अझै मेघ गर्जन र चट्याङसहित वर्षा हुन्छ : मौसम पूर्वानुमान महाशाखा

अप्रिल ६ काठमाणडौ ।जल तथा मौसम पूर्वानुमान महाशाखाले मुलुकका धेरै स्थानमा अझै मेघगर्जन र चट्याङसहित वर्षा हुने प्रक्षेपण गरेको छ । काठमाडौंसहित मुलुकका धेरै भागमा बिहानैदेखि हावाहुरी र चट्याङसहितको वर्षा जारी छ ।

महाशाखाले शनिबार विशेष बुलेटिन सार्वजनिक गर्दै मुलुकको पूर्वी र मध्यका अधिकांश भू-भागमा सामान्यदेखि पूर्ण बदली तथा पश्चिम भू-भागहरुमा आंशिकदेखि सामान्य बदलीको अवस्था रहेकाले सचेत हुन भनेको छ ।

‘मध्य तथा पश्चिमको केही भूभागमा विकसित मौसमी प्रणालीका कारण उपत्यकालगायत देशका धेरैजसो स्थानहरुमा मेघ गर्जन तथा चट्टयाङसहित वर्षाले निरन्तरता पाउने देखिएको छ’ महाशाखाले बुलेटिनमा भनेको छ ।

मौसमविद्हरुका अनुसार केही दिनयता प्रि मनसुन (मनसुन सुरु हुनुअघिको वर्ष) सक्रिय भएको छ । चैतदेखि जेठसम्मको वर्षालाई प्रि मनसुन भनिन्छ । यसअवधिमा मेघ गर्जनसहित हावाहुरी, बतास, चट्याङसहितको वर्षा हुन्छ ।साभार: कान्तिपुर अनलाइनबाट 






Related Posts
  • युएईमा पहिलो ऐतिहासिक डम्फू सांझ कार्यक्रम भव्यताका साथ सम्पन्न
  • सरोकार समाज कुवेत द्वारा आयोजित नयाँ वर्ष २०७६ सांगीतिक धमाका भव्यरुपमा सम्पन्न
  • नव-नियुक्त राजदुत दुर्गा प्रसाद भण्डारीलाई एनआरएनए कुवेतद्धारा भव्य स्वागत
  • राई ईज किङ गायक राजेश पायल राईलाइ कुवेतको अन्तराष्ट्रिय विमानस्थलमा भब्य स्वागत
  • पछिल्ला सम्प्रेसणहरु

    श्रीलङ्का आक्रमण: मृतकको सङ्ख्या २९० पुग्यो, प्रधानमन्त्रीद्वारा सुरक्षा निकाय माथि छानबिनको माग

    नेकपा एकता : यी हुन् माओवादीले पाएका जिल्ला अध्यक्षहरू (सूचीसहित)

    श्रीलङ्का आक्रमणमा मृत्यु हुनेको सङ्ख्या २०७ पुग्यो (अपडेट)

    बिजनेष

    दर्शकहरुको मन जित्दै प्रङ्ना

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस