आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024
FLASH NEWS

कुवेतबाट दुवै मृगौला फेल भएका शक्तिमानलाइ आर्थिक सहयोग

परदेशी खबर २ बैशाख २०७६, सोमबार १५:०८ मा प्रकाशित ( ४ साल अघि) ३३० पाठक संख्या

नैनकला राई/ अप्रिल १५, कुवेत l संखुवा-सभा बानेश्वर ९ नगरपालिका खाम्लिड बासिन्दा बर्ष ३३ का मृगौला पिडित शक्तिमान तामाङलाइ कुवेतमै कार्यरत मनोकामना मिडियाका संवाददाता एवं अभियान्ता बिजय लामा र नेपालबाट दिलकुमारी तामाङको पहलमा रकम संकलन गरेर  रु. १,६८११६.२० अक्षेरेपि (१ लाख ६८ हजार एक सय सोह्र) आर्थिक सहयोग हस्तान्तरण गरेको छ l

अभियानमार्फत् उक्त संकलित रकम मनकामना मिडिया अनलाइनका अध्यक्ष कुमार तामाङको उपस्थितिमा नेपालका बरिष्ठ एवं लोकप्रिय पत्रकार रबि लामिछानेको हातबाट मृगौला पिडितलाइ आज हस्तान्तरण गरिएको होl

करिब एक वर्ष अगाडी कुवेतको N.SH कम्पनीमा सामान्य कामदारको रुपमा आएका शक्तिमान  अचानक बिमारी भएपछि अस्पतालमा भर्ना भएका थिए l अस्पतालमा चेकजाँच गराएको रिपोर्ट आएपछि उपचारमा संलग्न डाक्टरले बिमारीको दुवै मृगौला फेल भएको जानकारी गराएका थिएl जानकरी लिए पछि तामाङ आफु कम गर्ने कम्पनीबाट छुट्टि लिएर नेपालमा पुन: मेडिकल कलेज जोरपाटीमा स्वस्थ परिक्षण गराउदा पनि दुवै मृगौला फेल भएको रिपोर्ट आएपछी हाल काठमाण्डौको टिचीङ हस्पिटलमा उपचारत छन्l पीडित आफु थालिए पछि आर्थिक आय श्रोत नभएकोले आर्थिक स्थिति निकै कमजोर भएको बुझिएको छ l उनका  परिवारमा श्रीमती र सन्तानमा कक्षा ३ र १ मा अध्यानरत २ जना छोरी र ३ बर्षीय १ छोरा रहेको जानकारी प्राप्त भएको छ l

अभियानमा आर्थिक सहयोग गरि साथ दिनु हुने दिदीबहिनी तथा दाजुभाईहरु सम्पूर्णलाई अभियन्ता विजय लामाले हार्दिक धन्यबाद व्यक्त गरेका छन् l