लुक्ला विमान दुर्घटना : को–पाइलट र एक प्रहरीको मृत्यु, तीन घाइते

काठमाडौँ– सोलुखुम्बुको लुक्ला विमानस्थलबाट उड्न लागेको समिट एयरको जहाज दुर्घटनामा कोपाइलट र एक प्रहरीको मृत्यु भएको छ । दुर्घटनामा पाइलटसहित तीनजना घाइते छन् ।

 

त्रिभुवन विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीका अनुसार जहाजका कोपाइलट एस ढुंगाना र विमानस्थल सुरक्षामा रहेका प्रहरी सहायक निरीक्षक रामबहादुर खड्काको मृत्यु भएको हो ।

आइतबार बिहान लुक्ला विमानस्थलमा समिट एयरको उक्त जहाज धावनमार्गबाट चिप्लिएर दुर्घटनामा परेको हो ।

जहाजमा चालकदल बाहेक यात्रु भने नभएको प्रमुख जिल्ला अधिकारी नरेन्द्र कुमार रानाले जानकारी दिए । दुर्घटनामा उक्त जहाजका क्याप्टेन रवीन्द्र रोकाया र एयर होस्टेज घाइते छन् । क्याप्टेन रोकायालाई उपचारका लागि काठमाडौं ल्याइएको छ ।

जहाज उड्ने क्रममा धावनमार्गबाट चिप्लिएर पार्किङमा राखेको मनाङ र श्री एयरका हेलिकप्टरसित ठोकिएको थियो ।

दुर्घटनाका क्रममा धावनमार्गमा रहेका एक प्रहरी समेत घाइते भएका छन् । दुर्घटनाबाट हेलिकप्टरमा दुवै हेलिकप्टरमा क्षति पुगेको छ ।






Related Posts
  • अफ्रिकामा फेरि इबोलाकाे संक्रमण, महामारीको त्रास
  • समता अस्पतालकी संचालक सञ्जेलसहित तीन धरौटीमा रिहा
  • ६ लेन सडकमा राखिएका बुद्धमुर्ती फुटाईए
  • साउदीमा एक नेपालीको मृत्यु
  • पछिल्ला सम्प्रेसणहरु

    कुवेतमा बुद्ध लामा र सरस्वती भुजेलको प्रस्तुतिमा झुमे दर्शकहरु (फोटो फिचरसहित)

    एनसीसी कुवेतको उम्मेदवारले पेश गर्नुपर्ने कागजात सम्बन्धी निर्वाचन समितिको सूचना

    धनगढीको निलम होटलमा विस्फोट, पाँच घाइते

    बिजनेष

    साउन १ देखि इन्टरनेट शुल्क १३ प्रतिशत बढ्यो, दूरसञ्चार सेवा शुल्क ग्राहकबाटै उठाउने

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस