कुवेतमा २५ औ विश्व आदिवासी दिवस भव्यताका साथ मनाउदै

नैनकला राई / अप्रिल १४, कुवेतl कुवेतमा कृयाशिल नेपाल आदिवासी जनजाति महासंघ कुवेतले यहि आउदो अगस्ट ९ मा २५औं विश्व आदिवासी दिवस मनाउने भएको छ ।

शुक्रबार आदिवासी जनजाति महासंघ कुवेतको अध्यक्ष अमृत तामाङको अध्यक्षतामा फर्वानियामा बसेको उक्त बैठकले सो निर्णय गरेको हो । स्थापना काल देखिनै नेपाल आदिवासी जनजाति महासंघ कुवेतले प्रत्येक बर्ष विविध जातीय पहिचान झल्किने झाँकी सहितका कार्यक्रम गर्दै आईरहेकोमा यस बर्ष पनि ९अगस्ट २०१९ मा मनाउने तयारी गरेको हो ।

“विश्वभरका आदिवासी जनजाती एक हौ, आजको आवश्यकता भनेको हाम्रो एकता र हाम्रो एकता भनेको हाम्रो सहभागीता अनी आफ्नो धर्म, लिपी, भेषभुषा, कला र संस्कृतिलाई सम्मान गरियोस्” भन्ने मागका साथ विश्वभरका आदिवासीहरुले यो दिवस प्रत्येक वर्ष भव्यताका मनाउदै आइरहेका छन् । कार्यक्रममा कुवेतका जजातीय संस्थाहरुले आ-आफ्नो पहिचान झल्कने गीत, नृत्य, झाँकी र अन्य मनोरन्जात्मक साँस्कृतिक प्रस्तुतिहरु संस्थामा आवद्ध कलाकारहरुले दिने संस्थाका महासचिव तथा किरात राई यायोक्खाका अधक्ष मन्जित चाम्लिङ राईले परदेशी खबरलाई जानकारी दिएका छन् ।

कार्यक्रममा सबै जातीय संस्थाहरुलाई आफ्नो भेषभुषामा उपस्थिती जनाई कार्यक्रम सफल बनाउन महासँघले सम्पूर्ण जातीय संस्थाहरुलाई अनुरोध गरेको छ साथै कुवेतमा क्रियाशील संघ संस्था लगाएत बुद्धिजीवी, समाजसेवी, पत्रकार, कलाकार , खेलाडी एवं कुवेतवासी नेपाली दिदीबहिनी तथा दाजुभाईहरुलाई कार्यक्रममा आफ्नो गरिमामय उपस्थिति जनाई भव्यरुपमा सफल बनाइदिनु हुन र उक्त दिन कुनै पनि संघ संस्थाहरुले कार्यक्रम नजुधाई दिनु हुन पनि आयोजकले आग्रह गरेको छ l यद्धपि हलको टुंगो भने नलागी सकेकोले चाडो भन्दा चाडो हलको टुंगो लगाई सम्पूर्णलाई जानकारी गराइने महासचिव राईले बताएका छन्l






Related Posts
  • युएईमा पहिलो ऐतिहासिक डम्फू सांझ कार्यक्रम भव्यताका साथ सम्पन्न
  • सरोकार समाज कुवेत द्वारा आयोजित नयाँ वर्ष २०७६ सांगीतिक धमाका भव्यरुपमा सम्पन्न
  • नव-नियुक्त राजदुत दुर्गा प्रसाद भण्डारीलाई एनआरएनए कुवेतद्धारा भव्य स्वागत
  • राई ईज किङ गायक राजेश पायल राईलाइ कुवेतको अन्तराष्ट्रिय विमानस्थलमा भब्य स्वागत
  • पछिल्ला सम्प्रेसणहरु

    श्रीलङ्का आक्रमण: मृतकको सङ्ख्या २९० पुग्यो, प्रधानमन्त्रीद्वारा सुरक्षा निकाय माथि छानबिनको माग

    नेकपा एकता : यी हुन् माओवादीले पाएका जिल्ला अध्यक्षहरू (सूचीसहित)

    श्रीलङ्का आक्रमणमा मृत्यु हुनेको सङ्ख्या २०७ पुग्यो (अपडेट)

    बिजनेष

    दर्शकहरुको मन जित्दै प्रङ्ना

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस