जन-जागृति युवा समाज कुवेत द्वारा नेपाली नयाँ वर्ष २०७६ को भित्तेपात्रो सार्वजनिक

परदेशी खबर/अप्रिल ६, कुवेत l हरेक वर्ष झैँ  यस वर्ष पनि जन-जागृति युवा समाज कुवेतले नेपाली नयाँ वर्ष २७६ को भित्ते पात्रो सार्वजनिक तथा नि;शुल्क वितरण गरेको छ l

हिजो अप्रिल ५ तारिक कुवेत स्थित फर्वानिया पार्कमा संस्थाका अध्यक्ष टिकाराम आचार्यको सभापतित्वमा आयोजना गरिएको कार्यक्रममा प्रमुख अतिथि पूर्व NRNA अध्यक्ष एवं समाजसेवी व्यक्तित्व राजेन्द्र तामाङ लगाएत कुवेतका क्रियासिल संघ संस्थामा आवद्ध बरिष्ट व्यक्तित्व एवं प्रतिनिधिहरु , पत्रकार ,कलाकार साथै खेलाडीहरुको उपस्थितिमा जन-जागृति वार्षिक कार्यविधि अनुसार नेपाली  तिथि-मिति र चाडपर्व अंकित २०७६ को भित्ते पात्रो सार्वजनिक तथा नि:शुल्क वितरण गरिएको थियो l उक्त कार्यक्रमको सहजीकरण संस्थाका महासचिव जीवन सुनारले गरेका थिए भने अतिथिहरुका लागि स्वागत मन्तब्य बरिष्ठ उपाध्यक्ष आनन्द आचार्यले दिएका थिए l

कुनै जातवर्ग, समुदाय , क्षेत्र, धर्म वा राजनैतिक पक्ष नलिई बिशुद भाइचारा र भातृत्वको भावनाले अभिप्रेरित “जागरुक समाजको खोज, जन-जागृति युवाको सोच” भन्ने मूल नाराका साथ सन् २००९ मा स्थापना गरिएको संस्थाले क्रियाशील रहदै बिगत ९ बर्ष देखि लगातार नेपाली तिथि-मिति र चाडपर्व, बिवाह एवं व्रतबन्धका मुर्हत अंकित भित्ते पात्रो वितरण गर्दै आएको साथै यस वर्ष नेपाली दुतावास कुवेतले कुवेतमा कार्यरत नेपालीहरुको हितमा जारी गरिएको गर्न हुने र गर्न नहुने कुराहरु जस्ता सामग्री समेटिएका भित्ते पात्रो नि:शुल्क वितरण गरेको हो l

बिगतका दिनमा पनि समाजमा जनचेतनामुलक र बौद्धिकता बढाउन टेवा पुर्याउने हाजिरी जवाफ, वक्तित्वोकला साथै साहित्यिक जस्ता विभिन्न कार्यक्रमहरुको आयोजना पनि गर्दै आएकोमा प्रमुख अतिथिले खुलेर प्रशंसा गर्दै यस्ता सामाजिक कार्यहरुलाई निरन्तताको कामना गर्दै आर्थिक सहयोग गरेका थिए भने अन्य बक्ताहरुले पनि प्रशंसाका साथ् नयाँ बर्षको शुभकामानका साथै संस्थाको अझ प्रगतिको कामना गरेका थिए l

संथाले सामजिक कार्यमा नेपाली दुतावास लगाएत विभिन्न संघ संथाहरुसंग हातेमालो गर्दै बिभिन्न अप्ठ्यारामा परेकाहरुलाई आर्थिक सहयोग गर्दै आएको छ l






Related Posts
  • एनआरएनए युएईले कोभिड -१९ का कारण बिचल्लीमा परेका नेपाली नागरिकहरुलाई निरन्तरतारुपमा राहत बितरण गर्दै
  • युएईमा कोभिड – १९ को नयाँ संक्रमित ६६१, संक्रमित संख्या ३४,५५७ र संक्रमित २ जनाको मृत्यु
  • युएईमा कोभिड – १९ को नयाँ संक्रमित ७२६, संक्रमित संख्या ३३,८९६ र संक्रमित २ जना मृत्यु युएईमा कोभिड – १९ को नयाँ संक्रमित ७२६, संक्रमित संख्या ३३,८९६ र संक्रमित २ जना मृत्यु
  • एमसीसीबारे नेकपा सचिवालय बैठक,सम्झौता अनुमोदन नभएसम्म काम रोक्ने सहमति
  • पछिल्ला सम्प्रेसणहरु

    एनआरएनए युएईले कोभिड -१९ का कारण बिचल्लीमा परेका नेपाली नागरिकहरुलाई निरन्तरतारुपमा राहत बितरण गर्दै

    युएईमा कोभिड – १९ को नयाँ संक्रमित ६६१, संक्रमित संख्या ३४,५५७ र संक्रमित २ जनाको मृत्यु

    आइतबार १६६ जनामा कोरोना पुष्टि : संक्रमितको संख्या १५ सय ६७ पुग्यो

    बिजनेष

    आँखी झ्यालबाट लकडाउन

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस