प्रत्येक नेपालीको ऋण दायित्व बढेर ३१ हजार नाघ्यो

अप्रिल १२- आंकलन अनुसार प्रत्येक नेपालीको काँधमा ३१ हजार सात सय ५० रुपैयाँ सरकारी ऋण दायित्व देखिएको महालेखापरीक्षकको कार्यालयले जनाएको छ।

कार्यालयले शुक्रवार राष्ट्रपतिलाई बुझाएको आर्थिक वर्ष २०७४/७५ को वार्षिक प्रतिवेदनमा सो कुरा उल्लेख गरेको हो।

  • प्रत्येक नेपालीको ऋण रु३१,७५०
    नेपालको कूल ऋण दायित्व जनसङ्ख्याले भाग लगाउँदा
    स्रोत: महालेखापरीक्षकको कार्यालय

वार्षिक प्रतिवेदनका अनुसार गएको आर्थिक वर्षमा नेपाल सरकारको ऋण दायित्व गत वर्षको तुलनामा एक तिहाइले बढेको छ।

नेपाल सरकारको कूल ऋण दायित्व नौ खर्ब १५ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ।

प्रतिव्यक्ति सात हजार थप

आन्तरिक ऋण तीन खर्ब ९१ अर्ब १६ करोड रुपैयाँ र वैदेशिक ऋण पाँच खर्ब २४ अर्ब १५ करोड रुपैयाँ रहेको जनाइएको छ।

उक्त ऋण दायित्वलाई दुई करोड ८८ लाख २९ हजार नेपालीलाई भाग लगाउँदा प्रतिव्यक्ति ३१ हजार सात सय ५० रुपैयाँ हुने प्रतिवेदनमा उल्लेख गरिएको छ।

आर्थिक वर्ष २०७३/७४ को तुलनामा प्रतिव्यक्ति ऋण सात हजार ४३ रुपैयाँले बढेको हो।

बेरूजु झनैबढ्यो

२०७३/७४ मा बाँकी रहेको बेरुजु दुई खर्ब ९० अर्ब ५२ करोड रुपैयाँमा समायोजन र फछ्‌र्योट गरिएको रकम घटाउदा पनि आर्थिक वर्ष २०७४/७५ मा थप एक खर्ब ४१ अर्ब पाँच करोड रुपैयाँ बेरुजु थपिएको छ।

कूल बेरुजु तीन खर्ब ७७ अर्ब ४८ करोड रुपैयाँ पुगेको छ। लेखापरीक्षण तथा सम्परीक्षणबाट नौ अर्ब ७० करोड असुल भएको छ।

अध्यावधिक कारबाही गरी टुङगो लगाउनु पर्ने रकम पनि आर्थिक वर्ष २०७४/७५ मा एक खर्ब ८३ अर्ब रुपैयाँले बढेर छ खर्ब ८३ अर्ब ६६ करोड पुगेको प्रतिवेदनले देखाएको छ।साभार: BBC नेपालीबाच






Related Posts
  • अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कुवेत च्याप्टरले १२ जुलाईमा ९औं वार्षिकोत्सव तथा साहित्य वाचन कार्यक्रम गर्दै
  • सर्लाहीमा हावाहुरी आतंक : २ जनाको मृत्यु अन्य थप २ गम्भीर घाइते
  • सुष्मिता वाईबाले चारिको चिरबीर बजारमा ल्याउदै
  • प्रवासि इलामेली सेवा समाज कुवेतको बार्षिक उत्सव तथा अधिवेशन कार्यक्रमको लागि सम्पूर्ण तयारी पुरा
  • पछिल्ला सम्प्रेसणहरु

    अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कुवेत च्याप्टरले १२ जुलाईमा ९औं वार्षिकोत्सव तथा साहित्य वाचन कार्यक्रम गर्दै

    दूतावासबाटै दुई पटकसम्म श्रम स्वीकृति लिन सकिने

    सर्लाहीमा हावाहुरी आतंक : २ जनाको मृत्यु अन्य थप २ गम्भीर घाइते

    बिजनेष

    ५ बुँदे माग पुरा नभएको भन्दै वैदेशिक रोजगार व्यवसायीले कामदारलाई विदेश पठाउन रोके

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस