्कृतिक पर्व तेमाल जात्राको दिन विप्लव समूहले बन्द गर्ने निर्णयलाई फिर्ता लिन घेदुङले माग गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (विप्लव) समूहले गर्ने भनेको नेपाल बन्द तामाङ समुदायले मान्ने तेमाल जात्राको दिन परेको हुनाले नेपाल तामाङ घेदुङले प्रेस विज्ञप्ती निकालेर बन्द फिर्ता गर्न माग गरेका हुन् ।

 

तेमाल जात्रामा काभ्रेको तेमाल, मकवानपुर, दोलखा, सिन्धुपाल्चोक, सिन्धुलि, ललितपुर, भक्तपुर लगायतको ठाउँहरुबाट तामाङहरुको बाग्लो रुपमा सहभागी हुँने हुँदा मेला भर्न आएकाहरुलाई समस्य नपरोस भनि बन्द फिर्ता गर्न घेदुङले विज्ञप्ती मार्फत माग गरेको हो ।

तेमाल जात्रा चैत्र पुर्णिमाको अघिल्लो दिन बैशाख ५ गते बिहीबार बौद्ध र दोस्रो दिन बैशाख ६ गते पुर्णिमाको दिन स्वयम्भूमा मनाउँदै आएका छन् । उक्त जात्रामा मृत चित्ताको चीरशान्तिका लागि बौद्धमा लामाहरुद्धारा पूजापाठ गर्ने, म्हाने घुमाउँने, कोरा गर्ने, छ्युमे नाङसाल बाल्ने प्रचलन आदमि कालदेखि नै चल्दै आएको छ ।

घेदुङले बुधबार निकालेको प्रेस विज्ञप्तीमा तामाङ समुदायले मनाउँने धार्मिक एवं सांस्कृतिक पर्व तेमाल जात्राको दिन चैत्र पुर्णिमाको अघिल्लो दिन र पुर्णिको दिन २ दिन सार्वजनिक विदा घोषणा गर्न समेत माग गरेका छन् । साथै बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष चन्द्रमान तामाङले तेमाल जात्राको विषयमा गरेको पत्रकार सम्मेलनमा विप्लव समूहको बन्द फिर्ता लिनु पर्ने माग गरेका थिए ।
नाम्सादिमबाट






Related Posts
  • अफ्रिकामा फेरि इबोलाकाे संक्रमण, महामारीको त्रास
  • समता अस्पतालकी संचालक सञ्जेलसहित तीन धरौटीमा रिहा
  • ६ लेन सडकमा राखिएका बुद्धमुर्ती फुटाईए
  • साउदीमा एक नेपालीको मृत्यु
  • पछिल्ला सम्प्रेसणहरु

    कुवेतमा बुद्ध लामा र सरस्वती भुजेलको प्रस्तुतिमा झुमे दर्शकहरु (फोटो फिचरसहित)

    एनसीसी कुवेतको उम्मेदवारले पेश गर्नुपर्ने कागजात सम्बन्धी निर्वाचन समितिको सूचना

    धनगढीको निलम होटलमा विस्फोट, पाँच घाइते

    बिजनेष

    साउन १ देखि इन्टरनेट शुल्क १३ प्रतिशत बढ्यो, दूरसञ्चार सेवा शुल्क ग्राहकबाटै उठाउने

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस