दर्शन ठकुरी समाज कुवेतले पाँचौं वार्षिक उत्सव नायक पल शाह र गायक प्रताप दाशका साथ मनाउने

परदेशी खबर/ अप्रिल ७, कुवेत। दर्शन ठकुरी समाज कुवेतले नायक पल शाह र गायक प्रताप दासका  साथ पाँचौं वार्षिक उत्सव मनाउने भएको छ । 

दर्शन ठकुरी समाज कुवेतले आफ्नो पाँचौं वार्षिक उत्सवको अवसरमा “ दर्शन सांगीतिक धमाका २०१९ “ कार्यक्रमको  आयोजना गरी चर्चित नायक पल शाह र नेपाल आइडलबाट चर्चामा आएका गायक प्रताप दासका साथ वार्षिक उत्सव मनाउने भएको हो   

दर्शन ठकुरी समाज कुवेतको पाँचौं वार्षिक उत्सवको तयारी तिब्र बनेको छ । आउँदो जुन ७ तारिख सुक्रवार हुने ‘पाँचौं वार्षिक उत्सव तथा दर्शन सांगीतिक धमाका २०१९ तयारीमा लागेको समाजका महासचिव राज मल्ल ठकुरीले बताए ।अतिथि कलाकार चर्चित नायक पल शाह र गायक प्रताप दासको साथ मनाउने वार्षिक उत्सव बिलकुल फरक खालको हुने र त्यसै अनुसारको तयारी भैरहेको संस्थाका संरक्षक बि.बि मल्ल ठकुरीले परदेशी खबरलाइ जानकारी दिएका छन् ।

कुवेतको जिलिब स्थित इन्डियन सेन्ट्रल स्कुलको हलमा हुने बार्षिक उत्सवमा अथिति कलाकारको साथ स्थानिय कलाकारहरुको पनि बिजोड प्रस्तुती रहने बताएका छन् । उनले भने ‘ कार्यक्रमको तय ३ महिना पहिला कुवेतका नेपाली अनलाईन मिडिया मार्फत जानकारी गराए पनी सँस्थाको हिजो बसेको साइबर बैठकले कुन चाही कलाकार लिएर कार्यक्रम गर्ने भन्ने बारे निर्णय भयको हो ‘। 

कार्यक्रम भब्यरुपमा सफल बनाउन कुवेतमा कृयाशिल सम्पूर्ण संघ संस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार,खेलाडीका साथै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई उक्त कार्यक्रममा उपस्थितिको लागी अनुरोध गर्दै उक्त दिन कुनै संघ संस्थाका साथै व्यक्ति विषेशले कार्यक्रम नजुधाईदिनु हुन समाजका अध्यक्ष एल बि हमालले अनुरोध गरेका छन् । 

 

स्थान : इन्डियन सेन्ट्रल स्कुलको हल जिलिब

मिति : ७ जुन २०१९ शुक्रबार

समय : १२ बजे 

कार्यक्रम बारे जानकारी – 66644509, 60067572, 69925693






Related Posts
  • नेपाल कुवेत साँस्कृतिक मञ्चको १० औं वार्षिक उत्सव सम्पन्न
  • तामाङ समाज युएईको “ल्होछार साँझ-२०२०”कार्यक्रमको तयारी अन्तिम चरणमा
  • ईनास कुवेतको वार्षिक उत्सव तथा सांस्कृतिक कार्यक्रमको तयारी पुरा
  • नेपाल मगर संघ युएईको सगौरव प्रस्तुति माघ्या सकराटी मेला-बृहत् सांस्कृतिक साँझ २०७६”को तयारी पुरा
  • पछिल्ला सम्प्रेसणहरु

    थारु कल्याणकारिणी सभा यूएई द्वारा आयोजित माघी उत्सव भब्यरुपमा सम्पन्न

    नेपाल कुवेत साँस्कृतिक मञ्चको १० औं वार्षिक उत्सव सम्पन्न

    तामाङ समाज युएईको “ल्होछार साँझ-२०२०”कार्यक्रमको तयारी अन्तिम चरणमा

    बिजनेष

    जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस