आपतकालीन कोष स्थापनार्थ कास्की आदर्श सेवा समाज युएईले सांस्कृतिक धमाका २०७६ आयोजना गर्दै

मान सिङ गुरुङ (मानु कोन्मे)/अप्रिल ९, युएई l युएईमा कार्यरत रहँदा आपत विपदमा परेका नेपाली नागरिकहरूको सहयोग तथा उद्दारको लागि आपतकालिन कोष स्थापना गर्न कास्की आदर्श सेवा समाज युएईले आउदै गरेको नयाँ वर्ष २०७६ को अवसर पारेर “नयाँ वर्ष साँस्कृतिक धमाका२०७६” नेपालका ख्याति प्राप्त राष्ट्रिय कलाकारहरूका साथ मनाउने भएको छ l

आयोजित नयाँ बर्ष सांस्कृतिक धमाका २०७६ को लागि वरिष्ठ लोक दोहोरी गायक तथा कुशल कार्यक्रम प्रस्तोता चोलेन्द्र पौडेल, लोक दोहोरी गायिका तुलसा क्षेत्री, हास्य  कलाकार युवराज भन्डारी (पोख्रेली माग्ने बुढा) तथा तथा प्रवास युएईमा रहेका कलाकारहरूको बेजोड प्रस्तुतीका साथ २०१९ अप्रील १२ तारिख शुक्रबार दिन होलिडे इन होटल  (भेगाँस क्लब हल), वर दुबई युएई (बर्जुमन मेट्रो स्टेशन नजिक एक्जिट नं.४,दिनको ठिक १:३० बजे) साँस्कृतिक धमाका २०७६ को आयोजना गर्न गइरहेको छ। उक्त कार्यक्रममा युएईमा रहेका सम्पुर्ण संघ, संस्था,महानुभाव, दाजुभाइ तथा दिदिबहिनीहरुलाई  गरिमामय उपस्थितीका लागि कास्की आदर्श सेवा समाज युएईका महासचिव बिकास अधिकारीले अव्हान गर्नु भएको छ।






Related Posts
  • अन्तर्राष्ट्रिय नेपाली समाज युएईले राहत खाद्यान्न सामग्री बितरण
  • कोरोना भाइरस बारे युएईको पछिल्लो जानकारी
  • ९३ वर्षको उमेरमा लाटा सार्कीले पाए नागरिकता
  • समाजसेवी दुर्गा गुरुङ द्वारा फोनिज गण्डकी प्रदेशलाई सुरक्षा सामग्री प्रदान
  • पछिल्ला सम्प्रेसणहरु

    युएईमा कोभिड – १९ को नयाँ संक्रमित ७१६ ,संक्रमित संख्या ५०,८५७ र संक्रमित ३ जनाको मृत्यु

    थप २३२ जनामा कोरोना पुष्टि : संक्रमितको संख्या १५ हजार चार सय ९१ पुग्यो

    कुवेतमा कोरोना संक्रमनबाट ४९ हजार ३०३ सङ्क्रमित, ६३१ नयाँ संक्रमित, पाँच जनाको मृत्‍यु (अपडेट)

    बिजनेष

    आँखी झ्यालबाट लकडाउन

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस