२२ लाख ब्लडमनी तिरेर स्वदेश फर्किए भूपाल

रामचन्द्र नेपाल


२७ चैत २०७५, साउदी अरव । बलडमनी तिरेपछि साउदीको जेलबाट छुटेका सुनसरीको बराह नगरपालिका-२ का भूपाल बस्नेत स्वदेश फर्किएका छन् । उनी बुधबार नेपाल पुगेका हुन् ।

६ वर्षअघि साउदी गएका भूपाल अलमहमिद कम्पनीमा ट्रक चालक थिए । उनले सडकको साइडमा पार्किङ गरेको ट्रकमा पछाडिबाट आएको कार ठोक्किदा कार चालक साउदी नागरिकको घटनास्थलमै मृत्यु भएपछि जेल परेका थिए ।

त्यतिवेला कम्पनीले उनलाई जेलको सजाय पूरा भएको र आफूले ब्लडमनीको रकम तिरिदिएको भन्दै स्वदेश पठाइदिएको थियो ।

नेपाल फर्किएका भूपाल केही वर्ष नेपाल बसे । नेपालमा कुनै रोजगारी नभएपछि तीनवर्ष अगाडि उनी पुनः रोजगारीको लागि साउदीमा पुगेका थिए । साउदीपुगे लगत्तै एयरपोर्टमा फिगंर पि्रन्ट गर्दा दोषि भएको भन्दै त्यहाँको अध्यागमनले उनलाई पुनः पक्राउ गरेको थियो ।

भूपाल ३५ महिनादेखि साउदी अरवको बुरैदा अलकासिम भन्ने जेलमा रहेका थिए । परिवारले भने भूपाल निर्दाेष भएको र जीवन बचाइदिन विभिन्न निकायहरुलाई अपील गर्दै आएका थिए ।

बिभिन्न संघसस्थाहरुले रकम सकंलन गरी करिब २२ लाख रुपैयाँ परराष्ट्रमार्फत पठाएका थिए । नेपाली दूतावास रियाद साउदी अरबको सहजिकरणमा संकलित रकमगत १ अपि्रल, २०१९ मा अलकासिम कोर्टमा बुझाएपछि बस्नेत जेलबाट छुटेका थिए ।

उनको एक्जिट भिसा प्रक्रिया पूरा भएता पनि समयमै हवाई टिकट नपाउदा केही दिन साउदी अरवमै बस्नु परेको थियो ।

गैरआवासीय नेपाली संघ क्षेत्रीय समन्वय समिति अलकासिमले पहल गरेको अभियानलाई प्रवासी नेपाल समन्वय समितिले -पीएनसीसी)ले थप रकम जुटाउन र समन्वय गरेर भूपाललाई नेपाल फर्काइएको हो ।

भूपाललाई नेपाल फर्काउन नेपाली प्रवासी समाज साउदी अरेविया, गन्तब्य नेपाल, बराहाक्षेत्र समाज सुनसरी, सुनसरी मोरग समाज, एनआरएनको वेलफेयर फण्ड, कुमार राना उद्धार अभियानबाट बचेको रकम, प्रेम बचाउ अभियानबाट बचेको रकमलगायत विभिन्न क्षेत्रका सामाजिक संघसंस्थाहरुले सहयोग गरेकाको पीएनसीसीका अध्यक्ष कुलप्रसाद कार्कीले जानकारी दिएl साभार: अनलाइन खबरबाट






Related Posts
  • अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कुवेत च्याप्टरले १२ जुलाईमा ९औं वार्षिकोत्सव तथा साहित्य वाचन कार्यक्रम गर्दै
  • सर्लाहीमा हावाहुरी आतंक : २ जनाको मृत्यु अन्य थप २ गम्भीर घाइते
  • सुष्मिता वाईबाले चारिको चिरबीर बजारमा ल्याउदै
  • प्रवासि इलामेली सेवा समाज कुवेतको बार्षिक उत्सव तथा अधिवेशन कार्यक्रमको लागि सम्पूर्ण तयारी पुरा
  • पछिल्ला सम्प्रेसणहरु

    अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कुवेत च्याप्टरले १२ जुलाईमा ९औं वार्षिकोत्सव तथा साहित्य वाचन कार्यक्रम गर्दै

    दूतावासबाटै दुई पटकसम्म श्रम स्वीकृति लिन सकिने

    सर्लाहीमा हावाहुरी आतंक : २ जनाको मृत्यु अन्य थप २ गम्भीर घाइते

    बिजनेष

    ५ बुँदे माग पुरा नभएको भन्दै वैदेशिक रोजगार व्यवसायीले कामदारलाई विदेश पठाउन रोके

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस