आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS

“दर्शन सांगीतिक धमाका 2019″ का लागि नायक पल शाह कुवेत आउदै

परदेशी खबर २३ चैत्र २०७५, शनिबार १३:०५ मा प्रकाशित ( ४ साल अघि) २०९ पाठक संख्या


अप्रिल ५, परदेशी खबर l दर्शन ठकुरि समाज कुवेतले आफ्नो पाँचौं वार्षिक उत्सवको अवसरमा रमजानको छुट्टिमा पारी आउदो जून ७ तारिक २०१९ मा जिलिव स्थिल इन्डीयन सेंट्रल स्कूलको सभाहलमा “ दर्शन सांगीतिक धमाका 2019″ आयोजना गर्ने भएको छ ।

नेपालका चर्चित नायक पल शाह सगै अन्य कलाकारहरुको साथमा आयोजना गरिने उक्त कार्यक्रमको आन्तरिक गृहकार्यमा जुटेको समाजका महासचिव राज मल्लले परदेशी खबरलाई जानकारी दिएका छन् ।

नायक पल शाह सगै अन्य कलाकार पनि ल्याउने गृहकार्यमा आफुहरु जुटेको बताउदै चाडो भन्दा चाडो टुंगो लगाएर सबैमाझ जानकारी गराउने मल्लले बताएका छन् । सो कार्यक्रममा सबैको उपस्थितिको अपेक्षा राख्दै उक्त दिन कुनै कार्यक्रम नजुधाई दिन कुवेतका क्रियासिल संघ संस्थासंग आयोजकले अपिल गरेको छ ।